कोभिड -१९ को महामारीमा अक्सिजनका कमिले ज्यान गुमाउनेको संख्यामा बृद्दी भए संगै बैदेशिक रोजगारीमा कार्यरत श्रमिकहरुले दाङका विभिन्न अस्पतालमा आर्थिक सहयोग गरेका छन।
कोभिड -१९ को दोस्रो लहर शुरु भए पस्चात दाङ जिल्लामा अक्सिजनको कमिले कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यका साथ खाडी मुकुक कतार,साउदी, युएई, साईप्रस,अस्ट्रेलियामा कार्यरत श्रमिकले आफ्नो गास काटेर श्वास भर्न आर्थिक सहयोग गरेका हुन।
नेपाली श्रमिकहरु द्वारा संकलित करिब २ लाख २० हजार नेपाली रुपैया नेपाल पत्रकार महासंघ दाङलाई आईसोलेसन,राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट निर्माण, बेलझुन्डी कोरोना हस्पिटल, हस्तान्तरण गरिएको दाङ देउखुरी सेवा समाज कतारका पुर्व अध्यक्ष वसन्त राज पुरीले मुग्लानी खबरलाई जानकारी गराएका छन।
सामाजिक अभियन्ता योगेश श्रेष्ठको सकृयता तथा दाङ देउखुरी सेवा समाज कतारको सहकार्यमा संकलित उक्त रकम नेपाल पत्रकार महासंघ दाङलाई २५ हजार,राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ५५ हजार,बेलझुन्डी कोरोना बिशेष अस्पताललाई ५० हजार र सिसहनिया स्वास्थ्य चौकी अस्थायी कोरोना आईसोलेसनलाई २० हजार रुपैया दाङ देउखुरी सेवा समाजका अध्यक्ष लिलामणी लामिछाने , प्रमुख सल्लाहकार नुमाकान्त सुवेदी, कतारका अध्यक्ष छबिलाल बुढाथोकी लगाएतले हस्तान्तरण गरिएको बताईएको छ भने लमही कोरोना अस्पताल र तुल्सिपुर कोरोना अस्पताललाई छिट्टै रकम हस्तान्तरण गरिने संस्थाका अध्यक्ष लिलामणि लामिछानेले बताएका छन।
कतार लगाएत विभिन्न देशमा अक्सिजन सिलिन्डरका लागि आर्थिक सहयोग जुटिरहेकोले उक्त रकम छिट्टै हस्तान्तरण गरिने अध्यक्ष छबिलाल बुढाथोकीले जानकारी गराएका छन।