“स्याङ्गजा सहयोग समाज कतारको चाहना बिशुद्द सामाजिक सेवाको भावना “ को नारा सहित सन् २००५ मा स्थापित स्याङ्गजा सहयोग समाज कतारले आफ्नो १६ औ बार्षिक उत्सब भव्यरुपमा सम्पन्न गरेको छ l
स्याङ्गजा जिल्लाबाट रोजगारीका शिलसिलामा कतारमा रहेका स्याङ्गजावासीहरुले स्थापना गरेको सस्थाले कोरोना कहरलाई मध्यनजर र समाजीक दुरीको नियमलाई पालानागरी प्रबिधिको सदुपयोग गर्दै जुम कार्यक्रम मार्फत यहि २० मार्च २०२१ शुक्रबार दिन १६ औ बार्षिक उत्सब तथा १७ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको हो l
समाजका अध्यक्ष अजमत अलिको सभापतित्व तथा स्याङ्गजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष जिबन न्यौपानेको प्रमुख आथित्यतामा संम्पन्न कार्यक्रममा समाजका सल्लाहकार, बुद्धिजीवी,व्यवसायी , बिभिन्न देशमा स्थापित स्याङ्गजा सहयोग समाजका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो l
रास्ट्रीय गान , ब्यानर अनावरण , मौन धारण गरि विधिवत रुममा संचालित कार्यक्रममा स्याङ्गजा सहयोग समाज कतारको लोगो अंकित केक काटेर भौतिकरुपमा उपस्थितहरुलाई बार्षिक उत्सबको अबसरमा मुख मिठो समेत बनाइएको थियो l समाजका महासचिव शिवराम ढकालद्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य स्याङ्गजा सहयोग समाज कतार का उपाध्यक्ष प्रकाश परियारले राखेका थिए l कार्यक्रममा भौतिक र जुम गरि लगभग ८० भन्दा बढीको उपस्थिति रहेको थियो l
कार्यक्रममा मन्तब्य राख्ने हरुमा सांस्कृतिक बिभाग प्रमुख कृष्ण ढकाल, सूचना तथा संचार बिभाग प्रमुख अर्जुन पौडेल, सम्पूर्ण इकाईहरुको प्रतिनिधित्व गर्दै वालिंग नगर इकाईका अध्यक्ष बिष्णु पंगेनी, समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम अर्याल, स्या. स. स.कतारका सस्थापक सहसचिव नरेश बहादुर जिसी ,सम्पूर्ण NCC हरुको प्रतिनिधित्व गर्दै जापानका अध्यक्ष सागरमणी भण्डारी,एन.सी.सी. कतारका महिला उपाध्यक्ष तथा स्या. स. स.कतार कि सल्लाहकार सरिता भण्डारि,सल्लाहकार बुद्दि प्रसाद भण्डारी, सल्लाहकार भेषराज पराजुली, अन्तर्राष्ट्रिय समितिका महिला उपाध्यक्ष तथा स्या. स. स.कतार कि सल्लाकार माया के.सी, पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार टुकराज अर्याल, अन्तर्राष्ट्रिय समितिका पुर्व अध्यक्ष तथा वर्तमान संरक्षक चन्द्र रोकाह लगायतले बोल्दै स्याङ्गजा सहयोग समाज कतारले स्थापनाकाल देखि अग्रणी जिल्ला संस्थाको रुपमा उदाहरणीय सामाजिक कार्यहरु गर्दै आएको र आजको कार्यक्रम पनि कोरोनाको कहरले गर्दा भौतिक रुपमा उपस्थिति जनाएर गर्न नसकेपनि अनलाइन जुम बाट गर्दै सभ्यभव्य भएको बताए l
बिगतका दिनहरुमा संस्थाले नेपालबाट नै कलाकार लिएर नेपाली मौलिकतालाइ समेट्दै पन्चे बाजा,लोकदोहोरि लगायतका कार्यक्रम गर्ने गरेको स्मरण गर्दै आगामी दिन हरुमा त्येस्तै योजना लगायतलाई समेट्दै संसारभरि कोभिड बाट त्रास फैलिरहेको र यसबाट सबैजना सुरक्षित रहन आग्रह गर्दै सस्थाको तर्फबाट बिभिन्न रचनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिए l
कार्यक्रममा प्रमुख अतिथि स्याङ्गजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष जिबन न्यौपानेले बोल्दै स्याङ्गजा सहयोग समाज कतारले १६ औ बार्षिक उत्सब तथा १७ औ स्थापना दिवस कार्यक्रमको दिन सम्म आउदा धेरै सामाजिक कार्यहरु गर्दै संस्था अग्रणी स्थानमा आएको बताए, त्यस्तै विश्वका १४ देशमा स्थापना भएका स्याङ्गजा सहयोग समाजका संस्थाहरुसँग आइसीसीले पूर्ण सहकार्य गरि प्रवासमा सिकेको सिप स्वदेशमा उपयोग गर्नुपर्ने बताए l
उनले देश अझैसम्म समृद्ध नभएको बताउदै,छिट्टैनै स्वदेश फर्की जिल्लामा एउटा “अफिस” घर बनाउन सके राम्रो हुने र त्येहीबाट आफुले सिकेको सिपलाइ तालिमको रुपमा सिकाउनु पर्ने बताए l त्येस्तै जिल्लामा गएर ब्याबसाय गर्नु पर्दा आर्थिक समस्या झेल्नुपर्ने हुदा सहकारी खोल्ने, विपन्न वर्गहरुकालागि स्वास्थ सिविरको परिकल्पना,युवालाई खेलकुद तथा रचनात्मक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुपर्ने बताउदै कार्यक्रम सफलताको कामना गरे l
कार्यक्रमको अन्त्यमा सभापति तथा अध्यक्ष अजमत अलि ले सस्थाले अबको केहि दिनमा स्याङ्गजा सहयोग समाजले लामो समयबाट प्रतिक्षा गरेको स्मारिका प्रकाशित गर्ने बाचा गर्दै उपस्थीत सम्पूर्णलाई धन्यबाद सहित कार्यक्रम समापन गरेका थिए l