एनआरएनए अमेरिकाको आगामी (२०२१-२०२३) कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा म्यासाचुसेट्स बाट च्याप्टर अध्यक्षमा प्रेम तामाङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन। गत साल महामारीको बेला कोरोना पीडित नेपालीहरुलाई राहत वितरण गर्न आफैं खटेका समाजसेवी तामाङले कोरोना महामारीकै बीच एनआरएनए अमेरिकालाई म्यासाचुसेट्समा डिबिए रजिस्ट्रेशन गर्न समेत भ्याएका थिए भने बोस्टनको स्थानीय संस्थाहरु ग्रेटर बोस्टन नेपाली कम्यूनिटी (जिबिएनसी) र बोस्टन तामाङ समाजलाई नेतृत्व गरि सकेका सबै नेपाली समुदायमा आफ्नो छाप बसाउन सफल भएका छन।
त्यसैगरी प्रेम तामाङकै नेतृत्वमा यसपाली दुई सय मतदाता भएको सानो राज्यमा एक हजार भन्दा बढी मतदाता बबाउन समेत सफल भएको जानकारी गराएका छन।अघिल्लो निर्वाचनमा प्रेम तामाङले ९५ को बिरुद्ध १२२ मत ल्याएर प्रतिद्वन्द्वी समन्ता बज्राचार्यलाई पराजित गरेका थिए। च्याप्टरको अध्यक्षमा प्रेम तामाङको उम्मेदवारी घोषणा गरिए संगै च्याप्टर उपाध्यक्षमा खुम(राजु) गुरुङ, सचिवमा प्रचण्ड श्रेष्ट, सहसचिवमा सलोनी भण्डारी, कोषाध्यक्षमा अजय कुसवाह, महिला संयोजकमा अन्जु थापा, युवा संयोजकमा मुकुन्द पोख्रेल, बोर्ड अफ डायरेक्टरहरुमा कृष्ण महत, समुन्द्र श्रेष्ट, अन्जना घले, रुपक अधिकारी, प्रमिला धमला बन्जारा, र शिव राज मिश्रले उम्मेदवारी घोषणा गरेका छन् ।
हालसम्ममा केन्द्रीय अध्यक्षमा तिलक केसी, कृष्ण लामिछाने, बुद्धी सुवेदी, अर्जुन बन्जाडे, बरिष्ट उपाध्यक्षमा कृष्ण जिबि पन्थ र बिआर लामा, उपाध्यक्षमा टंक राज रेग्मी, चन्द्र लामा, सुरेन्द्र प्रकाश मल्ल, दिलु पराजुली र दया शाक्यले उम्मेदवारी घोषणा गरेका छन। एनआरएनएको अन्तर्राष्ट्रीय समन्वय परिषदको हालैको भर्चुअल बैठकले सम्पूर्ण ८० वटा देशका राष्ट्रीय समन्वय परिषदहरुको निर्वाचन जुलाई महिनाको १ देखि ३१ तारिक भित्र गर्नु पर्ने निर्णय गरि स्वीकृतिका लागि नेपाल सरकार समक्ष पठाएको छ । यदि उक्त निर्णय नेपाल सरकारबाट स्वीकृत नभए एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे मा हुनेछ ।