झापा केरखा / बिरेन्द्र याक्थुङ्बा( शुबास)-
समावेशी महिला शसक्तिकरण केन्द्रद्वारा महिलाजन्य चुरापोते लगायत गरगहना निर्माण सम्बन्धी एक महिने तालिमको औपचारीक उद्घघाट्न गत चैत्र २१ गते गरिएको छ।
संस्थाका अध्यक्ष गौरा चापागाईको सभापतित्वमा प्रमुख अथिती कमल गाउँपालिका वडा न.२ का वडा अध्यक्ष तारानाथ न्यौपाने, बिशेष अथिती वडा.३ का वडा सदस्य चक्र गुरुङ लगाएतद्वारा ब्यानर अनावरण तथा सामुहिक राष्ट्रीय गान गाएर कार्यक्रम शुरुवात गरिएको थियो।
बिशेषगरि महिलाहरुलाई तालिम दिई आत्मानिर्भर तथा स्वावलम्वी बनाउने उदेश्यका साथ विभिन्न सीपमुलक गतिबिधी संचालन गर्दै आएको समावेशी महिला शसक्तिकरण केन्द्र संस्थाकी अध्यक्ष गौरा चापागाईंले कार्यक्रमका लक्ष्य र उदेश्यका बारेमा स्पष्ट पार्दै महिलालाई सक्षम र स्वाबलम्बी बनाउन चुरापोते, गहरगहना लगायत महिलाजन्य सामाग्री उत्पादनमा जोड दिएको बताईन।
महिलाहरुले लगाउने गहनाहरु बजारीकरणको शुरुवात भैईनसकेता पनि मागहरु आईरहेकोले उक्त मागलाई परिपुर्ति गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको बताईन।
गाउँपालीकाको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त तालिममा सामाग्री उत्पादन संगै बजारीकरणमा पनि बिशेष ध्यान दिनुपर्ने अध्यक्ष गौरा चापागाईले बताएकी थिईन । कार्यक्रमा प्रमुख अथिती तारा न्यौपाने र विशेष अथिती चक्र गुरुङले पनि कार्यक्रमका बारे सकारात्मक धारणा राख्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।
एक महिने सीप तालिम कार्यक्रमको प्रशिक्षिकको जिम्मेवारी राधिका केरुङ्लाई दिएको थियो भने एक महिनापछी औपचारीक रुपमै कार्यक्रम समापन गरिने कार्यक्रम सञ्चालिका संस्थाकी सचिव ममता गुरुङ्ले बताईन
त्यस्तै कार्यक्रमको स्वागत मन्तब्य सस्थाकी कोषाध्यक्ष मिना ओझाले राखेकी थिइन ।समावेसी महिला शसक्तीकरण केन्द्रले महिलाजन्य न नयाँ किसिमका कस्मेटिक आइटमका गहरगहनाहरुको पनि तालिम दिदै दिदी बैहिनीहरु लाई आत्मानिर्भर बनाउदै लैजाने संस्थाकी सह सचिब शेलिना राई र शशीले मुग्लानी खबरलाई जानकारी दिएका छन।