देशमा विदेशीले कल कारखाना पनि खाेलिदिए । किलाकाँटै समेत चाेर्न र लिलाम गर्ने बहादुरीकाे हावा चल्याे अनि उसले राष्ट्रवादकाे मन्त्र जपाउन दुनियालाई खाेक्न थाल्याे ।
--"दुई ढुङ्गाकाे तरूलकाे पञ्चशील नीति !"
युगमा देशमा कल कारखानाकाे नाममा भट्टि, म:म: एवं बेस्या पसलहरू खुल्न थाले । बेराेजगारीले काम पनि पाउन थाले । विदेसिनु कसैलाई परेन । कसैले पनि लगानी गर्ने इच्छा भएमा स्राेतै नखुलेका सहकारी छड्कि हाल्थे । देशमा बजार र बिक्री राम्राे थियाे । ग्राहक पनि किम्मती वाला नै थिए । व्यवसायकाे यस्ताे जागरण र अभियान देखेर विकसित देशहरू फर्मुलाहरू चाेर्न खुब लागि परेका थिए । बहुराष्ट्रिय कम्पनीहरू बजारमा हिंडिरहेका थिए । उनीहरूले व्यवसाय पसलमा गएर साेधे ।
--"यहाँ काेभिडकाे भ्याक्सिन पाइन्छ ?"
--"डेमाेक्र्याटिक जमानामा पनि साेध्नु ? एकदम सहज छ !"
म:म: पसलेले यसाे आँखा घुमायाे अनि उसलाई शङ्का लागेर साेध्याे । आफ्नाे परिचय दिन खाेज्याे । म:म: पसले अलिकति साेझाे रहेछ । उसले भनी हाल्याे ।
--"तपाईं कुन देशकाे ?"
--"वास्तवमा म एजेण्ट हाे नि !"
--"यताकाे ग्राहकलाई पनि लगानी गरिदिनै पर्याे, हजुरले !"
पसलेकाे जिद्दि देखेर कम्पनी एजेण्टलाई अचम्म लाग्याे अनि उसले फेरि पसलेलाई साेध्याे ।
--"तपाईसँग फ्रिज छ त भ्याक्सिन स्टाेर गर्न ?"
--"अवश्य !"
पसलेले म:म:काे किमा फ्रिजिङ गरेकाे विश्वासिलाे प्रमाणलाई देखायाे । उसकाे साथमा एकजना साेह्र सत्रकी पठ्ठी उभिएकी थिई । हातकाे किस्तिमा वियरकाे सिसि, अचार र म: म: थियाे । पसलेले एजेण्टलाई भन्याे ।
--"भ्याक्सिन पनि यै पठ्ठीबाटै चल्छ !"
त्यसपछि विभिन्न एजेण्टहरूकाे सहयाेगमा पसलेकाे फ्रिजमा बाेराका बाेरा भ्याक्सिनका भाइलहरू सर्कारबाटै आउन थाले । एकदिन अल्छी डाक्टर तथा नर्सहरूले कमिशन माग्दै म:म: पसलेसँग खुसामत गरेर भने ।
--"वाह ! विशिष्ट भ्याक्सिन-ल्याव !"
--"ट्रेनवाला हाे नि, हजुर ! भ्याक्सिन चलाइ त हेर्नाेस न, यस्काे मजा !"
पसलमा अचेल जड्याहा, दलाल एवं फुँडाहरू थिएनन् । मात्रै भ्याक्सिनका क्रेजी जनताहरू झुम्मिरहेका थिए । उनीहरूमा खाेपकाे जाेखिम जब सकिएथ्याे तब उनीहरूले माग गरे ।
--"विकल्पमा कण्डम दिनाेस् !"