गुरुद्धार जाऊ वा हरिद्धार मन्दिर जाउ वा मस्जित अनि चर्च शैली फरक-फरक होला, उद्देश्य एउटै हो।
मलाई लाग्दैन हामी धर्म, जातजाती, भेषभुषा, रंङ र वर्णलाई ठुलो मतभेदको कित्तकाट गरि समाज बिखण्डन गरिनु पर्छ, गरुद्धार जाऊ वा हरिद्धार मन्दिर जाउ वा मस्जित अनि चर्च शैली फरक-फरक होला, उद्देश्य एउटै हो। ब्यक्तिगत अहमतालाई थाति राखेर केवल एक पटक मात्रै मनव उत्पत्ति र सभ्यता बिकासको इतिहासको बारेमा अध्यायन गर्ने प्रयास गर्नुहोस, बुझ्नको लागी प्रयाप्त जानकारी नभेटिए पनि गुगल र युटयबमा जति पाईन्छ त्यति नै काफी हुन्छ जस्तो लाग्छ।
धर्म किन बनाईयो भन्ने सवालमा मेरो ब्यक्तिगत बुझाईमा धर्म मानबलाई अनुशासनमा राख्नको निम्ति बनाईयो।
बिज्ञानले भने अनुसार अफ्रिकाको जंगल बाट परिवर्तनको संघर्ष सुरु गर्दा हाम्रो पुर्खाहरुलाई जात, धर्म, भन्ने केहो थाहा थिएन, उनिहरुलाई मन्दिर, मस्जिद अनि चर्च भन्ने केहो थाहाँ थिएन। धर्म किन बनाईयो भन्ने सवालमा मेरो ब्यक्तिगत बुझाईमा धर्म मानबलाई अनुशासनमा राख्नको निम्ति बनाईयो। अदृश्य शक्तिको ब्याख्या गर्ने सामर्थ्य भने म सँग छैन, तर बिद्यामान जमानामा आएर एक मानवले अर्को मानव बिच गरिएको तुच्छ ब्यवहारले भने मानव उत्पत्ति र सभ्यता बिकासको इतिहासको बारेमा अध्यायन गर्न बाध्य पारेको हो।
पृथ्वीको महाप्रलय डायनासोरको समाप्ति देखि बिभिन्न जीव हुदै मानव उत्पत्तिको इतिहास हेर्दा भने पत्यार लाग्ने आधार पाए!
म आफु कथित दलित समुदाय बाट प्रतिनिधित्व गरेको र वर्तमान अवस्था सम्म आईपुग्दा पनि बिभेद कायम रहेको हुदा, सोच्न बाध्य भए, शास्त्र अनुसार खोजी गर्दा मानव उत्पत्ति कसरी भयो भनेर कहि कतै भेटिएन जति भेटिए केहि मिथ्या लागे केहि बुझ्न कमजोर दिमागले सकिन, जब बिज्ञान तर्फबाट खोजी गरे पृथ्वीको महाप्रलय डायनासोरको समाप्ति देखि बिभिन्न जीव हुदै मानव उत्पत्तिको इतिहास हेर्दा भने पत्यार लाग्ने आधार पाए अनि बिस्वास पनि भयो।
धर्म गुरुहरुले के कसरी ब्याख्या गर्नुहुन्छ, त्यो वहाँहरुको बौद्धिकतामा निर्भर पर्ने कुरा हो।
सबै धर्मका शास्त्र अनुसार फरक- फरक धारणा राख्छ होला, तर ठोस आधार भने हुदैन। धर्म गुरुहरुले के कसरी ब्याख्या गर्नुहुन्छ, त्यो वहाँहरुको बौद्धिकतामा निर्भर पर्ने कुरा हो। तर बिज्ञान देखि बेमुख भएर तर्क गर्नु भनेको मुर्खता हुने छ। आस्था, धर्ममा बिश्वास गर्नु नगर्नु ब्यक्तिगत बिचार हो, हामीले एक अर्काको आस्थालाई सम्मानगर्नु पर्छ आस्था भनेको बिचार पनि भएको हुदा कसैको बिचारलाई अपहेलना गर्नु वा होच्याउनु पनि अपराध नै हो। हिन्दू शास्त्रमा लेखिएको श्लोक “वासुधैव कुटुम्बकम” जसले “सिंगो धर्ती नै एक परिवार हो” भनेको छ, त्यसैले हामी जुन सुकै देश, धर्म अनि जातजाती बाट प्रतिनिधित्व गरे पनि अन्त्यमा मानब हौ।
जुनसुकै धर्म, देश बाट किन नहोस यदी महिला पुरुष बिच सम्भोग बाट गर्भधारण हुन्छ भने जात अलग हुने कुरै भएन!
भौगोलिक दुरीले भाषामा अनि जलवायुको असरले गर्दा शारिरिक ढाचाँ फरक पक्कै होला, तर हाम्रो वनावट भने एकै खाले हुन्छ, मैले त फरक देख्दिन, जुनसुकै धर्म, देश बाट किन नहोस यदी महिला पुरुष बिच सम्भोग बाट गर्भधारण हुन्छ भने जात अलग हुने कुरै भएन, तपाईहरुको ब्याख्या कस्तो हुन्छ त्यो तापाईको बिचार हो, आफै सोच्नुहोस भेडा र बाख्रा घोडा र खच्चड उस्तै उस्तै देखिए पनि आपसी कृत्य बाट गर्भधारण हुदैन, त्यसैले गधा र घोडालाई अल-अलग जातहुन भनेर भन्न सकिन्छ, पंक्षिमा पनि सोहि उदाहरण दिन सकिन्छ। चरा भने समग्रमा भनिन्छ तर उनिहरुको आफ्नो जात हुन्छ, त्यसैले एक अर्काको बीज बाट सन्तान उत्पादन हुदैन। पशुपंक्षीको आ-आफ्नै जातजाति हुन्छन, तर मानवको केवल एकै जाती हुन्छ त्यो मानव हो।
अन्त्यमा तपाईहरु के कसरि बुझ्नु हुन्छ, वा मेरो बिचार पढे पछि तपाईको मनसिकता परिवर्तन होला नहोला, बिशेष गरि हाम्रो नेपाली समुदायले बुझ्न जरुरत छ जस्तो लाग्छ। म आशावादी भने पक्कै छु मेरो लेख पढिसके पछि शिक्षित युवायुवतिहरुको बिचार भने पक्कै फराकिलो बन्ने छ। जय मानव…….