काठमाण्डौ- विनायक सिद्ध कलेज चाबहिलको बृहत सांस्कृतिक माहोलमा कक्षा ११ का विद्यार्थीहरुका लागि स्वागत तथा कक्षा १२ का बधाई कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा सम्पन्न गरेको छ।
विनायक सिद्ध कलेज एजुकेशन फाउन्डेसनका अध्यक्ष दुर्गा बहादुर पर्साईको सभापतित्व तथा संञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो।त्यसैगरी विनायक सिद्ध कलेज चाबहिलका क्याम्पस प्रमुख रामकृष्ण सिम्खडा,बोर्ड अफ डिरेक्टर बिष्णु प्रसाद पराजुली ,सहायक क्याम्पस प्रमुख गणेश कु. बास्तोला,काठमाण्डौ महानगरपालिका वडा न. ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधि बुद्धिजीवी पत्रकार लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिशेष अतिथिहरुमा चर्चित राजनितिक बिश्लेषक डा. सुरेन्द्र केसी,उज्यालो नेपालका अभियन्ता तथा नेपाल बिधुत प्राधिकरणका पुर्ब अध्यक्ष कुलमान घिसिङ,राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष डा. महाबिर पुन,चार्टर्ड एकाउन्ट तथा युवा बैंकर्स मनोह ज्ञवाली लगाएत राष्ट्र निर्माणमा अतुलनीय योगदान पुर्याउनु भएका बिशिस्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो।त्यसैगरी उपस्थित सम्पुर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा मन्तब राख्दै चर्चित राजनितिक बिश्लेषक डा. सुरेन्द्र के सीले आफ्ना स्कुले जीवन संघर्ष चुनौती र सफलताका रोचक कुराहरु सुनाउदै सबैले राजनिती गर्नुपर्ने बताए। राजनिती समाज बदल्ने प्रकृया हो उनले भने ! राजनितिले नै समग्र मुलुकको बिकास र समृद्धि स्थापना गर्दछ तर आजभोली राजनिती समाज बदल्न होइन पद र सत्ता पड्काउन गर्नुपर्छ भन्ने गलत प्रबृत्ती हाबी भएको छ।विद्यार्थीमा अनुशासन,मिहिनेती र समयको महत्व बुझ्न सके मात्र सफलता प्राप्त गर्न सकिने बताए।
साधा जीवन उच्च बिचारका कुशल ब्यक्ती डा. महाबिर पुनले कुरा धेरै नगरौ,यदी कुरा र भासन गरेर देश समृद्ध हुने भए हामी सबैले कुरा गर्ने थियौ।उनले थपे,मुलुकको सर्बाङ्गीन बिकासको लागि पैशा कमाउनुपर्छ,पैशा कमाउन व्यापार गर्नुपर्छ र उत्पादन गर्नुपर्छ।त्यसैगरी बिधुत प्राधिकरणका पुर्ब कार्यकारी अध्यक्ष कुलमान घिसिङले रामेछापको बिकट गाउँमा जन्मेर पनि शिक्षा हासिल,२६ बर्षिय जागिरे जिवन,बिधुत प्राधिकरण जस्तो घाटामा रहेको संस्थाको उपल्लो पद कार्यकारी प्रमुखमा रही फाईदामा ल्याउन सफल भएका अनुभवका कुराहरु सुनाउदै सबै मान्छे मुलुकको लागि मानब स्रोत प्रमुख हो वा मेरोदन्ड हो त्यसकारण जहिलेपनी आफुले आफुभित्र कन्फिडेन्स पावर वृद्धि गर्नुपर्ने बताएका थिए।
कलेजमा अध्यनरत विद्यार्थी कलाकारहरुका विविध प्रस्तुतिले कार्यक्रमको माहोल तातिएको थियो।बिगत चार सालदेखी काठमाण्डौ चाबहिलमा सांचालित विनायक सिद्ध कलेजमा २१०० विद्यार्थीहरुलाई न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ भने छिट्टै नै स्नातकोत्तर क्लास पनि शुरु गरिने बताईएको छ।
शिवशक्ती आचार्यद्वारा संञ्चालन गरिएको उक्त कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा बिष्णु प्रसाद पराजुलीले स्वागत गरेका थिए भने स्वागत तथा बधाई मन्तब्य बाल कुमारी मगरले दिएका थिए।
तस्बिरको लागि यो लिंकमा जानुहोस्
https://www.facebook.com/media/set/?vanity=muglanikhabar&set=a.2761337330793609