अर्घाखाँचीको देउराली यातायात प्रालिले गाडी धनी र चालकलाई राहत स्वरुप ७३ लाख रुपैयाँ वितरण गरेको छ । कोरोना महामारीपछि थला परेका यातायात व्यवसायी, चालक, सहचालक र कर्मचारीलाई एकमुष्ट रुपमा उक्त रकम दिएको हो ।
गाडी धनीलाई ४३ हजार, चालक र कर्मचारीलाई पाँच/पाँच हजार र सहचालकलाई २ हजार रुपैयाँका दरले उपलब्ध गराइएको रकम बितरण हुने प्रालिका अध्यक्ष गोविन्द बञ्जाडेले लोकान्तरलाई जानकारी दिए । गत वर्ष पनि प्रालिले ८० लाख रुपैयाँ व्यवसायीलाई वितरण गरेको थियो ।
समितिमा १६० गाडी आवद्ध रहेका छन् । महामारीले यातायात क्षेत्र थला परेको छ । ‘मजदुरलाई हातमुख जोर्न पनि गाह्रो भयो । अब राज्यले सुरक्षा मापदण्ड पालना गराउँदै यातायात क्षेत्र पनि खुलाउनको विकल्प छैन’ अध्यक्ष बञ्जाडेले बताए ।
आज मिति २०७८ असार ५ गते वसेकाे देउराली यातायात अर्घाखाँची प्रा.लि. काे कार्य समितिकाे वैठकले यस प्रा. लि. मा आवद्व भई २०७८ वैशाखसम्म सन्चालनमा रहेका सवारीका गाडी धनि, चालक र सहचालकलाई क्रमस रू ४३,०००/-, ५,०००/-, र २,०००/- का दरले प्रर्ति गाडी रू ५०,०००/- राहात उपलब्ध गराउने निर्णय गरेकाे र प्रा.लि. मा आवद्व कर्मचारीलाई राहात स्वरूप प्रति कर्मचारी रू ५,०००/- का दरले राहात उपलब्ध गराउने निर्णय गरेकाे व्यहाेरा सम्वन्धित सम्पुर्णमा जानाकारि गराइन्छ । एंवम सम्पुर्ण देउराली यातायात अर्घाखाँची प्रा.लि. परिवार