पहिचान र समानताका लागि प्रतिवद्धताका नारा बोकेर प्रवासमा स्थापित सुनुवार सेवा समाज कतारको चौथो अधिवेशन २३ सेप्टेम्वर २०१६ का दिन कतारमा सम्पन्न भयो ।
सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व, प्रवासी आदिवासी जनजाती महासंघ कतारका द्धितीय उपाध्यक्ष लिलम चिढी मगरको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा दोहामा स्थापित विभिन्न सामाजिक, जिल्ला र वैचारिक संघ÷सस्थाका प्रतिनिधीहरुको विशेष आतित्थ्य र आतित्थ्य रहेको थियो । सभापति, प्रमुख अतिथि तथा विशेष अतिथिहरुको वाहुलीबाट ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रिय गान र एक मिनेट मौनधारण पश्चात कार्यक्रमले गति लिएको थियो ।
कार्यक्रममा सुनुवार सेवा समाज शाखा कतारको पहिलो प्रकाशन होमाचिरि स्मारिकाको लोकार्पण, सुसेसका सस्थापक पुरुषोक्तम सुनुवारलाई सम्मान ग¥यो । गत सालको भुकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने तीन किराती सस्थालाई सुसेस केन्द्रिय कार्यालय काठमाडौले प्रदान गरेको कदर–पत्र सम्वन्धित सस्थालाई हस्तारण, दोश्रो आदिवासी कप फुटबल प्रतियोगिता–२०७३ का सहयोगीहरुलाई किरात कोइँच स्पोर्टस क्लवको तर्फबाट कदर–पत्र, सुसेस शाखा कतारलाई विभिन्न समयमा योगदान दिनुहुनेहरुका लागि कदर–पत्र र सुसेस शाखा कतारका आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण पत्र वितरण गरेको थियो ।
किरात राई यायोक्खा शाखा कतारका प्रमुख सल्लाहाकार धिरज चाम्लिङ राई सयोजकत्वमा गठित निर्वाचन समितिले सामुयल सुनुवार अध्यक्ष, सर्बधन सुनुवार प्रथम उपाध्यक्ष, आरोही कोर्मोचा द्धितीय उपाध्यक्ष, निर बहादुर सुनुवार महासचिव, राज सुनुवार सचिव, बिष्णु बहादुर सुनुवार कोषाध्यक्ष, नरेश कुमार सुनुवार सह– कोषाध्यक्ष, सूर्य कोर्मोचा, लालमाया सुनुवार, सरस्वती सुनुवार, सिता सुनुवार, विकाश सुनुवार र सूर्यमान सुनुवारलाई सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो ।
सुनुवार कलाकारहरुद्धारा सुनुवार झाँकी, गीत, नृत्यहरु प्रस्तुत गरेर कार्यक्रमलाई मनोरन्जनात्म बनाएका थिए । कतारमा विभिन्न पेशामा कार्यरत सुनुवारहरुको बाक्लो उपस्थित रहेको कार्यक्रमलाई समाजका महासचिव निर बहादुर सुनुवारले सन्चालन गरेका थिए ।