कास्की आदर्श समाज अन्तर्राष्ट्रिय” परिवार द्वारा कोरना उपचारको निम्ति पोखराका स्वास्थ्य संस्थाहरु लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
“विश्वभरीका कस्केली खोजी अभियानः समृद्ध जन्मथलो हाम्रो स्वाभिमान भन्ने मुल नारालाई अङ्गाल्दै सन :२०१७ (२०७४) मा मा स्थापित गरिएको सस्थाले बिश्व संजाल मार्फत बिभिन्न चरणमा गरि ३० लाख बराबरको स्वास्थ सामाग्री हस्तान्तरण समपन्न सहयोग गरेको हो !
कास्कीका विभिन्न चारवटा स्वास्थ्य संस्थालाई विशेष समारोहका बिच स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको गरिएको परिषदका महासचिब : हंशराज ढकाल क्षत्रीले बताए ।
न्तर्गत गण्डकी प्रादेशिक पोखराको पश्चिमान्चल गण्डकी क्षेत्रिय अस्पताल,मातृशिशु मितेरी अस्पताल बाटुलेचौर, लेखनाथ कोभिड विशेष अस्पताल र (मादि) ४ तारकाङमा रहेको आधारभुत स्वास्थ केन्द्रलाई विभन्न मिति र चरणमा तिश लाख बराबरको दिर्ग्कालिन उपयोगी स्वास्थ्य सामाग्री हस्तान्तरण गरियको थियो ।
स्वास्थ्य संस्थाहरूलाई प्यासेण्ट सिफ्टिङ् ट्रली,व्हिल चेयर, सक्सन मेसिन,पल्स अक्सिमिटर, अक्सिजन ट्रली,रेडियाण्ट बेबी वार्मर,बेड साइड लकर, मायो टेबल, बायो केमेस्ट्रि एनलाइजर लगायतका सामाग्री एवं उपकरणहरू सहयोग गरिएको हो ।
यस अघि पहिलो चरणमा कास्की आदर्श समाज दक्षिण कोरियाको पहलमा कास्कीका चार गाउँपालिका र पोखरा २१ का लागि स्वास्थ्य सुरक्षा सामाग्रीहरू सहयोग गरियको थियो ।
तेसैगरि दोश्रो चरणमा कास्की पोखरा समाजको पहलमा पश्चिमान्चल क्षेत्रिय अस्पतालमा १५, लेखनाथ कोभिड विशेष अस्पतालमा १५ र लेखनाथ संक्रामक उपचार केन्द्रमा २० गरि कुल ५० अक्सिजन सिलिण्डर सहयोग गरिएको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काको प्रमुख आथित्यता रहेको थियो भने विशेष अतिथीमा अस्पतालका सँस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश सभाका संसद कृष्ण थापाको लगायतको उपस्थिती रहेको थियो
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री कुमार खड्काले मातृभूमिका लागि सहयोग गर्नुपर्छ भन्ने भावना सबैका लागि अनुकरणीय भएको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपर्नु र उपेक्षित हुनु दुःखद् भएको उल्लेख गर्नुभयो।मन्त्री कुमार खड्काले गण्डकी प्रदेश वासीका लागि खोपको व्यवस्था गर्न दुई अर्ब रकम व्यवस्था गरिएको र आवश्यक तयारी गर्न निर्देशन दिइएको जानकारी दिनुभयो।
कार्यक्रममा मातृशिशु मितेरी अस्पतालका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश संसद कृष्ण थापा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवाल, पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले बोल्नु भएको थियो ।
तेश्रो तथा अन्तिम कार्यक्रम पश्चिमान्चल क्षेत्रिय अस्पताल (गण्डकी) मा पोखरा महानगरपालिकाका मेयर श्री मान बहादुर जि.शीको प्रमुख आथित्यता रहेको थियो भने विशेष अतिथीमा क्षेत्रिय अस्पतालका निर्देशक प्रा.डा. भरत बहादुर खत्री र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. श्री कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका संयोजक विश्वबन्धु थापाको अध्यक्षतामा भएको तिन चरणका हस्तान्तरण कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष डा. सुन्दर पौडेल, उपाध्यक्ष तिलकशाली सापकोटाले बोल्नु भएको थियो भने सचिव केदार कुँवरले संचालन गर्नुभएको थियो ।
साथै सामाग्री हस्तान्तरण कार्यक्रमको लागि कोषाध्यक्ष गणेशराज पहारि, महिला संयोजक पुजा शाह, नेपाल च्याप्टर संयोजक विश्वबन्धु थापा, नेपाल च्याप्टर सहसंयोजक विकास अधिकारी, केन्द्रिय सदस्य हरिविनोद अधिकारी, नेपाल च्याप्टर सचिव अमृत आचार्य र नेपाल च्याप्टर सहसचिव हरिबहादुर ढकालले सहजिकरण गर्नु भयको थियो ।