मुग्लानी खबर
10 डिसेम्बर 2017 दोहा कतार
कतारमा स्थापित तीन किराँती सस्थाहरुको सयुक्त आयोजनामा राष्ट्रिय पर्ब तथा किरातीहरुको महान चाड मध्यको एउटा महान चाड उधौलीको एतिहासिक बृहत् सास्कृतिक कार्यक्रम कतारको सनैया स्थित डल्ला ड्राइभिङ स्कुलको सभाहलमा गत शुक्तबार नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु वरिष्ठ सङ्गीतकार तथा गायक जितेन राई लोकदोहोरी गायिका कल्पना सुनुवार र गायिका दिपा सुहाङ्का साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिकाबिच भब्यताका साथ सम्पन्न भएको छ।
धर्म शास्त्र मुन्धुम र भुमिपुजा र प्रकृतिपुजामा बिश्वास राख्ने बिस्वको जुनसुकै कुनामा रहेर पनि आफ्नो धर्म सस्कृती र सस्कारलाई अटुट माया गर्ने कतारमा कार्यरत किराँती दाजुभाई दिदिबहिनिहरुका साझा सामाजिक सस्थाहरुमा किरात राई यायोक्खा शाखा कतार,सुनुवार सेवा समाज साखा कतार र किरात याक्थुङ चुमुलुङ कतार को सम्युक्त आयोजनामा भएको साकेला उधौली/रापवा श्यादार पिदार/चासोक तङ्नाम-५०७७ को अवसरमा बृहत् एतिहासिक सास्कृतिक कार्यक्रम भएको हो।कार्यक्रमका सम्योजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष एकराज राईको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष देवराज राई थिए भने विशिष्ठ अतिथीहरुमा नेपालबाट आमन्त्रित र कार्यक्रमका विशेष आकर्षक वरिष्ठ सङ्गीतकार जितेन राई,लोक दोहोरी गायिका कल्पना सुनुवार र गायिका दिपा सुहाङ लिम्बुका साथै विभिन्न संघ-सस्थाका बिशेष अतिथीहरु,अतिथीहरु,सल्लाहकारहरु, सम्योजकहरु,विभिन्न जिल्ला सङ्ठनका प्रतिनिधिहरु,भातृ सङ्गठनका प्रतिनिधिहरु,समाजसेबी,ब्यबसायी,राजनितिकर्मी,साहित्यकार, बुद्धिजिबि,पत्रकार,कलाकारहरु लगाएत दोहामा कार्यरत किरात तथा गैर किरात दाजुभाई दिदिबहिनिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका सभापती,प्रमुख अतिथि बिशेष अतिथीहरुबाट ब्यानर उद्घाटन र दिप प्रज्वलन गरि कार्यक्रम सुरुवात गरिएको थियो।सामुहिक रुपमा राष्ट्रिय गान गाइसकेपछी उपस्थित सम्पुर्णलाई कार्यक्रम का उप सम्योजक तथा किरात याक्थुङ चुमुलुङ कतारका अध्यक्ष राजेन्द्र साम्याम्खामले मन्तब्य द्वारा स्वागत गरेका थिए भने कार्यक्रमका उपसम्योजक तथा सु से स कतार शाखाका अध्यक्ष सामुयिल सुनुवारले किराँती चाड उधौली तथा कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए।संयुक्त कलाकार टिमबाट किराँती गीत "यो भुमी चुम्ने"सामुहिक रुपमा गाइएको थियो भने कियाचु कतार शाखाका फेदाङ्बा द्वारा चासोक पुजा साथसाथै तिनै सस्थाका अलगअलग मौलिक झाकिहरु पुजाका विधि र पद्धतिहरु रोचक तरिकाले प्रस्तुत गरिएका थिए उपस्थित सबैको मनमा हर्सोल्लास छाएको थियो कुनै नेपालको पुर्बी भुभाग जहाँ किरातिहरु उच्च बाहुल्य रहेको जिल्लाको कुनै गाउ टोलमा साकेला उधौली मनाईरहेको आभास सबैमा भएको छर्लङ्ग देख्न सकिन्थ्यो भने विभिन्न ब्यक्तित्वहरु बाट कार्यक्रम सफलताको अग्रिम शुभकामना ब्यक्त गरिएको थियो।
औपचारिक कार्यक्रमको सन्चालन सु से स कतार शाखाका महासचिब नीर बहादुर सुनुवारले गरेका थिए। विभिन्न सास्कृतिक मौलिक प्रस्तुति रहेको उक्त कार्यक्रममा किराया शाखा कतारको "साकेला सिली" ,सुनुवार सेवा समाज कतारको "स्यदर सिल" र कियाचु कतारको "केलाङ" सास्कृतिक झाकीहरु प्रस्तुत गरिएका थिए।स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो उपस्थित सम्पुर्णलाई भरपुर मनोरञ्जन मिलेको थियो जस अनुसार किराया शाखा कतारका प्रबाशमै रहेर पनि थुप्रै एल्बममा स्वर दिईसकेका रबिन राईले "तिमी तिर ध्यान छ"भन्ने बोलको गीतमा छमछमी नचाएका थिए।
विभिन्न एकल गायन युगल र नृत्य प्रस्तुति रहेका थिए को भन्दा को कम जस्ता प्रस्तुती रहेका थिए।सु से स कतार शाखाकी गोरीमाया सुनुवारले "मिति चोइमी" सुनुवार भाषाको गीतमा दमदार एकल नृत्य प्रस्तुत गरेकी थिइन।त्यसै क्रममा कियाचु कतारका कलाकारहरु बिष्णु लिम्बू र बिमल सिगु को "ढलक्यो ढल्क्यो ढल्क्यो....."युगल गीत,गौतम लिम्बू र सुनिता लिम्बुको "नुरिकाङ्बारु...."लिम्बू भाषाको युगल गीत,किराया शाखा कतारका सुबिन राईको "तिमी रोएको ......"एकल गीत,सामुहिक मारुनी नृत्य"रमितेको चिसो हावा",निर्मला राईको "कैले फुल बनी ......फुलु भन्छ मन"एकल नृत्य,ससिला राईको "गैरी खेतको शिरै हान्यो" एकल नृत्य,सु से स कतारका कमल सुनुवारको "खोलीको माछाले लेउ खायो"एकल नृत्य,नेपाली कलाकेन्द्र कतारका कलाकरहरुको "वारि जमुना पारी जमुना"युगल नृत्य जस्ता दमदार प्रस्तुति ले सबैको मन लोभ्याउन सफल भएका थिए। किरातिहरु मा लिम्बुहरु को एकदमै महत्वपूर्ण र मौलिक सास्कृतिक धान नाच पनि बुढापाका युवा युवतीहरुले हात समाएर गोलबद्ध भैई नाचिरहेका थिए।त्यो नाच हेर्दा कतारमा नभएर नेपालमै रहेको महसुस भएको थियो।
यो नाचले विशेष सास्कृतिक महत्व बोकेको हुन्छ भने सबैलाई एकतामा सकारात्मक भुमिका खेल्दछ। नेपालबाट आमन्त्रित वरिष्ठ सङ्गीतकार गायक गायिकाहरुले हलको माहोल नै फरक देखिन्थ्यो भने नव चर्चित गायिका दिपा सुहाङ लिम्बुले आधुनिक, पुर्बेली लोक र लिम्बु भाषाका गित पस्तुत गरि हल गुन्जयमान बनाउन सफल रहेकी थिईन। त्यसै गरि चर्चित लोक दोहोरी गायिका कल्पना सुनुवारले आफ्नो प्रस्तुतीमा बिजुली बाल्न सफल भएकी थिईन।अत्यन्तै मीठो प्रस्तुति दिन सफल लोकदोहोरी गायिका सुनुवारले गीत सङ्गै बाडुली कम्मर मर्काइ मर्काई नाच्दै गर्दा दर्शकहरु उनिसङ्ग नाच्न मन्चतिर ओइरिएका थिए।लामो समय देखि लोक दोहोरी क्षेत्रमा साधना गरिरहेकी लोक दोहोरी गायिकाको दमदार प्रस्तुतिले दर्सक स्रोताहरुको मन खुसी र झलमल्ल देखिन्थ्यो। त्यस्तै बिगत लामो समय देखी नेपाली गीत लेखन, संगीत र स्वर दिनुभएका वरिष्ठ कलाकार जितेन राईले थुप्रै प्रस्तुती दिनु भएको थियो।
बच्चा देखि बुढापाकाहरुको मन मुटुमा बस्नु भएका जितेन राईलाई स्वर सम्राट जस्तै मानिन्छ।उनिका प्रस्तुतिले मंचमै आएर नाच्ने को भिड लागेको थियो।उनिले नयाँ पुराना एल्बमका करिब आधा दर्जन जति मर्म स्पर्शी गीतहरु जस्ले उकाली ओराली घरदेश परदेश मिलन बिछोडका प्रतिनिधित्व गर्ने मिठा रमाइला गीतहरु प्रस्तुत गरेका थिए।लामो समय धेरैको मुटुको ढुक ढुकी बन्न सफल वरिष्ठ सङीतकार तथा गायक सङ्ग प्रत्यक्ष गाउन र नाच्न पाउन सबै खुसी ब्यक्त गरेका थिए। अन्त्यमा कार्यक्रमका सभापति एकराज राईले मन्तब्य राख्दै कार्यक्रम एकदम सफल रहेको र आफ्नो निमन्त्रणालाई स्विकार्दै विभिन्न समय परिस्थितिका बाबजुद पनि गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल बनाउन भुमिका खेल्नु हुने सम्पूर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम सकिएको घोषणा गर्नु भएको थियो।
यो एतिहासिक दुई चरणमा गरिएको बृहत् सास्कृतिक कार्यक्रमको सन्चालन अरबिन्द लिम्बूले कुशलताका साथ गरेका थिए। किरातहरुको महान चाड साकेला उधौलीको एतिहासीक कार्यक्रमका बिच केही समय देखि कतारमा कार्यरत बिक्रम चेतनशिल राइको चारओटा भाषामा लिखित एउटा गजल सङ्ग्रह "तुवाचुङ"बिमोचन गरिएको थियो।गजल सङ्ग्रहको बारेमा रेगिस्थानी कवि तथा अने सा स कतार च्याप्टर का सल्लाहकार तिर्थ सङ्गम राईले प्रस्ट पार्नु भएको थियो।
फोटोहरु...
[caption id="attachment_4713" align="alignnone" width="768"]
????????????????????????????????????[/caption]
[caption id="attachment_4714" align="alignnone" width="768"]
????????????????????????????????????[/caption]