कल्पना पौडेल "जिज्ञासु
रेखा जग्गा सम्बन्धि कामको शिलशिलामा जिल्ला अदालतमा गएकी थिइन | आफ्नो ओकिल ठिक समयमा नआइपुगेको कारण समय बिताउन गार्यो भएकोले अदालतमा यता उता डुल्दै थिइन | अचानक रेखाको नजर कैदी कक्षमा पुग्यो त्यहाँ हातमा हथकडी लगाएर राखिएका धेरै कैदीहरु थिए तर रेखाको नजर एक अधबैसे महिलामा गएर टक्क रोकियो | झ्याल निर दुब्ली काली झट्ट हेर्दा रोगि जस्ती देखिने महिला मैलो धोतिको सप्कोले आसुँ पुछ्दै सुक्क सुक्क रुदै थिइन कोठा भित्र जाने अनुमति थिएन त्यसैले रेखा त्यहि झ्याल छेउमा गएर महिलालाइ बोलाइन |
दिदि हजुरको नाम के हो ? महिलाले भनिन सुन्तली | यहाँ कुन गल्ति अपराध गरेर आउनुभएको अथवा ल्याइएको हो नि ?
सुन्तली दिदि रेखाले बडो प्रेम पुर्वक सोधीन |
सुन्तलीले मुख घोप्टो पारेर भुइमा हेर्दै जवाफ फर्काइ मैले चोरी गरेकी थिए बहिनि | ओहो चोरी ? के चोरी गर्नु भएको थियो ? रेखाले आश्चर्यजनक शैलीमा सोधीन | अन्नको बोरा चोरेको थिए सुन्तलीले छोटो जवाफ फर्कानइ | रेखाको जिज्ञासा झन् बढ्दै गयो दिदि कति अन्न थियो त्यो बोरामा ? रेखाले सोधीन |
दस किलो जति चामल र चार किलो जति पिठो थियो | सुन्तलीले सुक्क सिंगान पुछ्दै भनिन | दिनभरी काम गरेको भएपनि त्यति अन्न किन्ने पैसा कमाउन सक्थेउ फेरी चोरी किन गरेउ चोर्नु नराम्रो आदत हो दिदि त्यति अन्न चोरी गर्दा हथकडी लगाएर अदालत आउनु पर्यो चोरी गर्नुको कारण के थियो दिदि ? रेखाले सोधीन |
सुन्तलीले सुक्क सुक्क रुँदैरुँदै भनिन म केहि दिन देखि बिरामी थिए काम गर्न नसक्ने गरि थला परेकी थिए घरमा साना साना छोरा छोरी छन् खानको लागि अन्नको एक दाना सम्म थिएन छोरा छोरीको पेट भर्न म बल्ल बल्ल उठेर भिख माग्न मन्दिरको छेउमा बसेको थिए तर मन्दिरमा पूजा गर्न आउने जतिले सिसा भरि दुध फलफुल ल्याएर मुर्ति माथि चडाए मलाई कसैले हेर्दा पनि हेरेनन एक पैसा कसैले दिएनन मुर्ति माथि बगाएको दुध अबिरमा मिसिएर रातो खोला झैँ बगिरहेको थियो म भोकले मर्नै लागेको थिए मन्दिरको नजिकै पसल रहेछ एक जना व्यक्तिले त्यहि अन्नको बोरा किनेर ल्यायो र मन्दिरको गेटमा राख्यो आफु भित्र मुर्तिको दर्शन गर्न गयो अलिपर एक बालक चिच्याई चिच्याई रोएको देखे अनि मैले घर छोडेर आएका साना साना छोरा छोरी सम्झे उनीहरु पनि भोकले यसरि नै रोएका होलान भन्ने लाग्यो पापी पेटको लागि मैले दाँया बाँया सहि गलत केहि शोचिन मेरा आखाँ अगाडी छोराछोरीको आकृति थियो त्यहि अन्नको बोरा समातेर घर तर्फ जादै थिए पुलिसले समात्यो र मलाइ नजिकको चौकीमा लग्यो |
सुन्तलीको कुरा सुनेर रेखाको आखाँ रसाए लामो स्वास फेरीन र भनिन अनि हजुरको श्रीमान कहाँ हुनुहुन्छ ? चौकीमा छोरा छोरी लिएर छुटाउन आउनु भएन ? श्रीमान बिती सक्नु भयो उहाँ साहुको घरमा काम गर्नु हुन्थ्यो एकदिन खेतमा पानि लगाउन जाँदा सर्पले टोक्यो उपचार गर्ने पैसा थिएन साहु संग माग्दा अब तँ मरीस भने मेरो ऋण कसले तिर्छ तेरी स्वास्नी रोगि छ भनेर एक पैसा दिएनन गाउमा गुहार मागियो कसैले सहयोग गरेनन अनि बित्नुभयो छोरा छोरी चौकीमा आएर सबै कुरा भनेका थिए हामि गरिवको कुरा कस्ले सुन्थ्यो र बहिनि छोरा छोरीको भोक मेटाउँछु भनेर चोरी गर्दा मलाई एक सालको सजाय तोकियो बहिनि भन्दै सुन्तली जोड ले रुन थालि |
सुन्तलीलाइ सान्त्वना दिनको लागि रेखा संग कुनै सब्द थिएन | नरुनुस दिदि आफुलाई सम्हाल्नुस भनेर रेखा अदालतको बाहिर निस्कीन र बगैचाको कुर्चीमा थचक्क बसीन सुन्तलीको कथा सुनेर मनभरी अनेक प्रश्न खडा भए | देशको दरिद्रता र यिनी निरिह गरिवहरुको दुख कस्ट हटाउने कुनै उपाय छैन ? एकै देशका जनता हामि सबैको खाने लगाउने समान अधिकार त हुनु पर्ने नियम कानुन सबैलाई बराबर हुनुपर्ने तर त्यस्तो छैन भ्रष्टाचार गरेर रातारात अरबौ पति हुने , चोरी तस्करी गर्ने , कलिला मुना छोरी चेलीको बलात्कार गर्ने जस्ता असती पापी यहि समाजमा सम्मानित भएर हिडेका छन् भोको पेटको लागि अन्न चोरी गर्दा सुन्तली जस्तालाई जेलको सजाय भएको छ |
स - साना छोराछोरीलाइ एक्लै अलपत्र पारिदिएको छ नेपालको अन्धो कानुनले जो गरिव असक्षम छ उसैलाई कानुन लाग्छ हुने खाने धनी सम्पन्न शालिको लागि अलग नीति नियम र सिद्दान्त छ धिक्कार छ नेपालको कानुन | जून सरकार आए पनि दुखि गरिव मजदुरको अवस्था फेरीएन राज्यले गरिवी निवारण गर्न सकेन उसै माथि बिश्व ब्यापी रुपमा फ़ौलिएको यो कोरोनाको सब भन्दा बढी असर गरिवलाइ नै परेको छ |
कहिले आउने रैछ र गरिवको दिन ?शोच्दा शोच्दै रेखा अर्कै दुनियाँमा पुगेकी थिहिन जँहा विभेद रहित सभ्य समाज हुन्छ सरकार हुँदैन नेता हुदैनन सबै जनताले रोजगार पाउँछन् | सबै जनताको, सबै कुराको बिमाको व्यवस्था गरिएको हुन्छ | बेरोजगारीलाई बेरोजगार भत्ता उपलब्ध गराइएको हुन्छ । रोगीलाई निःशुल्क उपचार गरिन्छ । जति पनि राज्यको स्रोतसाधन छन् समान हुन्छन्,त्यो दुनियाँको कल्पनामा डुबिरहेकी थिइन रेखा | अचनाक पछाडी बाट आवाज दिंदा झस्किन | रेखा जी हजुर यहाँ पो बस्नु भएको रैछ कति पटक फोन गरे उठाउनु भएन अब फर्कन्छु भनेर हिड्दै थिए हजुरलाई देखेर देखे रेखाका ओकिलले भने |
ओहो पदम जी माफ गर्नु होला मैले फोनको रिंग बजेको सुनिन ल जाउँ जग्गाको मन्जुरी नाम सम्बन्धि काम सकौ भन्दै दुवै जना अदालत भित्र पसे | केहि समयमा सबै काम सकियो ओकिल लाइ फिस बुझाएर धन्यवाद दिंदै बिदा मागिन | अदालत बाट फर्किनु अघि सुन्तलीलाइ भेटिन |
उनका अबोध छोराछोरीको हेरचाह गर्ने बचन दिएर घर फर्कीन सुन्तली अहिले खुसीका आसुँ पुछ्दै सन्तोषको सास फेरीन |
रेखा भने सुन्तलीका आखाँ बाट खुसीका आसुँ बर्सिदा केहीबेर अघि आफुले देखेको साम्यवादी व्यवस्थाको सपना सम्झेर एक्लै मुसुक्क हाँसिन | यी जिउंदै मरेका नेताले के ल्याउथे र बरै साम्यबादी व्यवस्था | दुखि गरिव निमुखा जनताको खुन पसिना चुस्न पल्केका नामर्दहरु यस्तै के के भटभटाउंदै मूल गेट बाट बाहिर निस्किन | बाटोभरि मनमा अनेक तर्क बितर्क खेलाउंदै घर पुगिन | रेखाले अब सुन्तलीका मात्र होइन सुन्तली जस्तै हजारौ लाखौ आमाका सन्तानलाइ आश्रय दिन पालन पोषण गर्न र शिक्षा दीक्षा दिनको लागि बाल आश्रम खोल्ने र आश्रमको नाम ह्याप्पी होम राख्ने अठोट गरिन | |
गैडाकोट नवलपुर /हाल = खजुरा बाँके