मुग्लानी खबर, माघ ६
मन्जुश्री सम्बत २८५४ औ सोनाम ल्होछार (ज्या ल्हो) चराबर्ग प्रवासी भुमि कतारमको उम सलाल अलि स्थित अल दाना रिसोर्टमा माघ ५ गते शुक्रबारका दिन भब्यरुपमा सम्पन गरेको छ ।
तामाङ जातीको परिबर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल अभिप्राय बोकेको सस्था आफ्नो मौलिक धार्मिक सास्कृतिक सामाजिक मूल्य मान्यता र परम्परालाई संरक्षण र सम्बर्द्धन गर्दै आफ्नो तामाङ जातिको वास्तविक पहिचान निर्माण गर्न कटिबद्ध कतारको एक मात्र सस्था नेपाल प्रबासी तामाङ समाज कतारको बिशेष आयोजनामा मन्जु श्री सम्बत २८५४ औ सोनाम ल्होछार (ज्या ल्हो) चरा बर्ग रास्ट्रीय कलाकार र स्थानीय कलाकार हरुको साथमा बृहत सास्कृतिक कार्यक्रमका बिच भब्यरुपमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा हजारौंको संख्यामा तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई तथा दिदिबहिनि हरुको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङको सभापतित्वमा सन्चालन रहेको यो कार्यक्रमको प्रमुख अतिथी नेपाली दुताबास कतारका द्वितीय सचिव नितेस सापकोटा रहेका थिए ।
बिशेष अतिथीमा नेपाल आदिबासी जनजाति महासंघ कतारका द्वितीय उपाध्यक्ष पुरोस्त्तम सुनुवार,लामा गुरु गुर्व लामा तामाङ त्यस्तै कतारमा रहेका विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधि,ब्यक्तीत्व र जनजाती महासंघका मातृसंस्था लगायत बिभिन्न ब्यक्तित्व अथितीहरुको बाक्लो उपस्तिथि रहेको थियो।
दुई चरणमा रहेको उक्त कार्यक्रम लाई सस्थाका महासचिव धिरेन तामाङ र सकृय सदस्य गुराँस घ्लान तामाङले कुशल उद्घोषणका साथ सन्चालन गरेका थिए । कार्यक्रमको उद्घघाटन सभापति,प्रमुख अतिथि,लामा गुरु, विशेष अतिथीको हातबाट दीप प्रज्वलन गरेर सुरु भएको थियो ।
[caption id="attachment_5038" align="alignnone" width="750"]
कार्यक्रमका प्रमुख अतिथी नितेस सापकोटाले प्रवासमा आएर पनि तामाङ समाज कतारले आफ्नो धर्म सस्कार सभ्यता,परम्परा रितिरिवाज बचाउनुको निम्ति यस्तो भब्य सब्य तरिकाले ल्होछार कार्यक्रम गरेकोमा खुशी लागेको बताउदै यस्ता कार्यक्रमको लागि निरन्तरता हुनुपर्ने बताए ।[/caption]
कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनि हरुलाई यहाको कल्चर र कानुनको पालना गरेर काम गर्न र्आग्रह गर्दै सम्पुर्ण उपस्थित तथा देस बिदेसमा रहनुभएका सम्पुर्ण दाजुभाई तथा दिदी बहिनिहरुलाई उत्तरोत्तर प्रगतीको कामना गर्दै सुभकामना ब्यक्त गरेका थिए ।
पहिलो चरणको कार्यक्रमका सभापति तिर्थ थिङ तामाङले यो कार्यक्रमलाई सभ्य भब्य बनाउनको लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सबैमा धन्यबाद ब्यक्त गर्दै पहिलो चरणको कार्यक्रम औपचारिक रुपमा सकिएको घोषणा गरेका थिए।
दोस्रो चरणको कार्यक्रम भने उपस्थित सम्पुर्ण लाई भरपुर मनोरञ्जन दिनको लागि नेपाल बाट आमन्त्रित चर्चित कलाकार हरु र स्थानिय कलाकारहरुको सास्कृतिक धमाका रहेको थियो।
सास्कृतिक कार्यक्रममा कलाकारहरु सिर्चेन तामाङ,रेजिना तामाङ आर बि तामाङ,नवराज तामाङ,मोनिका तामाङ,सर्मिला तामाङ,अस्मिता तामाङ,उषा तामाङ,सन्तोष र सन्जिव लगायतको सामुहिक स्वागत गीतमा उपस्थित सबैलाइ नृत्य बाट स्वागत गरेका थिए ।
[caption id="attachment_5032" align="alignnone" width="750"]
कलाकार हरु गुर्व लामा,बेन्द लामा,कान्छाराम तामाङ,बङ्जु लामा,ड घले,सुरज लामा लगायतका साथिहरुबाट प्रस्तुत गरेको तबु नाचले पनि दर्सकको मन जित्न सफल रहेको देखिन्थ्यो ।[/caption]
२८५४ औ सोनाम ल्होछार कार्यक्रमलाई भब्य सब्य रुपमा सफल बनाउन र उपस्थित सम्पुर्णलाई भरपुर मनोरञ्जन दिई कार्यक्रमलाई ल्होछारमय बनाउनको लागी नेपालबाट आमन्त्रित अथिति कलाकार मोडल तथा डान्सर डोल्मा मनाङथेले तामाङ गीतमा डान्स गर्दै सबैको मन जित्न सफल रहिन ।
सेलो गायक प्रयास दोङको सेलो गीत र म्हेन्दोमाया गायक जयबिर तामाङले म्हेन्दोमाया गीत गाउदा दर्सक नाच्नलाई तछाड मछाड गर्दा कार्यक्रम प्राङ्गण निक्कै रमाइलो भएको थियो ।
चर्चित गायक बिजय लामाले पनि करिपन आधा दर्जन तामाङ सेलो नेपाली गीत गाउदा दर्सकले वान्स मोर,वान्स मोर भन्दै हुटिङ गर्दै साथ दिए भने उनिलाई गीत गाउन थप उर्जा मिलेको थियो।
[caption id="attachment_5033" align="alignnone" width="750"]
स्थानीय कलाकार सेलो गायक एस बि मोक्तान,कुमार ओखरेलि म्येहेन्दोमाया गायक मोइराम तामाङ नृत्यकार हरु सल्मा तामाङ, रेजिना लामा,मनिषा तामाङ,आरोही कोर्मोचा,सुरज तामाङ, सिर्चेन तामाङ,कान्छा तामाङको युगल जोडिको नृत्यले पनि समग्रमा राम्रै रह्यो ।[/caption]
[caption id="attachment_5028" align="alignnone" width="750"]
त्येस्तै अर्को सामुहिक नृत्य गीत छलाङ हाम्रो पू्र्खाको गाउँ बोल्को गीतमा नेपाल तामाङ कलाकार संघका कलाकार हरु सबिना लोप्चन,पुजा जिम्बा,छिरिङ सेर्पा, संगम तामाङ,समीर तामाङ,प्रसान्त तामाङको प्रस्तुति पनि हेर्न लायक रह्यो ।[/caption]
म्येन्दोमाया गीतमा सामुहिक नृत्य गर्ने कलाकार मनिसा तामाङ,सर्मिला तामाङ,मनिका तामाङ,उषा तामाङ अस्मिता तामाङ ,सिर्चेन तामाङ,कान्छा तामाङ,अरबिन तामाङ,नवराज तामाङको प्रस्तुति पनि समग्रमा ठिकै रहो । चर्चित मोडेल नायिका रुपा एस घले तामाङले नृत्य साथै गीत गाउँदा दर्सकलाई चिसो पिउदै नाच्न बाध्य पारिन । आफ्नै मौलिक रितिथिती कला सस्कृती र झाकीमा रहेको २८५४ औं ल्होछार कार्यक्रम समग्रमा राम्रो रहेको थियो ।