मुग्लानी खबर
25 डिसेम्बर 2017 शुक्रबार
मितेरी सिने युनिट दोहा कतारले आफ्नो एक बर्ष पूरा गरेको बार्षीक उत्सबको उपलक्ष्यमा NEW YEAR DHAMAKA 2018 को सास्कृतिक कार्यक्रम नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुमा गायक राम चन्द्र काफ्ले,रमेश राज भट्टराई,जुनु रिजाल डान्सर सबिना हुमागाई,आइटम डान्सर खुस्बु परियार र डान्सर रोजिनी रन्जितकार तथा स्थानिय कलाकारको बिचमा यही गत 22 डिसेम्बर 2017 शुक्रबारका दिन अल डल्ला ड्राईभिङ्को सभाहलमा भब्य सभ्य रुपमा सम्पन्न गरेको छ।
मितेरी सिने युनिटका म्यानेजिङ डाईरेक्टर तथा कार्यक्रम सम्योजक जीवन सन्सारको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि समाजसेबी तथा ब्यबसायी महोम्मद मुक्तदा थिए भने बिशिस्ट अतिथी समाजसेवी तथा ब्यबसायी सागर नेपाल र अन्य ब्यक्तित्वहरुमा कार्यक्रम ब्यबस्थापक सलीम खान,कलाकार सम्योजक केशब भट्टराई लगाएत अथितिहरु नवीन पोख्रेल,समीर खत्री,उत्तम गुरुङ,रमेश चौहान,सुस्मिता भुसाल तथा विभिन्न संघ सस्था दोहामा अवस्थीत जिल्ला सस्थाका प्रतिनिधिहरु समाजसेबी बुद्धिजीवी कलाकार सङ्गीतकार,पत्रकार,ब्यबसायी लगाएत गीत सङ्गीत पारखी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
दीप प्रज्वलन गरि राष्ट्रिय गीत सामुहिक रुपमा गाएर शुरुवात गरिएको उक्त कार्यक्रम लाई औपचारिक सन्चालन राजन चापागाईले गरेका थिए भने अनौपचारिक (सास्कृतिक) कार्यक्रमको संचालन राष्ट्रिय लोकदोहोरी गायिका देबिका केसी गुरुङले गरेकी थिइन। कार्यक्रमको औचित्य र उदेश्यका बारेमा ब्यबस्थापक सलीम खानले प्रष्ट पार्दै म्युजिक भिडियो निर्माण गर्ने, लुकेका प्रतिभालाई उजागर गर्दै नेपाली कला सस्कृतिलाई कसरी संरक्षण सम्बर्द्धन गर्ने यसको उदेश्य रहेको र पहिलो ब्यानर उद्घाटनमा नेपाली सिने जगतका चर्चित कलाकार आर्यन सिग्देल आएको बताए।
कार्यक्रमको अन्त्यमा सभापती जीवन सन्सारले कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा अहम भुमिका निर्बाह गर्नुहुने सम्पुर्ण संघ सस्था बुद्धिजीवी व्यापारी ब्यबासायी कलाकार पत्रकार तथा सम्पुर्ण उपस्थितहरु प्रती धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।कार्यक्रम सफल पार्न बिशिस्ट भुमिका दाङ देउखुरी समाज कतारको रहेको थियो भने मेन स्पोन्सरसिप कान्तिपुर मेडिकल सेन्टर दोहाले गरेको थियो।
सास्कृतिक कार्यक्रम शुरु भए पश्चात् विभिन्न स्थानिय कलाकार तथा नेपाली आमन्त्रित कलाकारहरुका प्रस्तुती रहेका थिए।सुशील सुनार ले " जे गर जता सुकै लैजाउ मलाई" भन्ने बोलको गीतबाट सबैलाई स्वागत गरेका थिए।दाङ देउखुरी समाज कतारका शिव सरगमले "फुलको डाली काटेर"भन्ने बोलको गीत गाएका थिए।बेहुला बनाउछु भन्थेउ बहुला बनाएर गयौ भन्ने गीतबाट एकदमै चर्चामा आउन सफल गायक रमेश राज भट्टराईले "माया लाको उनले र मैले ","तिमी लास्टै राम्री छौ र पो म फिदा भाको छु","बेहुला बनाउछु भन्थेउ" र पन्चेबाजा लोक गीत "कहिले हो त सानू" जस्ता गीत गाएर दर्शक श्रोता आयोजक कमिटीका सदस्यहरुलाई स्टेजममा छमछमी नचाएका थिए।बिनोद लामाले दमदार रोचक नृत्य प्रस्तुत पछी चर्चित सुरिलो स्वरकी धनी गायिका जुनु रिजाल काफ्ले ले "न दोष तिम्रो न मेरो दोष त हाम्रो नजरको थियो,""कस्ले गरे शुरूवात माया भन्ने चिजको," "हिमाललाई ढाक्यो कान्छा","डाफे झै नाच्ने हिमाल झै हास्ने नेपालकी छोरी,"जस्ता मिठा मार्मिक देश प्रेम भाबले भरिपुर्ण गीत हरु र लोक गीत" आज गाउमा बिजुली चम्क्यो"जस्ता गीतहरु गाएर सबैको मन जित्न सफल भैइन।
"डाडापारी जुनमा"बोलको गीत दामोदर न्यौपाने ले गाई सके पछी नेपाल बाट आमन्त्रित आईटम डान्सर खुस्बु परियारले "लैजाउन घुमाउन मलाई ठमेल बजार"बोलको गीतमा युवाहरुलाई चिसो पानी पिउने समेत बनाईन त्यसै गरि मेक्स नेपाल को "नमिल्ने" बोलको गीत गाएका थिए।नृत्यकार सबिना हुमागाईले "ती तिरा तिर तिर" बोलको गितमा नृत्य गरि सबैलाई आकर्षित गरेकी थिईन।कलाकार लक्की खान र सुशील परियारले कमेडी प्रस्तुत गरेका थिए।मोहन शाहले "पिलायो साथीले" बोलको गीत गाईसके पछी खुस्बु परियार र केशब भट्टराईको "तिमी रोएको कुनै पल हसाउन नसकुला"बोलको गीतमा गरिएको अभिनय बास्तबमै कारुणिक र सबैको मन जित्न सफल भएको थियो।
पहिलेको दिन देखी अहिले को युग सम्म लोक पप गित गाएर एकदमै चर्चाको सिखरमा चुम्न सफल गायक राम चन्द्र काफ्ले "फेवातालमा साईली " हिउचुलीमा " घुमाउला तिमिलाई कुरिनटारैमा"उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना",जस्ता अति चर्चित गीतहरु गाएर दर्शक स्रोताहरुलाई ब्रुक ब्रुक स्टेजमा नचाएका थिए भने "शैबा हो शैबा" भन्ने बोलको गीत गायक राम चन्द्र काफ्ले र गायिका जुनु रिजालले सामुहिक रुपमा गाएका थिए।यु एन आई डान्स ग्रुपले आफ्नो दमदार ग्रुप डान्स प्रस्तुत गरेको थियो भने रिदम कलाकेन्द्र दोहा कतारका कलाकार द्वय सन्ध्या अर्याल र किरण गुरुङको डान्स उत्तिकै दमादार थियो।त्यसै गरि नेपालबाट आमन्त्रित डान्सर रोजिनी रन्जितकारले "कुटुमा कुटु सुपारी दाना" बोलको गीतमा आफ्नो दमदार प्रस्तुती राखेकी थिइन भने १५० भन्दा बढी बस्तुको केरिक्रेचर गर्न सक्ने खुबी भएको दाबी गर्ने नारायण पराजुलीले विभिन्न जनावरको आवाज निकालेर सबैलाई चकित पारेका थिए।