नागार्जुन नगरपालिकाले आफ्नो पाँचौं नगर सभा आज एक कार्यक्रमको आयोजना गरि भव्यताका साथ सम्पन्न गरेको छ।
नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतको सभापतित्व तथा माननीय प्रदेश सभा सदस्य केशव पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। त्यसगरी माननीय प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ ,नगर उप प्रमुख सुशिला अधिकारी, वडाध्यक्षहरु,नगर कार्यपालिका सदस्यहरु,प्रशासकीय अधिकृत,वडा सदस्य लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम गरिएको हो।
नागार्जुन नगरपालिकाले नगर सभामा ‘समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार’ भन्ने मूलनाराका साथ आर्थिक वर्ष २०७८/०७९ को बार्षिक नीति, बजेट तथा कार्यक्रम बुधबार स्वीचाटारमा पाँचौं बजेट सार्वजनिक गरिएको हो। कार्यक्रममा नगर उपप्रमुख सुशिला अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन। नीति तथा कार्यक्रममा नगरले कोभिड प्रतिकार्य तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।
त्यसैगरी नगरको वार्षिक नीति तथा कार्यक्रममा नगरको पुर्वाधार विकास, आर्थिक विकास, पशु, कृषि, सहकारी, उद्योग व्यवसाय, पर्यटन तथा ऐतिहासिक एवम् धार्मिक स्थलको संरक्षण, श्रम तथा रोजगार लगायतका विषयहरु समावेश गरिएको छ ।नगर प्रमुख मोहनबहादुर बस्नेत नगरपालिकाले कोरोना भाइरसका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाहरुलाई प्रथमिकतामा राख्ने बताएको छ ।
उक्त कार्यक्रमको स्वागत मन्तव्य नागार्जुन नगरपालिका वडा न.९ का वडा अध्यक्ष राम कृष्ण भट्टराईले गरेका थिए भने कार्यक्रमको संचालक थुमराज के.सीले गरेका थिए।