२५६५औं बुद्ध जयन्तिको उपलक्ष्यमा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ (राना) द्वारा बिश्वभरी रहनुभएका सम्पुर्णमा शुभकामना ब्यक्त गर्नुभएको छ।
अध्यक्ष तामाङले आज पर्न गएका नेपालीहरुका महान चाड बुद्ध जयन्ती /उभौली पर्व/चण्डेश्वरी जात्रा /कुर्म जयन्ती ,गोरखनाथ जयन्तिको उपलक्ष्यमा बिश्वभरी छरिएर रहनुभएका सम्पुर्ण आमाबुबा ,दाजुभाई दिदिबहिनीहरु,पाठकबृन्द, शुभचिन्तकहरुमा सुख, शान्ती,समृद्धि, सु स्वास्थ्य ,दिर्घायुका साथै उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्नु भएको हो।
विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मजयन्ति लगाएत हाम्रा मौलिक सास्कृतिक पर्वले सम्पुर्ण नेपालीहरुमा सह-बन्धुत्व,पारस्परिक मित्रता,उमंग,शान्तिभाव फैलाउदै ,मौलिक सास्कृतिको संरक्षण गर्न सफल रहोस् भन्ने कामना समेत गर्नुभएको छ।
दोश्रो कोभिड १९ को नयाँ भेरिएन्ट संगै फैलिएको महामारी विरूद्धको लडाईमा आफैलाई जोखिममा राखेर अरूको जीवन बचाउने मिशनमा दिनरात खटिइरहनु स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगाएत कर्मचारीहरुमा सम्मान ब्यक्त गर्दै कोरोना भाईरसलाइ परास्त गर्न सक्ने क्षमता हामि सबैमा प्राप्त होस भन्ने कामना समेत ब्यक्त गर्नुभएको छ।