गणेश क्षेत्री- काठमाडौं - नेपालीहरुको महान चाड फागु पुर्णिमा तथा होलीकाई समाजमैत्री मनाउन मधेसी आयोगले आग्रह गरेको छ।
मधेसी आयोग ज्वागल ललितपुरको आयोजनामा भएको अनौपचारिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोगका अध्यक्ष माननीय डा. बिजय कुमार दत्त,माननीय सदस्य रेणुदेबी शाह लगाएत संस्थाका प्रमुख ब्यक्तित्वहरु, सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ लगाएत विभिन्न संघ संस्थाका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष डा. दत्तले फागु पुर्णिमा तथा होली नेपालको एक बिशेष चाड हो र तराईमा यो चाडको बिशेष महत्व रहेको बताउदै यसको महत्वका बारेमा सर्ब ज्ञान हुन जरुरी रहेको बताए।उनले अहिले पस्चिमेली संस्कृती हाबी भैइरहदा नेपालको मौलिक संस्कृती संकटमा पर्दै गैइरहेको अवस्थामा हामिले विशेष भुमिका खेल्नुपर्ने बताउदै समाजमैत्री फागु खेल्नुपर्नेमा जोड दिए।अध्यक्ष डा. दत्तले तराईबासी दाजुभाई तथा दिदिबहिनिहरु लगाएत देश बिदेशमा रहेका सम्पुर्णलाई फागु पुर्णिमा/ होलीको शुभकामना दिएका छन।
माननीय सदस्य रेणुदेबी शाहले होलि कार्यक्रम भब्य रुपमा मनाउन भब्य तयारी भैइरहेको भएता पनि कोभिड-१९ को कारणले सानो हलमा सिमित हुनुपरेको बताईन।होलि एक धार्मिक सांस्कृतिक ,पारिबारिक र मैत्रीपुर्ण सम्बन्धको विशेष चाड भएकोले यसको महत्वलाई बुझेर मनाउनुपर्छ भन्दै शुभकामना ब्यक्त गरिन।
त्यसैगरी सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले होली पर्व रंग दल्नको लागि मात्र नभई भौगोलिक,सांस्कृतिक ,धार्मिक सद्भावको कडि भएकोले यसको एतिहासिक महत्व सहित आउदो पिढिलाई हस्तान्तरण गर्नु जरुरी छ ,मधेसी आयोगले गर्ने छ भन्दै सबैलाई होलीको शुभकामना ब्यक्त गरेकी थिइन।