काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलद्वारा जनताको जीवन रक्षाकालागि तत्काल कोभिड-१९ बिरुद्धको खोप उपलब्ध गराउन नवनिर्बाचित सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष अनुरोध गरेको छ।
देशको राजनितिक जटिल परिस्थितिका बिच प्रधानमन्त्री पदमा निर्बाचित हुनु भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको नेतृत्वमा बनेको यो सरकारले सम्पुर्ण जनजाती, भाषा,धर्म सस्कृती, बर्ग, क्षेत्र, लिंग लगाएत समग्र नेपाली जनताहरुले साच्चिकै हाम्रो सरकार भन्ने अनुभुति दिलाउदै कार्य अगाडी बढाउन अनुरोध गरेको छ।
पछिल्लो समय मुलुकमा कोभिड १९ को महामारी,व्यापार ब्यबसाय लगाएत अर्थतन्त्रमा आएको धरायसी,प्राकृतिक बिपत्ती लगाएतका समस्याहरु झेल्नु परिरहेको हुँदा सम्पुर्ण नेपालीहरुलाई कोभिड १९ बिरुद्धको खोप तत्काल ब्यबस्थापन गरि नेपाली जनताको रक्षा गर्न,देशको आर्थिक समृद्धिका लागि निरन्तर योगदान दिईरहेका उधोगी ब्यबसायी तथा फ्रन्ट लाईनमा रहि काम गर्ने श्रमिक,मजदुरलाई प्रमुख प्राथामिकतामा राखी अगाडी बढ्न समेत सुझाव दिएको छ।कोरोनाका कारण दैनिक रुपमा ज्याला मजदुरी गरि जिबिकोपार्जन गर्दै आएका मजदुर तथा बिपन्न परिवारलाई स्थानिय सरकार वडा तहबाट राहत उपलब्ध गराउनुपर्ने,बागमति प्रदेश अन्तर्गत सिन्धुपाल्चोक हेलम्बु मेलम्ची लगाएत मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोमा परि पिडितहरुलाई उचित राहात तथा पुनर्बासको लागि ब्यबस्थापन गर्नुपर्ने समेत बताईएको छ।
दुई तिहाई मत दिदा समेत कम्युनिस्ट गठबन्धनको सरकारले स्थायित्व दिन नसकेको, शिक्षा , स्वास्थ्य, रोजगारी,कृषि मल बिउबिजन लगाएतका क्षेत्रमा जनतालाई सन्तुस्टि मुलुक काम नगरेको जनाउदै प्रधानमन्त्री शेर बहादुर देउबा नेतृत्वको नेपाली कांग्रेसको बर्तमान सरकारले सबै बर्ग र क्षेत्रको नागरिकको मन छुने काम गर्नेमा बिश्वस्त रहेको नेपाली कांग्रेस वागमती प्रदेश संसदिय दलका नेता इन्द्र बहादुर बानियाँद्वारा हस्ताक्षरित बिज्ञाप्तिमा उल्लेख गरिएको छ।