नेपाल न्युज नेटवर्क/ इन्टरनेसनल प्राली तथा अन्नपूर्ण पोस् राष्ट्रिय दैनिकमा कार्यरत २८ जना श्रमजिबी पत्रकारहरुले सामुहिक राजिनामा दिएका छन।
अन्नपूर्ण पोस्टमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले पत्रिकाका विभिन्न विभागका विभागीय प्रमुखहरूले राजीनामा दिन दवाव दिएपछि सामुहिक राजिनामा अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी समक्ष २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी हस्ताक्षर सहित राजीनामा पत्र मंगलबार बुझाएका छन।
पत्रीका चलाउन गाह्रो भए पछि बन्द हुन थालेको भन्ने जनाएपनी पत्रीका के कारणले बन्द गर्न लागेको हो भन्ने आधिकारिक जानकारी अध्यक्ष रामेश्वर थापाले दिनुभएको छैन,’ ती पत्रकार भनेका छन।
पत्रिका बन्द गरी अनलाइनमा जाने निर्णय भएकोले सबै जनाले राजीनामा दिनुपर्ने माथिको आदेश आएको सम्पादक भण्डारीले बताउने गरेको दाबी सामुहिक राजीनामा दिएका पत्रकारहरूको छ।
राजीनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे लगाएतका पत्रकारहरु रहेका छन।
सामुहिक राजिनामा दिएका पत्रकारहरूले कोरोना कालदेखि काटिएको तलवको भुक्तानी पाउनुपर्ने माग राखेका छन्। त्यसैगरी दसैं तिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको तलव तथा उपदान, सञ्चयकोष, उपचार खर्च, अन्य बिदाका रकम भुक्तानीको व्यवस्था गर्न उनीहरूको माग छ।