सर्लाही / ब्यबसायी तथा समाज सेवी दिनेश खत्री `पौडेलले सर्लाहीको लालबन्दीमा स्वास्थ्य चौकीमा कार्यरत फ्रन्ट लाइनका डाक्टर,कर्मचारी, सेवाग्राही समेतको जीवन रक्षार्थ भन्दै स्वास्थ्य सामाग्री प्रदान गरेका छ्न ।
हाल कतारमा रही आफ्नो ब्यबसायिक तथा सामाजिक कार्य गर्दै आएका पौडेलले विश्वव्यापी महामारी कोभिड -१९ बाट आक्रान्त नागरिक हरुको अवस्था लाइ मध्य नजर गर्दै, २११,७०० ( दुइ लाख एघार हजार सातसय) बरावरको स्वास्थ्य सामाग्री वडा अध्यक्ष गोपाल प्रसाद घिमिरे र दानवीर खत्रीको परिवार मार्फत स्वास्थ केन्द्र प्रमुख डा. प्रगति राना लगायत लाइ आज एक कार्यक्रम गरी सामाग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण भएका सामाग्री हरुमा पीपीइ -३० थान, गाउन-३० थान, के एन ९५ माक्स २०० पिस ,थर्मल गन-१० पिस, सर्जिकल माक्स -४००० पिस, क्लोरिन पाउडर -१० केजी, टप ग्लब्स -३० प्याकेट, पल्स अक्सो मिटर -१० थान सेनिटैजर-१०० लिटर रहेको छ ।
हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, कोभिड १९ र्यापिड रेस्पोन्स टिम सर्लाहीका सदस्य मनोज बख्रेल, लालबन्दी स्वास्थ्य साखाका सुरेन्द्र खतिवडा, सुदिप काफ्ले, स्वास्थ्य केन्द्रका डा. प्रगति राना, डा .हर्ष नारायण साह, एच ए राजकुमार सिंह, दिपेश कुमार पाख्रिन , वडा सदस्य सन्तोष पौडेल, ध्रुब केसी दानवीर दाताकि श्रीमती जुना पौडेल खत्री, बुवा कमल बहादुर खत्री, आमा चाद्र्माया खत्री, काका काकी जगत बहादुर /खड्ग माया खत्री भाउजु शान्ता पौडेल लगायतको उपस्थिति रहेको एच ए राजकुमार सिंह ले जानकारी गराए
यस्तो विषम परिस्थितिमा आफ्नो कमाइ बाट केहि रकम बचाई नागरिकको जीवन रक्षार्थ खर्च गर्न पाउँदा लालबन्दी -९ निवासी दिनेश खत्रीले खुशी ब्यक्त गरे । साथै आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने बताए ।