कतारमा (सन २००२) मा स्थापित सामाजिक नेपालीहरुको साझा संस्था सन्ध्याग्रुप अलखोर कतार र मुग्लानी खबर अनलाइन मिडियाको सहकार्यमा काठमाण्डौ स्थित तार्केश्वर नगरपालिका स्थित अपाङ्ग सेवा केन्द्र प्युटारमा २२ जना पिडितलाई राहत बितरण गरिएको छ।
कोभिड-१९ को दोस्रो लहरको महामारीलाई रोकथाम गर्न सरकारद्वारा जारी लकडाउन पश्चात् दैनिक ज्याला मजदुरी गरि जिबिकोपार्जन गर्दै श्रमिक, अपाङ्ग,गरिब तथा बिपन्न परिवारमा उत्पन्न भोकमरीलाई मध्यएनजर गर्दै सन्ध्याग्रुप अल्खोर कतार र मुग्लानी खबर अनलाऐन मिडियाको सहकार्यमा भैइरहेको राहत बितरण गर्ने क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ स्थित अपाङ्ग सेवा केन्द्र पैयूटरमा राहत स्वरुप चामल,तेल,दाल,नुन, मसौरा र बिस्कुट लगायतका सामाग्रीहरु बितरण गरिएको हो।
कोभिड-१९ को दोस्रो लहरको महामारीको चपेटामा परेका पीडितहरुलाई मल्हम पट्टी लगाउन राहत बितरण कार्यक्रममा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष तथा मुग्लानी खबर अनलाइन मिडियाका संचालक दिलमाया तामाङ (राना), नेपाल तामाङ घेदुङ केन्द्रिय सचिव तथा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता,समाजसेबी राम कृष्ण ब्लोन,समाजसेबी गोपाल राना,सन्ध्याग्रुप अल्खोर कतारका पुर्व अध्यक्ष थर्च लामा,स्वास्थ्यकर्मी अप्सरा बिष्ट लगायत मुग्लानी खबर अनलाइन मिडिया टिम लगाएत प्रत्यक्ष रुपमा सहभागी भैई राहत बितरण गरिएको थियो।
राहत बितरण पश्चात् अपाङ्ग सेवा केन्द्रका अध्यक्ष चन्द्र बहादुर खत्रीले सन्ध्याग्रुप अलखोर कतार,मुग्लानी खबर अनलाइन मिडिया र सबै सहयोगी मनहरुलाई धेरै धेरै धन्यबाद ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरेका थिए।