बागमती प्रदेश- काठमाडौ स्थित गोकर्णेश्वर नगरपालिका वडा न. १ द्वारा स्थानियवासीलाई राहत बितरण गरिएको छ।
गोकर्णेश्वर नगरपालिका सुन्दरीजल वडा नम्बर १ का वडा अध्यक्ष राम मानन्धर द्वारा स्वास्थ्य सामाग्री,खाद्यान्न लगाएतका अत्यावश्यक बस्तुहरु वडाबासीलाई बितरण गरिएको हो। वडा अध्यक्ष राम मानन्धरको सक्रियतामा करिब ३५० वडापरिवारलाई मास्क,सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्रीहरु,अक्सिजन सिलिन्डर निशुल्क वितरण गरिएको छ।
दैनिक ज्याला मजदुरी गरि गुजारा गर्ने श्रमिक गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न समेत वितरण वडा अध्यक्ष मानन्धरले गरेका छन।त्यसैगरी वडाबासिहरुलाई अक्सिजनको कमि हुन नदिन वडा कार्यलयमा अक्सिजनको ब्यवस्थापन गरेको र आवश्यक परेमा वडामा सम्पर्क गर्नुहुन सम्पुर्ण वडाबासीहरुलाई अनुरोध समेत गरेका छन।
अध्यक्ष मानन्धर कोभिड १९ ले संक्रमित भएपछी एक हप्ताको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार पश्चात् घर फर्केका थिए । घर फर्के पछि १७ दिन होम क्वारेन्टाइनमा बसि पिसिआर रिपोर्ट नेगेटिभ आएपछी बाहिर निस्केर आफ्नो वडाबासिहरुको पिडामा मलम लगाउन ब्यक्तिगत र सहयोगी दातालाइ समन्वय गरि प्राणबायु अक्सिजन सहितको सिलिन्डर , स्वास्थ्य सामाग्री माक्स, सेनिटाइजर, सिटामोल, भिटामिन डि” भिटामिन सि” र चामल बितरण गरेका छन ।
महांकाल, मुलखर्क, ओख्रेनी र ब्लोन टोलको टोलबासिहरुलाइ बागद्वार आधारभुत बिद्यालय र इश्वरी आधारभुत विद्यालयमाबाट भौतिक दुरि कायम गरि वडाका स्वास्थ्य प्रमुख तुलसा प्रसाद पुडासैनिद्वारा कोभिडको बारेमा सचेतनात्मक सन्देश प्रदान गराउदै उक्त सामाग्रीहरु बितरण गरेका हुन । वडावासीहरु बिरामी भएको खबर आउन थाले पछि आफै सक्रिय भएर सहयोगमा जुटेको उनी बताउछन ।
उक्त कार्यक्रम सफल बनाउन विभिन्न सामाजिक अभियानताहरुको सहयोग रहेको बताउदै सम्पुर्णलाइ हार्दिक आभार प्रकट गरेका छन ।साथै यो अभियानलाई निरन्तरता दिदै वडाभित्रका प्रत्येक टोल- टोलमा पुग्ने जानकारी समेत दिएका छन ।