दोहा (जिएनएन) – कतारमा आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरी कतार सरकारसंग आधिकारीता प्राप्त गरेको एक मात्र संस्था नेपाली व्यवसायी संघ कतारले आफ्नो वेबसाइट www.nbaqatar.com शुचारू गरी आफूलाई प्रविधिमैत्री बनाएको छ l
गत शनिवार कतारका सफल यूवा व्यवसायी तथा संघका अध्यक्ष महेन्द्र चौलागाईंको सभापतित्वमा एक भर्चुअल कार्यक्रम आयोजना गरी उक्त वेबसाइट शुभारम्भ गरीएको हो।
गैरआवासीय नेपाली संघ, आईसिसि सदस्य तथा संघका महासचिव रमेश भट्टले संचालन गरेको तथा एनआरएनए आईसीसी मानार्थ सदस्य तथा संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्यबाट शुरुवात भएको उक्त कार्यक्रम दीप संचार मिडिया को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
उक्त वेबसाइट शुभारम्भ कार्यक्रममा
कतार स्थित नेपाली राजदुतावासका महामहिम राजदुत तथा प्रमुख अतिथि डा. नारदनाथ भारद्वाजले दीप प्रज्वलन सहित उक्त वेबसाइट क्लिक गरी शुभारम्भ गरेका हुन्।
लामो समय देखि कतारमा नेपाली व्यवसायीहरूले आफ्नो व्यवसाय संचालन गर्दै आएका र नयाँ शुचारू गर्न चाहने नेपाली व्यवसायीहरूले यस संघको स्थापना संगै आफ्नो अभिभावकत्व प्राप्त गरेका उनीहरूले अब वेबसाइट मार्फत प्रत्यक्ष जोडिन पाउँदा खुशी व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भारद्वाजले २ वर्षको अथक प्रयास बाट कतारमा बैधानिकता प्राप्त गरेको प्रति खुशी व्यक्त गरेका थिए। यसले नेपालका विकाश निर्माण र परियोजना संघ कसरि जोड्न सकिन्छ भनेर अनुसन्धान गरिरहेको जानकारी पाउँदा आफू खुसि रहेको बताउँदै भारद्वाजले भने, ‘कोरोना महामारीले आक्रान्त पारिरहेको गम्भीर परिस्थितिमा समेत यहाँहरूले व्यवसायीक यात्रालाई फलदायी बनाउँदै लैजानु भएको छ, कतार सरकारले यो विषम परिस्थितिमा पनि हाम्रा व्यवसायीलाई सघाउ हुने वातावरण निर्माण गरेको छ, यो हाम्रो हाम्रो लागि अवसर पनि हो।”
नेपालले कतारमा कृषि उत्पादन निर्यात गर्न सक्ने र कतारबाट रासायनिक मल आयात गर्न सक्ने प्रचुर सम्भावना रहेको बताउदै भने, ‘म यहाँको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसंग भेटवार्ताको क्रममा उहाँहरूबाट कतारमा कृषि उत्पादनलाई सहज आयात र रासायनिक मल निर्यात गर्न सकिने आश्वासन पाएको छु, यसका लागि व्यवसायीहरूले परियोजना लिएर आउनुहोस्, नेपालले बंगलादेशबाट आयात गरिरहेको भन्दा आधा मुल्यमा कतारबाट रासायनिक मल आयत गर्न सक्छ।’
त्यस्तै कार्यक्रमका सभापति तथा संघका अध्यक्ष चौलागाईंले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संघलाई यहाँ सम्म ल्याई पुर्याउन अथक प्रयास गर्ने सम्पूर्ण व्यवसायीहरू प्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘प्रवासमा रहेर व्यवसाय गर्ने क्रममा आईपर्ने विभिन्न उल्झनलाई सहजिकरण गर्ने र सम्पूर्ण व्यवसायीहरुलाई एकिकृत गर्दै मर्यादित र सफल व्यवसाय निमार्ण गर्दै दिर्घकालीन आम्दानीको श्रोतलाई समेत सुनिश्चित गर्ने उदेश्यका साथ यहाँहरुकै जोडबल र एकतामा यो संघको स्थापना गरेका हौं ।’
चौलागाइले थपे, ‘आज हामीले यस संघलाई सरकारमा समेत दर्ता भई कतार सरकारमा समेत आधिकारीकता प्राप्त गरेको समेत यहाँहरु सबैलाई अवगत नै छ।, संघलाई प्रविधिमैत्री बनाउने हेतुले यस संघको वेबसाइट निर्माण गरी महामहि ज्यूबाट समुद्घाटन गर्न पाउँदा निकै हर्षित महसुस भएको छ ।’ चौलागाईंले संघले दिर्घकालिन र नेपाल संग प्रत्यक्ष जोड्ने व्यवसायीक परियोजनाको अध्ययन शरु गरिएको समेत जानकारी दिए।
कतार स्थित नेपाली राजदुतासाका निर्वतमान राजदुत प्राध्यापक डा. रमेश प्रसाद कोइराला, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राकेश काजी श्रेष्ठ, संघका प्रमुख सल्लाहकार टि बि कार्की, द इन्सिच्युट अफ ईञ्जिनिरिङ्ग इन्डियाका कतार च्याप्टरका अध्यक्ष इन्जिनियर अब्दुल सतार, इण्डियन व्यवसायी संघका उपाध्यक्ष शेजी भालियाक्थ लगायतले सम्बोधन गर्दै संघले मैत्रीपूर्ण यात्राको तय गरेको मा बधाई तथा सफलताको शुभकामना व्यक्त गरे। सम्बोधन गर्दै वक्ताहरूले अन्तर्राष्ट्रिय स्तर र दिर्घकालिन व्यवसाय गर्दै नेपाल संग प्रत्यक्ष जोड्न सक्ने व्यवसायको शुरुवात निकट भविष्य मै शुरु हुनेमा विस्वास वक्त गरे।
नेपाल सरकारले नेपाली व्यवसायीलाई श्रम स्वीकृतिका नाममा झन्जटिलो र अवैज्ञानिक व्यवस्था गरेको प्रति दुख व्यक्त गर्दै व्यवसायीक यात्रामा सहजता ल्याईदिन नेपाल सरकारलाई आग्रह समेत गरेका थिए। सम्बोधन कै क्रममा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र कतारलाई जोडेर धेरै परियोजनाहरूको सम्भावाना रहेको हुँदा यस तर्फ सबैको ध्यान जान जरुरी रहेको बताएका थिए।
नेपाली दुतावासका द्वितीय सचिव प्रविण भट्टराई लगायत विभिन्न संघ संस्था, देश विदेशका व्यवसायीहरू लगायतको भर्चुअल सहभागिता रहेको उक्त कार्यक्रममा बक्ताहरूले कतारमा नेपाली व्यवसायीहरूले सबै खाले व्यवसाय शुचारू गरेको मा खुशी व्यक्त गरेका थिए।
https://youtu.be/BQHLRVE_T5E