मुग्लानी खबर
सन्तोष केसी 23 नोभेम्बर 2017
बिगत पाँच बर्ष अघि नेपाल प्रवासी तामाङ समाज कतारका सदस्यहरुबाट गरिएको सानो प्रयासले बृहत उदेस्य हासील गर्दै ब्यबसायिक रुपमा स्थापना भएको छिमेकी मार्ट लिमिटेडले नेपालको ब्यावसायिक क्षेत्रमा उल्लेख्यनिय रुपमा फड्को मार्दै आफ्नो पाँचौ बार्षीक उत्सव तथा तेस्रो प्रोजेक्टको रुपमा मेगाभिजन कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौको राम हिटि र सरस्वोति नगरमा रहेको २ साखालाई अझै बिस्तार गर्दै तेस्रो साखाको रुपमा मेघाभिजन प्रोजेक्ट सुरु भएको हो ।
गत शुक्रबार दोहा स्थित "सि टाइम " रेस्टुरेन्टको हलमा भब्य समारोहको बिच छिमेकी मार्ट लिमिटेड काठमाडौका मेनेजर संखलाल तामाङको सभापतित्वमा भएको कार्यक्रममा विशेष ब्यातित्व नेपाल आदिबासि जनजाति महासंघ कतारका अध्यक्ष तथा समाजसेवी देब राज राई रहेका थिए भने अन्य अतिथीहरुमा छिमेकी मार्ट लिमिटेड कतारका सेयर सदस्यहरु,समाज सेवि बुद्दिजिवी,नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ लगायत कार्य समितीका सदस्यहरु प्रमुख सल्लाहकार थर्चा लामा लगायतका ब्यक्तीत्वहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
समारोहमा छिमेकि मार्टका सदस्य कुमार मोक्तान तामाङले उपस्तिथि सम्पुर्ण लाई स्वागत मन्तव्यबाट स्वागत गरे भने कार्यक्रमका सभापती संखलाल तामाङले छिमेकी मार्टले एक बर्षको अवधीमा गरेका कार्यहरूको बार्षीक प्रतिबेदन प्रस्तुत गरेका थिए भने सचिव सुशील तामाङले कम्पनिको बार्सिक आय ब्यय प्रतिबेदन प्रस्तुत गरेका थिए ।
अर्का सदस्य नर बहादुर तामाङले व्यापार गर्दा अपनाउने विधि र बिस्वका ठुला ठुला व्यापारीहरुले बिजनेस गरेरै ठुलो सफलता पाएको उदारण पेस गर्दै कुनैपनि कार्य गर्नुपुर्व हरेक मान्छेहरुले सोचेर बिचार गरेर अग्रज हरुको कुरालाई मनन गरे सबै कुरामा सफलता पाइन सकिने बताए । कुनै चिजमा सफलता पाउन धैर्य गर्नु अति आबस्यक रहेको बताउदै छिमेकी मार्ट जुन अवस्थाबाट आफ्नो ब्यवसाय सुरु गरेको भएपनि आज ५ बर्षको अवधीमा दोस्रो प्रोजेक्ट पुर्ण रुपमा सफल गर्दै अब तेस्रो प्रोजेक्ट को रूपमा मेघा भिजन प्रोजेक्ट सुरु गरेको बताउदै सबै नयाँ सेयर सद्स्यहरुलाइ प्रस्ट रुपमा कम्पनि लाई कसरी सफल बनाउने भन्ने बारेमा बुझाउन सफल रहेका थिए ।
कार्यक्रममा मन्तब्य राख्नेहरुमा प्रिती घले,सोम सुनुवार,साम सुनुवार, ललित कुमार तामाङ,कान्छाराम तामाङ,रोशन दोङ तामाङ,मिना लामा,जिवि तामाङ,सुक बहादुर तामाङ,तिर्थ थिङ तामाङ र देब राज राइले हिजो सम्म केही पैसा बचत गरौ भनेर लागेका हामीले आज तेस्रो ब्रान्ड मेघा भिजन सम्म पुगेका छौ । स्थापनाको पाँचौ बर्षमा पनि ३ ओटा ब्रान्ड खोल्नु चानचुने कुरा नरहेको बताए । प्रवास बाट भएपनी तामाङ समाज कतारका केही सदस्यले सानो रकम बाट सुरु गरेको यो सफल ब्यवसाय आज तेस्रो मेघा भिजन सम्म आएको र आगमी दिनमा छिमेकी मार्ट बिस्वका हरेक शहरभरी फैलियोस भन्ने कामना गरेका थिए । साथै तेस्रो बर्षबाट छिमेकी मार्ट कम्पनीमा तामाङको साथै गैर तामाङ नेपाली दाजु भाइ र बिदेसीले पनि सेयर गर्न पाउने अवसर बनाईएको बताए।उक्त कार्यक्रमा मेघा भिजन प्रोजेक्टमा लगानि गर्ने सम्पुर्ण लगानि दाताहरुलाई सेयर धनी प्रमाण पत्र पनि बितरण गरिएको थियो ।
कार्यक्रमका सभापती संखलाल तामाङले बार्सिक प्रतिबेदन माथी कसैले बिरोध नगरेपछी पास गरे । उन्ले तेस्रो ब्राण्ड मेघा भिजनलाई सफल पार्न सम्पुर्ण सेयर सदस्यहरु तन मन बचनले कम्मर कसेर लागि पर्नु र १ जना बराबर १ सेयर सदस्य बढाउदै बिस्वभर छरिएर रहेका नेपाली लाई पनि मेघा भिजनको बारेमा बुझाउन सकेको खण्डमा अझ सुनमा सुगन्ध हुनेमा बिस्वस्त पार्दै शुरूवात देखी यहाँ सम्म आईपुग्दा प्रतक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रमको संचालन तेज मोक्तान तामाङले गरेका थिए ।