मुग्लानी खबर
01 जनुअरी 2018-सोमबार
पुस १७ नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ पांच वर्ष पहिला जागरुक युवा समूहको पहलमा सुरु भएको पाचौ अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवस कतारको अलखोरमा मनाइएको छ ।
[caption id="attachment_4806" align="alignnone" width="768"]
सोमबार नेपाली समय ठिक १२ बजे देखि सुरुभएको कार्यक्रममा उपस्थित हरुले ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने,बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सवैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने भन्दै व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए।[/caption]
[caption id="attachment_4804" align="alignnone" width="768"]
अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको युवाहरुको समूह जागरुक युवा अभियानले नेपालमा पाच वर्षदेखि टोपी बचाउ अभियान चलाउँदै आएको छ । त्येस्तै बिदेसमा बस्ने नेपालीहरुले आजैको दिन ढाका टोपी लगाउदै अन्तर्राष्ट्रिय टोपी दिवस कार्यक्रम गर्ने गरेका छन ।[/caption]
[caption id="attachment_4803" align="alignnone" width="768"]
पहिलो चोटी सन्ध्याग्रुप कतारले आफ्नै सभाहलमा गरेको कार्यक्रममा नेपाली पोसाक दौरा सुरबार र नेपाली ढाका टोपीमा पनि बाक्लो युवाहरुले उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले ढाका टोपी नेपालमा १५ औ सताब्दीमा बङ्गाल बाट पाल्पाका राजा मुकुन्द सेनले नेपाल भित्राएको र त्येस लगत्तै काठमाडौं लगायातका जिल्लामा भित्रिएको बताए ।[/caption]
[caption id="attachment_4809" align="alignnone" width="768"]
नेपाली ढाका टोपीले नेपाली चिनाउने,नेपाल चिनाउने र देस चिनाउने बताउदै जव ढाका टोपी लगाएर हिड्दा देसमा भन्दा बिदेसमा अझ अर्कै महत्यो हुने बताउदै गजलको सेयर यसरि प्रस्तुत गरे । [/caption]
सिरमाथी सगरमाथा बन्छ ढाका टोपी !
मुस्कुराइ म नेपाली भन्छ ढाका टोपी !!
न भन्छ कुनै जात-जाती न भन्छ कुनै पार्टी !
नेपाली सबै समान संझन्छ ढाका टोपी !!
संसारभरी नेपालिको पहिचान दिदै !
सब्को सिरमा मुस्कुराइ रहन्छ ढाका टोपी !!
[caption id="attachment_4805" align="alignnone" width="768"]
त्येस्तै बिशेस अथिति सन्ध्याग्रुप कतार र नेपाल प्रवासी तामांङ समाज कतारका प्रमुख सल्लाहकार थर्चा लामा र अथिति नेपाल प्रवासी तामांग समाज कतारका सदस्य प्रेम तामांङले पनि प्रवास बाटै भएपनि नेपाली परम्परा सस्कृति लाई सबै नेपालीले यसरिनै जोगाइ जानुपर्ने बताएका थिए । त्येस्तै अन्य उपस्तिती हरुमा सस्थापक अध्यक्ष तथा निर्देशक सुरज तामांङ,जगत भाट ,चन्द्र खत्री,ज्ञानु केसी डी.बि नेपाली लगायत विभिन्न समाज सेवीहरुको बाक्लो उपस्थित रहेको थियो ।[/caption]
[caption id="attachment_4802" align="alignnone" width="768"]
कार्यक्रमको अन्त्यमा सभापति बिरेन्द्र कुमार याक्थुम्बाले सन्ध्याग्रुपको स्थापना कालदेखि नै सस्थाले बिभिन्न नेपाली परम्परा सस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरेपनि आज पहिलो चोटी आफ्नै सभाहलमा नेपाली पहिचान झल्किने पाचौ अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवस मनाउन पाउदा गर्वान्दित भएको बताउदै आगामी दिनमा पनि संसार भर छरिएर रहेका सम्पूर्ण नेपाली हरुले बृहत तरिकाले मनाउदै जाउन भन्दै सुभकामना ब्याक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष उमेस बस्नेत र सन्चालन महासचिव सन्तोष केसीले गरेका थिए ।[/caption]
[caption id="attachment_4810" align="alignnone" width="768"]
तस्विर....... [/caption]