दोहा / नेपाल आदिवासी जनजाति महासंघ कतारको आयोजनामा `२७ औ विश्व आदिवासी दिवस´ कार्यक्रम हुने भएको छ ।
“पहिचान सहितको संघीयता र स्वायत्तताको लागि संविधान संशोधन हाम्रो अभियान ! धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औ विश्व आदिवासी दिवस हाम्रो आन्दोलन !!” भन्ने मूल नाराका साथ कार्यक्रम हुन लागेको हो ।
सन २००६ मा कतारमा स्थापना भएको (महासंघले) बिगतका बर्षहरुमा भैतिकरुपमा उपस्थिति जनाएर बृहत मनोरञ्जनात्मक समेतको कार्यक्रम गर्दै आइरहेको थियो ।
तर कोरोना कहरका कारण (जूम भर्चुअल)को माध्यमबाट हुन लागेको यो कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष भाइकाजी गुरुङको सभापतित्वमा, केन्द्रीय अध्यक्ष जगत बहादुर बरामको प्रमुख आतिथ्यमा, केन्द्रिय विदेश बिभाग प्रमुख गोबिन्द छन्त्यालको विशिष्ठ आतिथ्यमा त्यसैगरी नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ, नेफिन प्रवास संबन्धन संस्थाहरु लगायत कतारमा स्थापित बिभिन्न संघ संस्थाहरुको उपस्थितिमा २७ औ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम हुन लागेको महासंघ कतारका महासचिव एकराज राईले मुग्लानी खबर लाई जानाकारी गराए ।
आगामी १३ अगस्ट २०२१ शुक्रवारको दिन भव्य रुपमा सुरु हुने कार्यक्रममा सम्पुर्ण कतारमा स्थापित विभिन्न संघ संस्थाहरु र देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आदिवासी दाजुभाई तथा दिदि बहिनीहरुमा गरिमामय सहभागिताको लागि नेपाल आदिवासी जनजाति महासंघ कतारले अनुरोध गरेको छ ।
नेपालको समय दिनको ३:३० बजे देखि र कतारको समय दिनको १२:४५ बजे देखि सुरुहुने कार्यक्रमको लागि ZOOM ID – 88674567085 र PASSCODE – 2021 रहेको साथै फेसबुक लाइभ मार्फत पनि कार्यक्रम हेर्न सकिने छ ।
विश्व आदिबासी दिवस कसरी शुरु भयो?
विश्व आदिवासी समुदायको अन्तर्राष्ट्रिय दिवस हरेक बर्ष अगस्त ९ मा जनसंख्याको अधिकारको प्रवर्द्धन र संरक्षण स्वरुप मनाइन्छ। कार्यक्रमले उपलब्धिहरु र योगदानहरु लाई स्वीकार गर्दछ कि आदिवासीहरु लाई पर्यावरण संरक्षण को रूप मा राम्रो दुनिया को मुद्दाहरु लाई बनाउँछ। यो पहिलो पटक डिसेम्बर १९९४ मा संयुक्त राष्ट्र संघको महासभा द्वारा घोषणा गरिएको थियो,
१९८२ मा मानव अधिकारका सम्बर्द्धन वा संरक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्य समूहको आदिवासी जनसंख्या सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्य समूहको पहिलो बैठकको दिन हो।
विश्वको आदिवासी जनजातिको अन्तर्राष्ट्रिय दिवस पहिलो पटक सन: 1994 को डिसेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले घोषणा गरेको थियो, जुन हरेक बर्ष विश्वको आदिवासी जनजातिहरुको पहिलो अन्तर्राष्ट्रिय दशक (१९९५-२००४) को समयमा मनाईन्छ।
२००४ मा, सम्मेलनले २००५ देखि २०१५ सम्म "ए डिकेड फर एक्शन एण्ड डिग्निटी" को विषयवस्तुको साथमा दोस्रो अन्तर्राष्ट्रिय दशक घोषणा गरेको थियो। बिभिन्न देशका मानिसहरुलाई आदिवासी जनजातिहरुमा संयुक्त राष्ट्र संघ को सन्देश फैलाउन दिवसको अवलोकनमा भाग लिन को लागी प्रोत्साहित गरिएको थियो।
उक्त संचालित गतिविधिहरुमा शैक्षिक फोरम र कक्षा गतिविधिहरुमा आदिवासी मानिसहरुलाई बृहत ज्ञान प्राप्तिका लागि सामेल गराईएको थियो।२३ डिसेम्बर १९९४ को १९/२१४ को संकल्प द्वारा संयुक्त राष्ट्र संघको साधारण सभाले निर्णय गरेको छ कि आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवस हरेक बर्ष अगस्त ९ मा विश्वको आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दशकको अवसरमा मनाईन्छ।