मुग्लानी खबर
बिरेन्द्र याख्थुम्बा(सुवाश) 11 नोभेम्बर 2017
लिम्बु समुदायका युवतीहरु को शुन्दरता ब्याक्तित्व, भाषा, मौलिक सस्कृति, पहिरन र संस्कारको संरक्षण र प्रबधनसंगै बिस्व सामन्यज्ञानहरु मा निखार ल्याउने उदेश्यनुरूप “सिंगापुर इन्टरप्राइजेज ले मिस लिम्बु प्रतियोगिता गर्दै आएको छ।
त्यसै अनुरुप हिजो शुक्रबार काठमाडौंको हात्तिसारस्थित नर्भिक बिजनेस कलेजमा आयोजीत प्रतिभा ट्यालेन्ट-शोमा प्रतियोगीहरुले आ-आफ्ना नृत्य, अभिनय, पेन्टिङ, वक्तुत्वकला लगायत बिबिध प्रस्तुति प्रदर्शन गरेका थिए। जम्मा चौध प्रतिस्पर्धीहरु मिस लिम्बुमा क्रमश: नुमा कुरुम्बाङ, अविसा फुदोङ, रक्षा ओख्राबु, मेनुका साउदेन, सुस्मिता पालुङ्वा, सनम पयाङ्गु, पुष्पा इम्सङ, मधु खेवा, वर्षा थेवे, सवनम साँवा, रमुना थेवे, सरिता पन्धाक, रितु वनेम र सन्ध्या तुम्बाहाङ्फे सहभागी छन्।
प्रतियोगीहरुलाई कोरियोग्राफर तथा मोडेल कला सुब्बाले तालिम दिईरहेकी छिन्। उक्त कार्यक्रमको निर्णयक/जजेजहरुमा क्रमश: भाषाविद, यासेली योङ्हंङ्, अध्यापक तारामान रावल, गायक रुकमान लिम्बु, मोडेल बिपना थाप पत्रकारद्वय गोपाल दाहाल र जुम्बा इन्स्ट्रक्टर दिलिप साउद रहेका थिए।
आयोजक: याक्थुङ युथ एसोसिएसनको आयोजनामा गरेको कार्यक्रमको संयोजकमा गायक भीम लिम्बु र उद्घोषिका, समाजसेवी याङजोम शेर्पा रहेका छन्।
आउदो मंसीर ४ गते सोमबार ग्राण्ड फिनाले हुने र मिस लिम्बू विजेतालाई नगद १ लाख, फस्टरनरअपलाई ५० हजार र सेकेन्डरनरअपले २५ हजारसहित विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्ने एसोसिएसनका अध्यक्ष विश्व लिम्बु साम्याङखामले बताएका छन।
तस्विर ....