हाल समायोजित जसपाका (पुर्व राजपा का राष्ट्रिय युवा संघ) प्रदेश १ का अध्यक्ष हुन रोशन लिम्बू ।।।
०६२/६३ काे जनआन्दाेलन तथा लिम्बूवान अान्दोलनबाट पहिचान तथा समाबेशिका निम्ति लड्दै आएका जसपाका सक्षम,जुझारु ,एक कुसल युवा नेता अध्यक्ष रोशन लिम्बू यतिखेर प्रदेश १ मा चर्चामा छन ।।
अहिले जसपा समायोजनको अबस्थामा उनी निकट युवाहरु प्रदेश १ भित्र युवा भेटघाट तथा छलफलमा ब्यस्त बनिरहेका छन । युवा बर्गमा प्रदेश भित्र निक्कै राम्रो पकड रहेको पुर्ब राष्ट्रिय युवा संघ राजपाका सबै प्रदेश कमिति सबै तह राजेन्द्र महताे निकट रहेको स्रोतले जनाएको छ ।
प्रदेश समिती फक्तालुङ योङहाङको नेतृत्वमा छ भने युवामा रोशन लिम्बुको नेतृत्वमा रहेको छ । सबै नेतृत्व राजेन्द्र महताे निकट हुन ।
युवा के हाे ? आजकाे समयमा युवाको महत्त्व भन्ने प्रश्नमा युवा अध्यक्ष लिम्बुले भने - युवा अाजकाे अावश्यकता हाे, साझेदारि हाे,संगै जिम्मेवारि पनि हाे ।।
यत्रो पार्टी हुदाहुदै किन जसपामा भन्ने पत्रकारको जिज्ञासा् लिम्बू भन्छन - दुई सय साल भन्दा अघि देखि जुन नेपालमा एकात्मक सत्ताधारिहरूले देश चलाउदै आइरहेका थिए,तिनिहरूकाे शासन र कानुन जुन छ त्यो एक नेपालीले अर्का नेपालिलाई हेर्ने दृष्टिकोण नै फरक बनाएका छन ।
त्याे अाज पनि कायमै छ।। एक नेपाली उच्च जाति अर्का तल्लाे जाति, एक पहाडि नेपाली ,अर्का मदेशि नेपालि।।
यस्ताे नस्लियत चिन्तनको साेचले बनाएकाे साेच र दृष्टिकोण लाई बदल्नु नै अहिलेको आवश्यकता हो ।।
हाम्रो देश बहु जाति ,बहु धर्म,बहु भेष-भुषा र बहुभाषिकले बनेकाे देश हाे।। हामी हिमाल ,पहाड,तराई र मधेशमा बस्छाै। जो जहाँ बसे पनि हामी नेपाली नै हाै।। अहिलेको यो अबस्थामा हिमाली र पहाडी भेगमा बस्ने ब्यक्तिले तराइ र मदेशमा बस्ने अर्का ब्यतीलाई हेर्ने र साेच्ने चिन्नतन लाई बदल्नु छ सबैलाइ हामी जहाको भए पनि सर्ब प्रथम हामी नेपाली हो भन्ने ज्ञान् दिन अहिलेको आवस्यकता हो ।
हामी पहिचानका निम्ति लडिरहेका छौ सम्पुर्ण नेपालिले अा-अाफ्नाे जाति,धर्म ,भाषा र सास्कृतिक पहिचानको अधिकार पाउनु पर्छ साथै सबै नेपालिले समान हक अधिकार समान तरिकाले पाउनु पर्छ भनेर हामी लडिरहेका छौ । जस्को लागि सबै पहिचानबादी शक्तिलाई एक बनाउदै गएको नेपालकाे एक मात्र पार्टी जो अहिले लडिरहेको छ त्यो जनता समाजवादि पार्टी नेपाल हाे।। त्यसैले म याे पार्टीमा छु ।
लिम्बूले समायोजन हुनु अगाडि नै राजेन्द्र महताेकाे प्रमुख आतिथ्यमा काठमाडौ बबरमहलस्थित राजपाको पार्टी कार्यलयमा लिम्बुवानका फक्तालुङ योङहाङ नेतृत्वमा रहेको सङ्घिय लिम्बुवान पार्टी नेपाल र जनबर्गिय संगठनको अशोक छेत्रीको नेतृत्वमा रहेको सङ्घिय बिध्यार्थी युनियन र युवा मन्चलाइ काठमाडौमा राजपा सङ्ग एकता गराएका थिए ।
उहाँलाई पत्रकारको प्रश्नमा अध्यक्ष लिम्बु तपाईलाई प्रदेश १ काे राजेन्द्र महताे पनि भन्दा रहेछ नि ? भन्दा उनले -(हास्दै) कसैले भन्नू अलग कुरा हाे तर उहाँ संग मलाई दाज्नु मिल्दैन उहाँ अादिबाशि जनजाति,खस ,मधेसी ,थारू,दलित,मुस्लिम साथै हिमाल,पहाड,तराई,मधेसको अधिकारको लागि बोल्ने एक मात्र नेता हुन जो नेपाली जनताको लागि हिरा हुन -उहा पहिचानबादि लिडर हुनु हुन्छ -अग्रज हुनु हुन्छ त्यसैले हामिले यहाँ बाट धेरै कुराहरू सिक्नु छ बुझ्नु छ ।। उहाले बोल्नु भएको कुरा नेपाली जनताको हित मा छ त्यसैले म उहाको बिचार प्रती सहमत छु ।
थोरै बाेल्ने अनि धेरै सुन्न रूचाउने,सहनसिल प्रबिधिका जसपाका बरिष्ट नेता राजेन्द्र महताे निकट हुन युवाका अध्यक्ष राेसन लिम्बू ।
अाउने समयमा देश र सरकार कस्ताे खालकाे देख्न चाहानुहुन्छ ? भन्ने प्रश्न माथी प्रष्ट पार्दै लिम्बुले - देशकाे अाफ्नै ईतिहास छ नेपाल देशलाई केही भन्न मिल्दैन तर सरकार नितिहरू यस्ताे बनाेस देशका हरेक युवाहरूले कुनै न कुनै पार्टीका झण्डा बाेकेर हिड्नु नपराेस, बिदेशीनु नपराेस । उच्च शिक्षा र राेजगारि सबैमा पाएकाे देख्न मन छ। अध्यक्ष लिम्बू प्रतिगमनकाे बिरूद्र जाेडदारले लागेका थिए भने प्रदेश १ भित्र पार्टीका कार्यक्रमहरू छुटाउन मान्दैन। सबै संग हासेर ,मुस्काएर बाेल्ने नरम स्वाभका कडा प्रस्तुति का युवा नेता हुन राेसन लिम्बू ।।