काठमाडौ स्थित दक्षिणकाली नगरपालिकाका उपमेयर बसन्ती तामाङ ( डंगोल) द्वारा ङारी कल्याण सेवा समाज द्वारा सन्चालित बालगृहका बालबालिकाहरूलाई राहत हस्तान्तरण गरिएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व नै आक्रान्त छ । वर्तमान अवस्थामा यसबाट दक्षिणकाली नगरपालिका पनि अछुतो रहेन। कोरोना संक्रमण रोकथाम गर्न सरकारले ‘लकडाउन’ गरे पश्चात् दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, विपन्न तथा अति विपन्न परिवारहरू सबैभन्दा बढी प्रभावित भएका छन।
नगरपालिकाले बिपन्न परिवारलाई मध्येनजर गर्दै आएको छ भने नगरपालिका उपमेयर बसन्ती तामाङ ( डंगोल) ले दक्षिणकाली नगरपालिका ५ ङारी कल्याण सेवा समाज द्वारा सन्चालित बालगृहका बालबालिका हरूलाई खाद्यान्न सहयोग गरेकी छन।राहत सन्ध्याग्रुप अल्खोर कतार तथा मुग्लानी खबर र नगरपालिका उपमेयर तामाङद्वारा सामुहिक रुपमा गरिएको थियो।
दक्षिणकाली नगरपालिका अक्सिजन उत्पादन गरि अक्सिजन सहितको आइसोलेशन केन्द्र बनाएको छ भने सङ्क्रमितको संख्या भने देखिदैन।लकडाउन भए पछि दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, विपन्न हरुको मध्यनजर राखी करमा २५ प्रतिशत छुट समेत गरिएको छ। दक्षिणकाली नगरपालिका एक कृषि क्षेत्र भएकोले यस बिपदका समयमा त्यहाँका स्थानियहरु अधिकांस समय कृषिमा ब्यतित गरिरहेका छन।त्यसैगरि नगरपालिकाद्वारा जेष्ठनागरिक सम्मान गरि उदाहरणिय काम गरेको छ।
त्यसैगरी दक्षिणकाली नगरपालिका भित्र मिनी गार्मेन्ट, डिम प्रोजेक्ट, नगर भित्र कोशेली घर अब छिट्टै संचालन हुने भएको छ। राहत बितरण कार्यक्रममा उपमेयर बसन्ती तामाङ ( डंगोल) ले बोल्दै कोभिड-१९ को महामारीका कारण जनजिवन निकै पीडादायी र विनाशकारी छ, त्यही भएर देशमा निषेधाज्ञा लागू भएको छ “जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गरौ, मास्क लगाउ,सामाजिक दुरि कायाम गरौ, कोभिड–१९ बाट आफू पनि बचौं,र अरुलाई पनि बचाऔं भन्दै सुझाव दिएकी थिइन ।