केर्खा / झापाको कमल गाउँपालिका वार्ड नं ३ स्थित शहिद धर्म भक्त माविमा तोपगाछी झापाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महा संघद्वारा भेषभुसा तथा संस्कृति झल्कने सामग्री वितरण कार्यक्रम सप्पन्न भएको छ ।
४५ दिने प्लम्विङ तालिम समापन कार्यक्रममा आदिवासी जनजाति महासंघका कमल गाउँपालिका का अध्यक्ष छत्रहाङ फागो अध्यक्षमा सम्पन्न भएको हो ।
प्रशिक्षक भिम तामाङ , दुर्गा प्रसाद रिजालले तालिम दिएका थिए । ४५ दिने तालिम लिएका हरुलाई प्रमाण पत्र र सूचीकृत आदिबासी जनजाति २० जातीय संस्थाहरु भेषभूषा तथा संस्कृति झल्कने सामाग्री च्याबुङ , बाजागाजा साथ राष्ट्रीय झण्डा प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु सिवाकोटी द्वारा वितरण गरिएको थियो ।
नेपाल आदिबासी जनजाति महा संघ समन्वय परिषद कमल गाउँपालिका झापाले उपस्थित अतिथिहरुलाई सभापति छत्रहाङ फागोले प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मेनुका काफ्लेले नेपाल एक बहुजातिय बहुसंस्कृति , बहुभाषिक र विविधता युक्त भएकोले जसको भाषा र संस्कार संस्कृति लोप हुदै जादा त्यसको संरक्षण र प्रबर्द्धनको लागि सरकारको बजेट अनुरूप हाम्रो कमल गाउँपालिकाले पनि सहयोग गर्दै आईरहेको र आदिबासी जनजातिहरुमा पनि शिपमुलक जनशक्तिको लागि ४५ दिने तालिम लिनुभएका सबैलाई खानेपानी आयोजनाहरुमा रोजगार पाउन सक्ने संभावना रहेको बताउदै हार्दिक बधाई व्यक्त गरेका थिए ।
भने अन्य उपस्थित अतिथिहरुले नेपाल विविधता युक्त राष्ट्रीय एकता रहेको एक अर्काको अस्तित्व र पहिचानलाई स्विकार्नु पर्नेमा जोड दिए ।
अन्य अथितिहरुमा कमल गाउँ महिला विकास शाखा प्रमुख रेनुका गौतम , वार्ड ३ अध्यक्ष नर प्रसाद दंगाल , लालिमा बोड़ीङका प्रिंसिपल गौरीमान फागो, फोनिक्स बोड़ीङका प्रिं. बदी सम्पाङ राई ,स्कूल व्यवस्थापक समिति अध्यक्ष चक्र गुरुङ, महिला समावेशी शशक्तिकरणका अध्यक्ष गौरा चापागाई , मन कुमार थलुङ २० वटा जातिय संस्थाका प्रतिनिधिहरु मिडिया कर्मी बिरेन्द्र कु याक्थुम्बा सुवास र बसन्त राज सुब्बा रहेको थिए भने सो
कार्यक्रममा स्वागत मंतव्य संस्थाका उपाध्यक्ष अकल बहादुर गुरुङले गरेका थिए, संचालन संस्थाका सचिब मन कुमार तामाङले गरेका थिए ।