आज १११ औ विश्व नारी दिवस, नेपालमा विश्व नारी दिवसको ईतिहासलाई हेर्दा संसारका विभिन्न देशले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ मा प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि मात्र नियमित रूपमा यो दिवस मनाउन थालिएको पाईन्छ।
विश्व भरीका सम्पुर्ण नारीहरुको हकहितका लागि संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो। सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखि मात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो भने हाम्रो मुलुक नेपालमा नेपाली पञ्चाङ्ग अनुसार यो दिवस सालाखाला फागुन २५ गते पर्छ ।
बिश्वका अधिकांस मुलुक जस्तै हाम्रो देश नेपालमा पनि राजनितिक परिबर्तन ठुलै भए,ब्यबस्था पनि फेरिए,सबै भन्दा राज्यको उपल्लो पदमा नारीहरु नै पुगेर बिश्वकै उदाहरण पनि बने।तर मुलुकका दुर्गम दुरदराजमा महिलाहरुका समस्या अझै जस्ताको तस्तै ब्याप्त रहेको पाईन्छ।अझै पनि घरेलु हिंसा,श्रममा विभेद,दाईजो र बोक्सी,र दलित भएर पानी छुदैमा मन्दिर पसेकै निहुमा कुटिएका घटनाहरु प्रशस्तै भेटिन्छन।त्यतिमात्र नभई महिलाहरुलाई गाडीमा हओस वा बाटोमा एक्लै हिड्दा यौन दुर्ब्यबहार,बलत्कार, बलत्कार पछि हत्या जस्ता सामाजमा अपराधी गतिबिधिले घट्नुको सट्टा दिनानुदिन वृद्धि भएको पाईन्छ।देशको उच्च पदस्त महिला भएर पनि महिला माथी भएका थिचोमिचो अन्याय अत्याचार बलात्कार र दुर्ब्यबहार भैइरहदा आश्चर्यप्रद रहेको छ।जे होस यो १११ औ विश्व नारी दिवस पश्चात् अब कहिले पनि कुनै नारीले त्यो झमेला र पुरुषले नारी वा नारीले अन्याय र थिचोमिचो गर्ने दिन नआओस।
विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलङ्कामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत तत्तत् देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे । नेपालमा प्रधानमन्त्री बिपी कोइरालाको कार्यकालमा द्वारिकादेवी ठकुरानी मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भए पश्चात् नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु सफल भएका हुन।
नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ देखि नै प्राप्त भएको हो । भारतले भने त्यहाँको अधिवेशनमा एक प्रस्ताव पारित गरी भारतीय राष्ट्रिय काङ्ग्रेसले नारीलाई मत दिने अधिकार दिन माग गरेकामा त्यस बेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइयो र पछि सन् १९२० देखि १९२९को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइएको पाईन्छ।
बिस्वमा नारीहरुलाई मत दिने अधिकार कहिले देखि दिईयो?भन्ने सवालमा सन १९०९ संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भनी निर्णय गरेको वर्ष सन् १९०९ सम्ममा न्युजिल्यान्डमा सन् १८३० मा, अस्ट्रेलियामा सन् १९०२ मा र फिनल्यान्डमा सन् १९०६ मा महिलाले मत दिने अधिकार पाएको इतिहास छ । नारीलाई पुरुष सरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्र सङ्घबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको पाईन्छ ।
यसरी हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आइएकामा सन् १९७२ (वि.सं. २०२९) डिसेम्बर १८ का दिन संयुक्त राष्ट्र सङ्घको साधारण सभाले एक प्रस्ताव पारित गरेर सन् १९७५ (वि.सं.२०३२ साल) लाई अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाएर संसारका सबै देशका सबै नारी पुरुष सरह स्वतन्त्र भएर बाच्न र नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भन्ने कुरालाई ब्यबहारमा लागू गर्दै हरेक तह र तप्कामा नारी पुरुसको समान भावना सहभागितामा विकास होस् भन्ने विश्वव्यापी मान्यता राखेर अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको थियो।