मुग्लानी खबर
11 नोभेम्बर 2017 बुधवार
भन्छन "हुने बिरुवाको चिल्लो पात" साथीभाईको लहलहैमा लागेर अभिनयको यात्रा शुरु गरेकी नुवाकोट जिल्लाको किम्तङ मेघाङ गाउपालिका वार्ड न 4 मा जन्मेकी रुपा एस घले यतिबेला नेपाली साङ्गेतिक क्षेत्रमा चर्चित बन्दै गएकी छिन।लगभग १०० भन्दा बढी नेपाली विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी घलेले UB मोग्रेजाको "टन्जिङ बोर्जी" भन्ने गितमा पहिलो पटक अभिनय गरेकी थिइन।उनको पहिलो म्युजिक भिडियोको कुशल अभिनय सङै उनको साङ्गेतिक यात्रा अघि बढेको हो।उनीले अभिनय मात्र नभई डान्सर र गायिका पनि हुन।उनिले अरुका म्युजिक भिडियोमा मात्र नभई आफ्नै तीन ओटा गीत र दीप ठोकरको एक गरि जम्मा चार ओटा गीतमा आफ्नो सुरिलो स्वरमा सुसज्जित गीत बजारमा ल्याईसकेकी छीन।मोडल डान्सर तथा गायिका उनै रुपा एस घले सङ मुग्लानी खबर अनलाइन द्वारा गरिएको कुराकानी।
नमस्कार यहाँलाई मुग्लानी खबर डटकममा हार्दिक स्वागत छ !
नमस्ते & धन्यवाद यहाँ र मुग्लानी खबर डटकम परिवारलाई ।
हजुरको थोरै परिचय हाम्रो श्रोता दर्शक तथा पाठकलाई बताइदिनु न?
धन्यवाद मेरो नाम रुपा एस घले तामाङ हो भने मेरो घर चाही नुवाकोट किम्ताङ मेघाङ गाउपालिकाको वार्ड न. 4 मा पर्छ।
तपाईको सांगीतिक क्षेत्रमा कसरी प्रवेश भयो नि?
म कुनै सपना बोकेर आएको चाहिँ होईन साथीहरुको लहै लहैमा एउटा भिडीयोमा अभिनय गरेकि थिए त्यो भिडियो बजारमा आईसकेपछी साएद राम्रो लागेर होला अरु भिडियोहरुमा पनि अफर आउन थाल्यो र मलाई पनि एक किसिमको रहर जाग्न थाल्यो र अभिनय क्षेत्रमै छु।
तपाईको बिचारमा कलाकारीता भनेको के हो जस्तो लाग्छ?
मेरो बिचारमा हरेक ब्यक्ति भित्र लुकेको कला हुन्छ। मान्छे भित्रका हरेक भावनाहरुलाई अभिनय मार्फत दर्सक स्रोताहरुलाई प्रस्ट देखाउनु नै कलाकारिता हो।
कलाकारीता क्षेत्रमा लागेर के पाउनुभयो के गुमाउनु भयो जस्तो लाग्छ नी?
यो क्षेत्रमा लागेर खासै केही पनि गुमाए जस्तो त लाग्दैन बरु धेरै कुराहरु पाएको जस्तो चाहिँ लाग्छ दर्शक श्रोताहरुको माया पाएकि छु केही नभए पनि 2/4 जनाले त रुपा एस घले भनेर चिन्छ्न नि हा... हा..।
आज भोली के मा ब्यस्त हुनुहुन्छ ?
आजकल त्यही हो विभिन्न सुटिङहरु र कार्यक्रम हरुमा नै ब्यस्त छु।
काम र दाममा कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टि नै छु किन भने अहिले सम्म दर्शक स्रोताको माया पाइरहेकी छु मेरो लागि दाम भन्दा अमुल्य दर्शक स्रोता को माया हो र त्यो मैले पाइरहेको छु।
तपाईंले अभिनय गरेको पहिलो भिडियो कुन हो ?
ub मोग्रेसा दाइको टङजिम बोर्जी भन्ने गीतमा पहिलो चोटि अभिनय गरेकी हु।
अहिले सम्म कतिवटा म्युजिक भिडियो गीत र फिल्मसमा अभिनय गरि सक्नु भयको छ ?
कती वटा भनेर यकिन छैन तर याद भए जति सबै गरेर लगभग त्यस्तै 100 प्लस भयो।अनि गीत चाहिँ 3 वटा मेरो आफ्नै र दीप थोकरको एउटा गरि 4 वटा गीतमा स्वर दिएकी छु र बजारमा पनि आइसकेको छ।चलचित्र चाहिँ एउटा मात्रै प्रदर्शनमा आको छ।
आफूले अभिनय गरेको म्युजिक भिडियोहरुमा सबैभन्दा बढी तपाईलाई मन परेको कुन चाहिँ हो नि?
हरेक मान्छेलाई आफुले गरेको काम मन पर्नु स्वभाबिक हो र मलाई पनि मैले गरेको काम र अभिनय सबैमा उत्तिकै छ एउटा मात्रै मन पर्छ भनेर अरु चाहिँ नराम्रो भन्न मेरो मनले नै मान्दैन यस मध्येमा "टङ्जिम बोर्जी" चलचित्रको "न्यम्न्या रङ्ल्या फ्यङ्गे-फ्यङ्गे म्यम्ब मुग्पा जोजो" भन्ने गीत बाट चाहि बढी चर्चा पाए र केही गर्ने उर्जा पनि मिलेकोले अलि बढी राम्रो लाग्छ।
अभिनय क्षेत्रबाट कति कमाउनु भयो ?
त्यस्तो कमाई त कहाँ हुनुर त्यही हो आफ्नो ब्यक्तिगत खर्च चलिरहेको छ।
पारिश्रमिक चित्त नबुझेर अभिनय गर्न अस्वीकार गर्नुहुन्छ कि गर्नु हुन्न ?
अहिले सम्म त्यस्तो अवस्था चाहिँ भको छैन सबैजना बुझ्ने हुनुहुन्छ।पारिश्रमिककै कारणले काम छोडनु परेको अवस्था चाहिँ छैन।
अविष्मरणीय क्षण ?
एक चोटि हामी भिडियो कै शुटको क्रममा मनाङ् थियौ चिसो मौसमको कारण म नराम्रो सङग बिरामी भए र त्यस्तो अवस्थामा पनि शुट दिनै पर्ने दबाब आए पछि सबै टीमकै सामु सानो बच्चा जस्तै ग्वाग्वा ठुलठुलो आवजमा रोएको थिए त्यो पल सम्झिदा अहिले पनि हासो लाग्छ मलाई हहहहहहह.
तपाईं त नायिका,डन्सर तर गित पनि गाउनु हुन्छ भनेको सुन्छु गायिका पनि हुन् भन्छ के यो सत्य हो ?
हजुर हो मैले अघि पनि जोडिएको थिए मेरो आवजमा 4 वटा गीत बजारमा आइसकेको छ सुन्नसक्नुहुन्छ
नयाँ आउने प्रतिभालाई के भन्नु हुन्छ ?
अहिले म्हेन्दोमाया क्षेत्रमा दिनानुदिन नयाँ-नयाँ कलाकारहरु आइरहनु भएको छ र यो राम्रो पक्ष् हो तर प्राय मान्छेहरु अरुको लहैलहैमा एउटा रहर मात्र पुरा गर्ने उदेश्य बोकेर चाहिँ नआउन सुझाउछु
बिदेशको कार्यक्रमहरुमा आफ्नो कला देखाउनु जानु भएको छ ?
हजुर मलेशियामा एकचोटी गएर आए अब यही आउँदो ल्होछारमा कतारमा जादैछु।
कलाकारीता क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
म सानै देखि रेखा थापाको ठुलो सुभचिन्तक थिए र म पनि त्यस्तै बन्न चहान्थे त्यसैले रेखा थापालाई नै म आफ्नो प्रेरणा मान्छु।
पुराना दिन सम्झिँदा अहिले कस्तो लाग्छ ?
अवस्य पनि खुशी लाग्छ पुरानो रुपालाइ कसैले पनि चिन्नुहुदैनथ्यो तर अहिलेको रुपालाइ एउटा मोडल डान्सर र गायिका रुपा एस घले भनेर चिन्ने सानै भए पनि एउटा ठाँउ छ त्यसैमा खुशी छु।
भविश्यमा के बन्ने योजना छ ?
हरेक मानिसको एउटा सपना हुनुपर्छ र मेरो पनि छ कसैको पुरा हुन्छ त कसैको हुदैन,सपना पुरा गर्न त्यत्ती सजिलो पनि छैन ठुलै मेहेनत गर्नुपर्छ मेरो आफ्नै निर्देशनमा एउटा तामाङ ईतिहास बोकेको ऐतिहासिक चलचित्र बनाउने योजना छ यो मेरो "Dream Project" मात्रै हो कहिले आउँछ भनेर चाहिँ नसोधिहाल्नु होला।
नेपालमा संगित क्षेत्रबाट जिन्दागी चलाउन सकिन्छ ?
अहिले सम्म त मैले पनि सकिरहेकै छु तर पुरै जिन्दगी सङीत क्षेत्रको भरमा चलाउन अलि गाह्रै पर्ला किनकी जति कमाई हुन्छ उति खर्च पनि हुन्छ।
तपाई यो ठाउँ सम्म आइपुग्नुको श्रेय कस्लाई दिनुहुन्छ?
मेरो परिवार भगवान रुपी बुवा आमा र मलाई आगाध माया दिने दर्शक स्रोता हरुलाई दिन चाहान्छु।
अन्त्यमा मुग्लानी खबर मार्फत बिस्वभरी छरिएर बस्नु भएका सम्पुर्ण दर्शक श्रोता शुभचिन्तक लाई के भन्न चाहानुहुन्छ?
मेरा दर्शक श्रोताहरु मेरा भगवान हुन उहाहरुको माया बिना मेरो हरेक यात्रा अधुरो अपुरो रहन्छ।त्यसैले सधै उहाँहरुको माया पाईराखु यसरी एउटा तपाईंहरुको छोरीचेलीको रुपमा माया गरिदिनुहोला भन्दै मेरा ब्यक्तिगत केही दुईचार शब्द राख्ने अवसर दिनुभएको मा मुग्लानी खबरका सम्पुर्ण युनिटलाई हृदयदेखी आभार प्रकट गर्दछु।
भिडियोहरु
https://www.youtube.com/watch?v=F7-5guywKr0
https://www.youtube.com/watch?v=rXepKgv8iKg
https://www.youtube.com/watch?v=cGLvMcK7-tw
https://www.youtube.com/watch?v=hnUP2pYm8t0
https://www.youtube.com/watch?v=yiqhvG4nOPQ
https://www.youtube.com/watch?v=RLySfh_wf5Y
https://www.youtube.com/watch?v=yXNU6lFvG0I
https://www.youtube.com/watch?v=Q8N-w4pN3NQ
https://www.youtube.com/watch?v=5gqrp99guzc
https://www.youtube.com/watch?v=T_Sh6clDXro