सन्ध्याग्रुप अल्खोर कतार र मुग्लानी खबरद्वारा भोकमरी लाई मध्यनजर गर्दै थालिएको राहत बितरणको दोश्रो दिन काठमाडौ स्थित गोकर्णेश्वर नगरपालिकामा गरिएको छ।
कोभिड-१९ महामारीको न्यु भेरिएन्टको शुरुवात संगै रोकथाम गर्न सरकारले लकडाउन घोषणा पश्चात् दैनिक ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्दै आएका श्रमिक, बिपन्न बर्गलाई रोग भन्दा भोकले सताईरहेको छ।रोग र भोकको चपेटामा परेका अति बिपन्न परिवारलाई सकेको राहत बितरण गर्ने उदेश्य अनुरुप दोस्रो दिन गोकर्णेश्वर नगरपालिकाको वडा न.६ मा रहेका करिब ५० बिपन्न परिवारलाई राहत बितरण गरिएको छ।
राहत बितरण कार्यक्रममा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालिका अध्यक्ष तथा मुग्लानी खबरका संचालक दिलमाया तामाङ (राना), सन्ध्याग्रुपका पुर्व अध्यक्ष थर्च लामा,समाजसेवी गोपाल राना,सुनिल राना, बागमती प्रदेश सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे,गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश अर्याल,वडा न. ६ का वडा सदस्य नवराज लामा, राष्ट्रिय खबरका सम्पादक मुकुन्द ढुंगाना प्रत्यक्ष रुपमा उपस्थित भई राहत वितरणका लागि बिशेष सहयोग गर्नुभएको थियो।त्यसैगरी राहत बितरणका लागिकान्तिपुर स्कुलका प्रिंन्सिपल लक्ष्मी गुरुङले सहयोग गरि सहज बनाईदिनुभएको थियो।
स्वास्थ मन्त्रालयको प्रोटोकोललाई ध्यानमा राखी सामाजिक दुरी, सेनिटाईजर,मास्कको अनिवार्य प्रयोग गर्दै राहत वितरण गरिएको थियो।राहत वितरण स्वरुप सम्पन्न चामल, दाल, तेल, नुन,मसौरा मास्क लगायतका सामाग्रीहरु बितरण गरिएको हो।
राहत बितरण पश्चात् उपस्थित सांसद छिरिङ दोर्जे लामा,नगरपालिका मेयर सन्तोष चालिसे,वडा अध्यक्ष ,वडा सदस्य लगाएतले कोभिड पेन्डामिकको यस विषम परिस्थितिमा सन्ध्याग्रुप अल्खोर कतार, मुग्लानी खबरद्वारा गरिएको मानवीय धार्मिक कार्य सह्रानिय रहेको बताउदै धन्यवाद ब्यक्त गरेका थिए भने पिडित परिवारले राहत पाएकोमा खुशी ब्यक्त गर्दै सन्ध्याग्रुप अल्खोर कतार,मुग्लानी खबर लगाएत नगरपालिका,सांसद,मेयर लगाएत सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए।