--"विधवाकाे जीवन कुनै जीवन हाेइन रहेछ ।" --"विधुवै भएर पनि पाेई खाेज्न लाज लाग्दैन ?" गंगाकाे लाेग्ने मरेकाे महिना दिन पनि नकाट्दै उसकाे अतृप्त भावनामा लुकेकाे मानसिक आशक्ति उत्तेजनाकाे आवेग छर पस्ट भयाे । सासू बजैले विधुवै शब्द भनेपछि सारा जीवनका बाँकी उत्साह र उमङ्ग ढल्याे । उसले बकी । --"के विधुवामा मायाकाे हक हुँदैन ?
" फुस्रै मुहार, रूग्ण शरीर, शुष्क जीवन, निरस ध्यान र पीडाकाे भुँमरीमा बाँचाेस् भन्ने रूढ समाजकाे सभ्यता र टेडामेडा नजर उसका जीवनका लागि अभिशाप बनेकाे थिए ।
साममजिक घृणाकाे बीच विधुवाकाे यस्ताे छाडा कुरा सुनेपछि सासु बजै झनै छड्किन लागिन् र बर्बराउन थालिन् ।
--"जात फाला आइमाई !" गाउँमा पनि गंगाकाे गतिछाडा जीवन बारे अनावश्यक राेइलाे चल्याे । तिनका नजरमा गंगा अब अछुत दरिई। उसलाई देख्ने आइमाईहरू पन्छिन थाले। गँवार भावनामा रमाइरहेका कुराैटे वर्गले पनि परम्परा र धर्मकाे हेक्का नराखेकी भनेर बेलाबेला कुरा काट्ने गरे । उनीहरूले आफ्ना अभिष्ट फर्मान जारि गरे । --"विधुवै भएर मायाकाे कुरा गर्ने लबस्तरीले गाउँ नै बिगारी !"
रूढी ग्रस्त समाजकाे मन अझै फेरिएका थिएनन् । समाजमा गंगा र लाेग्नेकाे उमेरकाे तुलना थियाे । रूप, रङ र व्यवहारकाे कुरा थियाे । उचनीच जे भएपनि तिनकाे पनि अन्तिम निष्कर्ष थियाे ।
--"अलछिना आइमाई !" प्रताडित गंगाले आफ्नाे नैसर्गिक हक खाेज्न थाली र संकल्प गरेर भनी । --अब म भैरवी बन्छु !" त्यसपछि उसले रातै चुरा, टीका, पाेते, पहिरन र घुम्टाे लगाएर कुमारसँग जग्गेमा बसी । मन्त्रसँगै सपथ खाएर भनी ।
--"मायाकाे बाटाे फुक्याे !"