मुग्लानी खबर माघ ३
म्यानमारका रोहिङग्या शरणार्थीलाई बङ्गलादेशबाट फिर्ता गर्न लागिएको समाचार जनाइएको छ ।
म्यानमार र बङ्गलादेशद्वारा ती शरणार्थीलाई फिर्ता गर्ने विषयमा यही जनवरी २३ देखि स्वदेश फर्काइँने सहमत भएको बताइएको हो । मङ्गलबार म्यानमारमा भएको दुवै देशका विदेशमन्त्रीको बैठकमा सो सहमति भएको थिला ।
नेपितमा भएको सहमति बमोजिम यी दुवै देश आगामी जनवरी २३ देखि शरणार्थीलाई स्वदेश फर्काउने बारेमा सहमत भएका थिए – म्यानकारको विदेश मन्त्रालयलका एक जना अधिकरीले भने ।
आगामी जनवरी २३ बाट उनीहरुलाई म्यानमार फिर्ता गर्ने र त्यसका लागि म्यानमार र बङ्गलादेश मिलेर शरणार्थी फिर्ता गर्नेसम्बन्धी केन्द्रहरुको स्थापना गर्ने सहमति भएको छ ।
यसका लागि बङ्गलादेशले पाँच वटा केन्द्र स्थापना गर्नेछ भने अर्कातर्फ म्यानमारले उनीहरुलाई स्वदेश फिर्ता गर्ने रुटका लागि आवश्यक पूर्वाधार पनि खडा गर्नेछ ।
उनीहरुलाई आवश्यक सुरक्षा व्यवस्थाका लागि पनि म्यानमार सरकारले प्रबन्ध गर्ने बताइएको छ । सुरक्षा प्रबन्ध राम्रो हुन नसक्दा उनीहरुको फिर्ताको कार्यक्रम प्रभावकारी हुन नसक्ने र उनीहरु स्वदेश फर्किन पनि नमान्ने सो समाचारमा जनाइएको छ ।
म्यानमारमा जारी हिंसाका कारण उनीहरु गत अगष्ट २५ देखि म्यानमारबाट भागेर बङ्गलादेशतर्फ छिरेका हुन् । उनीहरु हाल बङ्गलादेशको कोक्स बजार क्षेत्रमा शरणार्थी शिविरहरुमा बस्दै आएका छन् ।
राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगको प्रतिवेदनअनुसार उनीहरु हाल बङ्गलादेशमा छ लाखभन्दा बढीको सङ्ख्यामा रहेका छन् ।
उनीहरुलाई उक्त आयोग, अन्तरराष्ट्रिय दाता संस्था र बङ्गलादेश सरकारले सहयोग गर्दै आएका छन् ।
उनीहरुले जतिसक्दो चाँडै आफ्नो घर फर्किन पाउँ भन्दै विश्व समुदायसँग अपिल गर्दै आएका छन् ।
म्यानमारको सेनाको ज्यादति सहन नसकी उनीहरु देशबाट भागेका हुन् । सेनाले भने ती रोहिङग््या समुदायको अधिकार खोज्ने एक सशस्त्र संगठनले म्यानमारको सेनामाथि आक्रमण गरेको भन्दै उनीहरुलाई लखेटेको थियो ।
शरणार्थीलाई स्वदेश फिर्ता गर्न विश्व समुदायले पनि म्यानमार समक्ष विगत लामो समयदेखि आग्रह गर्दै आएको छ ।
सोही दबाबका कारण म्यानमारको सरकारको अग्रसरतामा शरणार्थी फिर्ता गर्नेसम्बन्धमा यी दुई देशका विदेशमन्त्रीबीच दुई पटकसम्म बैठक बसेको थियो ।