राजेश प्रसाई` सिनामे´- नेपाली ग्रामीण बस्तीमा जन्मिए–हुर्किएका धेरै युवा युवतिहरू अहिले पनि विभिन्न देशहरूमा प्रवासीन बाध्य बने कै छन अहिले पनि विभिन्न देशमा शान्ति सुरक्षा कायम गर्न र गरिविलाई निस्तेज पार्न डटिरहेका छन्।
थोरै युवा यस्ता पनि छन्, जो धेरै टाढा देश छोडेर बैदेशिक रोजगारीमा गए पनि आफ्नो जन्मभूमि र माटोका लागि अाफ्ना सीप कला बोकेर राष्ट्रको रेमिट्यान्स अाफूले पढेका,सिकेका ज्ञान,सीप लिएर देशको ढाँचा बदल्नु पर्छ लगानी र सीप जन्म भूमिमै पसिना बगाएर सम्बृद्धि राष्ट्र बनाउनु पर्छ भनेर आइपुग्छन्। त्यस्तै मनस्थिति लिएर स्वदेश फर्किएका तिवारी कफि व्यवसायीमा निकै अग्रणी पङ्तीमा चर्चित बनेका छन् । सुदूरपूर्वी पडाही जिल्ला ताप्लेजुङको याम्फुदिनमा पिता धनन्जय तिवारी र माता भागीरथा तिवारीका कोखबाट जन्म लिएका चार जना सु-पुत्री र दुई दाजु भाइ मध्ये सबै भन्दा कान्छा सु-पुत्र हुन राम तिवारी उनले प्रवासमा लिएका ज्ञान र सीप स्वदेशमा नै अार्थिक उन्नति वढाउनु पर्छ भन्दै अनवरतलागि परेका छन ।
ताप्लेजुङ्ग जिल्लाको मामाङ्खे गा.वि.सबाट धुलोमा क ख लेख्न सिकेर सिनाममा दिदी भिनाजु (नारदमुनी प्रसाईको)मा बसेर श्री भगवती प्राथमिक विधालयबाट दुई कक्षा उतिर्ण गरि ईलाममा जनकल्याण निम्न माध्यमिक विधालयबाट कक्षा ७ उतिर्ण गरे पश्चात कक्षा ८ मा पठन पाठन गर्न ज्योती सदनमा सुचारू गरि ईन्टर गरेर काठमान्डौ अार अार क्याम्पसमा स्नातक सम्म पढेर दुई वर्ष अनर्स इन कम्प्यूटर साईन्स समेत लिएका थिएँ । भने दुई कक्षा सम्म पढाउने सावित्रा राईको भने स्मरण ताजै सुनाएँ ।
सुचना प्रविधिमा सात वर्षको अनुभव लिएका राम विगतमा केही वर्ष रेडियो कर्मि समेत भएर काम गर्नु भएको थियो त्यो समय संचार क्षेत्रमा परिवार पाल्न,लक्क्ष पूरा गर्न लगायत भावी सन्ततीकोलागि उचित शिक्षादिक्षा दिने पैसा नहुने सोंच लिएर केही वर्ष मुग्लान पस्ने निधो गरि इस्वी संवत् २००६ मा बैदेसिक रोजगारीको सिलसिलामा यु .ए .ईमा संसारको विश्व विख्यात कफि कम्पनी स्टार बक्समा तीन वर्षको अनुभव लिनु भयो त्यस पछि यु .ए .ई कै प्रसिद्ध कफि सफ ग्लोरिया जेन्समा चार वर्ष क्षेत्रिय प्रवन्धक भएर काम गर्नु भयो ।
2014 मा ओमानमा प्रख्यात आईसक्रिम कम्पनि वास्किन रविन्स कम्पनिमा पुन एरिया मेनेजरको रूपमा साढे दुई वर्ष काम गरे पछि अन्तराष्ट्रिय हिसावले परिकल्पना गरि विर्तामोडमा थर्ड होम कफि 2073 साल जेठ 22 गते उत्घाटन गरि सफल बन्नु भएको छ । बाल्यावस्था देखि नै तिष्ण बुद्धि अनि मिलनसार ब्यक्तित्वोका धनि तिवारी निकै कष्टदायिक रूपमा पठन पाठन गरे सानै उमेर देखि नै हुने बिरूवाको चिल्लो पात नहुने बिरूवाको खस्रो पात भन्ने उक्ति झै स्कुल अभावको कारण विभिन्न ठाउँबाट शिक्षा हासिल गर्दै गएँ ।
अध्ययन सुरु गरि अटल कामनाका साथमा अाफ्ना पढाइ प्रतिको लगाव निक्कै नै बेदनामय बताउछन् । पढाइ संगै उनको स्थिर व्यवसायिक कल्पना पनि वाल्य अवस्था देखि नै अौधि रुचि थियो भन्दै शालिन र नम्र पारामा तिवारी बताउँछन |
राम तिवारी एक सक्षम व्यापारी मध्येका अन्तराष्ट्रिय परिकल्पनात्मत एक उद्धारणिय सफल व्यवसायी हुन उनले विर्तामोडबाट संचालन गरेको कफि व्यवसाय झापा दमकमा उद्घाटन गरि सक्नु भएको छ । भावी योजना ईटहरी लगायत विभिन्न ठूलठुला शहरहरूमा समेत संचालनमा ल्याउने वहाँ भावी योजनाहरू समेत कञ्जुस्याई नगरी मुग्लानी खबरलाई बताएका छन् ।