काठमाडौं, ९ जेठ :नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गर्ने भएको छ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्यमा गरिरहेको यो पार्टीले नयाँ पार्टी गठन गर्न लागेको हो।
पाल समूहले नयाँ दलको खाका यसअघि नै तयार गरिसकेको छ । पार्टीको नाम र चुनाव चिन्हको समेत टुंगो लगाएर बढ्न लागेको बुझिएको छ ।
नयाँ दलमा अध्यक्ष माधव नेपाल नै हुने बुझिएको छ । भीम रावलले महासचिवको जिम्मेवारी पाउनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल हुनेछन् । नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेका छन् ।
नेकपा एमालेको स्थायी कमिटिमा १२ जना ओली पक्षमा छन् भने ११ जना माधव नेपाल पक्षमा छन् । नवौं महाधिवेशनमा नेपाल समूहबाट महासचिवको चुनाव लडेका सुरेन्द्र पाण्डे ओली समूहमै फर्किएका छन् । पदाधिकारी र स्थायी कमिटीमा बराबर जस्तै अवस्था छ।
केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.केपी ओली, अध्यक्ष
२. इश्वर पोखरेल, महासचिव
३. प्रदिप ज्ञवाली, सचिव
४. गोकर्ण विष्ट, सचिव
५. योगेश भट्टराई, सचिव
६. पृथ्वी सुब्बा गुरुङ, सचिव
७. विष्णु पौडेल, उपमहासचिव
स्थायी कमिटी सदस्य
८. शंकर पोखरेल
९. सत्यनारायण यादव
१०. सुवास नेम्वाङ
११. विष्णु रिमाल
१२. सुरेन्द्र पाण्डे
माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१. माधवकुमार नेपाल, वरिष्ठ नेता
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष
४. भिम रावल, उपाध्यक्ष
५. युवराज ज्ञवाली, उपाध्यक्ष
६. घनश्याम भुषाल, उप महासचिव
७. भिम आचार्य, सचिव
स्थायी कमिटी सदस्य
८. मुकुन्द न्यौपाने
९. रघुजि पन्त
१०. बेदुराम भुषाल
११. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य
उपाध्यक्ष बामदेव गौतम तटस्थ