दोहा / पछिल्लो समय प्रवास कतारमा रहेर खाली समयको सदुपयोग गर्दै नेपाली गीत सङ्गीत प्रती मायागर्ने पारखी हरुको संख्या बढ्दै गइरहेको छ ।
प्राय शुक्रबार छुट्टीको दिन हुनेहुँदा,चर्को गर्मीको बिचपनि कतारका शुन्दर मनोरम दृश्यमा नयाँ नेपाली म्युजिक भिडियो शुटिङ गरिएको देख्न सकिन्छ ।
यसैक्रममा "प्रकाश दर्नाल सित्तलको " निर्देशसनमा नयाँ नेपाली लोकदोहोरी गीत बाच्ने आधार " युटुवमा सार्बजनिक भएको छ ।
गीतमा नेपालका चर्चित कलाकारहरु पूस्कल शर्मा र पूर्णकला वि.सी ले स्वर भरेका छन भने हीमेश कान्छा / गुना मगर(निशु)लगाएतका कलाकार हरुले अभिनय गरेको भिडियोमा देख्न सकिन्छ ।
त्येस्तै शब्द कमल डांगीको छ भने शब्दलाई मिठो संगीत तिलक विसीले भरेका हुन। प्रकाश दर्नाले नै खिचेको भिडियो मूर्चूङ्गा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो Hss ग्रुप इन्टरटेन्टमेन्टको युटुव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियोमा माया पिरतीमा धोक्का खादैमा आत्महत्याको विकल्प सिर्जनात्मक कार्य र जिवनमा अझै साहसी बन्न्नुपर्ने सन्देश दिएको छ ।
भिडियोका क्यामरामेन तथा निर्देशक प्रकाश दर्नाल' शितल' रामेछाप जिल्ला खाँडादेवी गा.पा-९ मा एउटा साधारण परिवारमा जन्मिएको हुन ।
गित संगीतमा रमाउदै गर्दा धेरै उत्कृष्ट लोक दोहोरी गीतहरु जस्तै म मरेको दिन,परदेशीको जुनी, पिरतीको काहानी, बरको छायाँ मुनी, मरुभुमी लगाएत थुप्रै गीतहरुमा शब्द संगीतको काम गरिसकेका छन ।
गाँउ देखि शहर हुँदै परदेशी हुन बाध्य भएको प्रकाशले पछिल्लो समय शब्द संगीत सँगै भिडियो निर्देशनमा पनि कदम उठाएका छन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।