काठमाडौं- मुग्लानी खबर सन्ध्याग्रुप अल्खोर कतार तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीबाट संचालित मुग्लानी खबरद्वारा काठमाण्डौ स्थित नागार्जुन नगरपालिकामा रहेको मानव सेवा आश्रममा राहत सहयोग हस्तान्तरण गरिएको छ।
सन्ध्याग्रुप कतार र मुग्लानी खबरको संयुक्त सकृयतामा कोभिड-१९ को महामारीलाई रोकथाम गर्न सरकारद्वारा जारी लकडाउन मजदुर, किसान, अशाह्य, अपाङ्ग, गरिब पिडितहरुमा परेको प्रत्यक्ष असरलाई मध्येनजर गर्दै राहत बितरण गर्दै आएको छ।यसैक्रममा नागार्जुन नगरपालिका वडा न.१ मा स्थापित सडक आश्रीत मानवमुक्त तथा मानवता प्रबर्द्धनका लागि संचालित मानवसेवा आश्रमका लागि चामल,दाल,तेल, मस्यौरा लगाएतका खाध्यान्न बितरण गरिएको थियो ।
राहत बितरण कार्यक्रममा सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ,समाजसेवी गोपाल राना, सन्ध्याग्रुप कतारका पुर्ब अध्यक्ष थर्च लामा,मानसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी,नागार्जुन नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत आनन्द कुमार खड्का,प्रशासन प्रमुख नारायण तिमल्सिना, ईन्जिनियर कञ्चन खनाल, बलराम पुडासैनी लगाएत मुग्लानी खबर टिमको उपस्थिति रहेको थियो।मानव सेवा नै धर्म हो भन्ने मुल अभिप्रायमा संचालित आश्रमको उचित ब्यवस्थापन प्रति खुशी ब्यक्त गर्दै अध्यक्ष दिलमाया तामाङले ने रु. ५०००/-( पाँच हजार) नगद समेत प्रदान गरेकी थिईन।
कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीले राहत बितरणका लागि उपस्थित मुग्लानी खबर टिमलाई सम्मान गर्दै स्वागत गरेका थिए भने मुग्लानी खबरद्वारा सेवा सहजताका लागि प्रेम अर्पन स्वरुप राहत प्रदान गरिदिनुभएकोमा अध्यक्ष दिलमाया तामाङ लगाएत अभियानमा जुट्नुभएका सम्पुर्ण टिमलाई धन्यबाद ब्यक्त गरेका थिए।
त्यसैगरी मानव सेवा आश्रमका अभियन्ता नविना सिटौलाले मानव आश्रमका बारेमा प्रस्ट पार्दै सातै प्रदेशमा रहेका कुनै पनि आश्रममा जस्तोसुकै सहयोग पनि गर्न सकिने बताएकी थिईन।सडक आश्रीत कोहि पनि नबनुन भन्ने उदेश्य अनुरुप खोलिएको उक्त आश्रमले कुनै पनि बेबारिसे ब्यक्तीलाई जतिसक्दो चाडो रेस्क्यु गर्ने जस्को लागि हाम्रा वेबसाईटमा भएका जुनसुकै नम्बरमा पनि फोन सम्पर्क गरि जानकारी गराईदिन आग्रह समेत गरेकी थिईन।उनले कतारमा रहेका दानी मनका सन्ध्या ग्रुप कतारका टिमहरु पत्रकार तथा मुग्लानी खबर टिम सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेकी थिईन।
कार्यक्रमको अन्त्यमा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले मानव सेवा आश्रमलाई सानो सहयोग गर्न पाउँदा अत्यन्तै ह्रषित भएको बताईन साथै यो अवसर जुटाईदिनुहुने मानसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी,नागार्जुन नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत आनन्द कुमार खड्का,प्रशासन प्रमुख नारायाण तिमल्सिना, ईन्जिनियर कञ्चन खनाल, बलराम पुडासैनी लगाएत सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेकी थिईन।