सर्बप्रथम बिश्वभरी रहेका सम्पुर्ण लाई विश्व स्वतन्त्रता दिवसको हार्दिक शुभकामना !!आज विश्व स्वतन्त्रता दिवस रहेको छ भने "बिश्वभरी सुचना सार्बजनिक हितका लागी" भन्ने नारा समेत रहेको छ।
अहिलेको बिश्वको अवस्था अत्यन्तै डरलाग्दो रहेको छ,कोरोना महामारीका कारण सार्बजनिक ठाउँमा हिडडुल,भेटघाट ,छलफल पार्टी सेमिनार,कार्यक्रम कुनै पनि भौतिक रुपमा उपस्थित भएर गर्न सकिने अवस्था छैन।गत साल सन २०२० मा पनि यस्तै अवस्था थियो भने २०२१ पनि त्यही अवस्थाबाट गुज्रिरहेको छ। यस परिस्थितिमा प्रबिधि लाई सदुपयोग गर्दै भर्चुअल कार्यक्रम गरेर नै विश्व स्वतन्त्रता दिवस मनाउनु शिवाय अरु बिकल्प देखिन्न।
सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपश्चात् आजको दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुवात भएको हो ।हरेक वर्ष नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं र मुलुकका अन्य शहरमा मे–३ को दिन प्रभातफेरि कार्यक्रमको आयोजना गरिन्थ्यो। त्यसअतिरिक्त दिउसो तिर पत्रकारिता, प्रेस स्वतन्त्रताका सवालमा कुनै न कुनै किसिमको छलफल आयोजना गरिन्थ्यो । राज्यको चौथो अगं,प्रेस अर्थात् सञ्चार माध्यमक र तिनका स्वतन्त्रताका सवालहरूबारेमा कुरा गर्दा हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा बिशेष छलफल गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झनासहित र सम्मान गर्दै मनाउदै आएको छ।
सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिएको खण्डमा लोकतन्त्र अनि सूचनाको अधिकारमामै धक्का पुग्छ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत भइरहे पनि आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरूमा प्रेसमाथि सेन्सरसीप नियमित गरिन्छ । सञ्चारकर्मीहरूमाथि बन्देज लगाउने, बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप हुँदै आएका छन् । आजको दिनले सामान्य जनताहरूलाई अनि संसारवासी हामीहरूलाई प्रेस स्वतन्त्रताबारे जानकारी अनि महत्व बुझाउने सर्वब्यापी चेष्टा गर्दै आएको छ। यसका साथै आजको दिनले संसारभरिका सञ्चारकर्मीहरूलाई प्रेस स्थिर निडर र सत्य रहनुपर्ने पाठ र महत्वका बारेमा सिकाएको छ।
पछिल्लो दशकमा लोकतन्त्रको पुर्नआगमनसँगै नेपालमा पनि पत्रकारिता कर्मप्रतिको उत्साह बडो गज्जबले बढेको छ । रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टेना तानेपछि समात्ने नेपाली तरङ्ग आकाशमा आज सयौको संख्यामा रेडियो केन्द्रहरू छन् । त्यसैगरी टीभी, पत्रिका, अनलाइन गरी विभिन्न स्वरूपमा धेरै सञ्चार केन्द्रहरू स्थापना भएका छन् । यो एउटा गज्जबको विकास हो ।आज संसारभरिका अधिकांश राष्ट्रका प्रेस काउन्सिलहरूले विज्ञप्ती जारी गर्ने चलन पनि छ । स्वतन्त्रतासँगै कर्तब्यनिष्ठ प्रेसको अपेक्षा पनि राष्ट्रलाई रहन्छ । पाठक-स्रोता, दर्शकलाई गलत जानकारी दिएर झुक्याउने या त्रासदी फैलाउने भन्दा पनि सही र सकारात्मक पत्रकारिता तथा सूचना दिनु नै पत्रकारिता तथा पत्रकारको धर्म हो।
अझ लोकतान्त्रिक अभ्यासमा स्थानीय चुनावको संघारमा आएको नेपाललाई नेपालीपनको धागोमा एक सूत्र गर्न सक्ने प्रेसको आवश्यकता छ । हरेक किसिमको स्वतन्त्रताको कसी या मुटु चाहिँ प्रेस स्वतन्त्रतालाई मानिन्छ । अर्थात्, कुनै मुलुक कति स्वतन्त्र छ भनी मापन गर्ने काम प्रेस स्वतन्त्रताबाटै हुन्छ । जहाँ प्रेस स्वतन्त्रता प्रत्याभूत हुँदैन, त्यहाँ नागरिकका अन्य प्रकृति स्वतन्त्रता कुण्ठित हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसकारण पनि समाजको खुलापन र लोकतान्त्रिक पद्धति स्थापित गर्न प्रेस स्वतन्त्रता अपरिहार्य तत्व ठानिन्छ भने संविधानसभा निर्मित संविधानमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ ।
ईतिहासका जस्तै कहालीलाग्दा घटनाहरु किन नहउन हरेक घटनाका ताजा अपडेटहरु हामी घरमै बसेर पढ्न सुन्न बुझ्न पाएका छौ । २०४६ सालका आन्दोलन, १० वर्षे जनयुद्ध, २०६२-०६३ को जनआन्दोलन होस्, हामीले पाएको सूचना अनि ताजा अपडेटहरू प्राप्त गर्न सयौ पत्रकारहरुले आफ्नो ज्यान जोखिममा राखेर नै प्राप्त गरेका हुन।आफ्नो ज्यानको प्रवाह नगरी नागरिक स्वतन्त्रताको पक्षमा निडर भैई उभिने पत्रकारहरुको योगदान अतुलनीय रहेको छ।
समचार संकलनकै क्रममा ज्यान गुमाउन पुगेका पत्रकारहरुलाई हार्दिक श्रद्धाञ्जली तथा सम्मान ब्यक्त गर्दछु।ज्यान गुमाउनुहुने सम्पुर्ण पत्रकार तथा चौबीसै घन्टा अहिरात्र खट्नुभएका श्रमजिबी पत्रकारहरुको जीवन सुरक्षाका निन्ती राज्यले समेत ध्यान दिनुपर्दछ।