मुग्लानी खबर ९ माघ
साङमो थोकर तामाङ,
तामाङ समुदायको सांस्कृतिक राष्ट्रीय पर्व २८५४ औं सोनाम ल्होछारको अबसरमा नेपाल तामाङ घेदुङ साईप्रसद्वारा आयोजित ल्होछार बिशेष "सॉंगीतिक धमाका-२०१८" कार्यक्रम भव्य रुपले मनाइएको छ ।
अध्यक्ष नानु गोम्जा तामाङको सभापतित्वमा भएको कार्यक्रममा होनारी कन्सुलर साईप्रसका रामजिवन पन्जियार प्रमुख अतिथी रहेका थिए ।
त्येस्तै नीलम पन्जियार, एनआरएनए साईप्रसका अध्यक्ष सुवास मल्ल, एनआरएनए साईप्रसकी महिला प्रतिनिधि तथा चितवन सेवा समाज साईप्रसकी अध्यक्ष जसुमाया पुन मगर , एनआरएनए साईप्रसकी सचिव विस्सु पाण्डे ,कार्यक्रम व्यवस्थापक तथा ब्रिटिस गोर्खा साईप्रसका सुरेशकुमार परियार, अन्तर्राष्ट्रीय कलाकार मंच साईप्रसकी अध्यक्ष कोपिला दाहाल,शेर्पा किदुग साईप्रसकी उपाध्यक्ष केसाङ शेर्पा , तमु समाज साईप्रसका महासचिव अनुप लामिछाने गुरुङ, राई सेवा समाज साईप्रसकी सक्रिय सदस्य पार्वती राई , जनसम्पर्क समिति साईप्रसकी अध्यक्ष सीता अर्याल, फिस्टेल खबरका पत्रकार समिम मियाँ , चिफ्नो टिभी डटकमका पत्रकार आत्मा ध्वज लामा, फोटो पत्रकार असीम शर्मा , डिजे विकास क्षेष्ठ लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।
सॉंगीतिक धमाका कार्यक्रमलाई प्रमुख अतिथी र सभापतित्वले संयुक्त रुपमा द्विप प्रज्वलन गरेर उदघाटन गरिएको थियो । कार्यक्रममा घेदुङकी सचिव लक्ष्मी ब्लोन तामाङले सहभागी सबैलाई ल्होछारको शुभकामना राख्दै स्वागत गरेकी थिइन ।
२८५३ औँ सोनाम ल्होछार ज्या /नामे ल्होलाई बिदाई गर्दै २८५४ औँ सोनाम ल्होछार खि/नागी ल्होलाइ स्वागत गर्दै जनवरी २१ मा लिमासोलमा भब्य सांगीतिक धमाका कार्यक्रमलाई धमाका दिन नेपालबाट आमन्त्रित कलाकार हरु चर्चित म्हेन्दोमाया गायक रोशन फ्युबा तामाङ, चर्चित सेलो गायक विश्व दोङ, चर्चित पप गायक मिङमा शेर्पा र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रम पुरै ल्होछार मय भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि होनारी कन्सुलर साईप्रसका रामजिवन पन्जियार र घेदुङका सक्रिय सदस्य शुशिल लामाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम औपचारिक र अनौपचारिक गरी दुई भागमा सम्पन्न गरिएको थियो । औपचारिक कार्यक्रम तामाङ घेदुङ साईप्रसकी महासचिव माया लोप्चन तामाङले संचालन गरेकी थिइन भने अनौपचारिक कार्यक्रम घेदुङ साईप्रसकी सचिव लक्ष्मी ब्लोन तामाङले संचालन गरेकी थिइन ।
सभापति नानु गोम्जाले कार्यक्रमलाई सफल बनाउन साथ सहयोग तथा उपस्थित रहेका सबैलाई धन्यवाद व्यक्त गर्नभयो । कार्यक्रमको अन्त्यमा नेपाल बाट आमन्त्रित अतिथि कलाकारहरुलाई प्रमुख अतिथिद्वारा सम्मान पत्र पनि वितरण गरिएको थियो ।