नेकपा एमालेका पूर्व सचिव भीम आचार्यले पार्टी एकता जोगाउन ६ बुँदे प्रस्ताव गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै आचार्यले ९ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीलाई निशर्त प्रचलनमा ल्याउनुपर्ने बताए ।
गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरू खारेज गरिनुपर्छ र गरिएका सबै कामहरू अवैध घोषणा गर्नुपर्दछ,’ आचार्यको प्रस्ताव छ ।
अर्काे बुँदामा उल्लेख छ, ‘पार्टीभित्रका गुटहरूको टकरावका कारण यसबीच भयका द्वन्द्व र कामहरूको उपयुक्त समयमा समीक्षा गर्दै भएका कमीकमजोरीहरू सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।’
यस्तो छ उनको सुुझाव
(१) पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेसागत संगठनहरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ । सार्बभौम सदस्य हरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अवैध घोषणा गर्नुपर्दछ ।
(३) पार्टीभित्रका गुटहरुको टकरावका कारण यसबिच भएका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।
(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
(५)पार्टीलाई विधि–विधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नुपर्दछ ।
(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टी लाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढनुपर्दछ ।