मुग्लानी खबर
दोहा-कतार -11 नोभेम्बर 2017
रोजगारिको निम्ति कतार आएका काभ्रेलिहरुको साझा संस्था काभ्रेपलाञ्चोक सेवा समाज दोहा कतारले आफ्नो पहिलो बार्षिक उत्सब भब्यरुपले सम्पन्न गरेको छ । प्रवासमा काभ्रेलिहरु एक हौ,कतारमा कोहि काभ्रेलि नछुटौ भन्ने मुल नारालाई लिएर सन 2016 सालमा स्थापना भएको सस्थाले बिबिध सास्कृतिक कार्यक्रमका साथ आफ्नो प्रथम बार्षिक उत्सब गत शुक्रबार सनैया स्थित MRA रेस्टुरेन्टको सभाहलमा मनाएको हो।
अध्यक्ष नन्द ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली दूतावासका द्वतीय सचिव हरि प्रसाद अर्याल रहेका थिए भने विशेष अतिथीहरुमा एन आर एन ए गल्फ संयोजक आर के सर्मा, समाज सेवि ब्यावसायिहरु टि.बि कार्की,सागर नेपाल विभिन्न सामाजिक संघ सस्था,बुद्धि जिवि, सामाजिक अभियन्ता लगायत विभिन्न जिल्ला सस्थाहरुको बाक्लो उपस्तिथि रहेको थियो । समारोहमा बार्षिक उत्सवको अवसरमा उपस्थित अतिथिबाट केक काटेर उटघाटन गरिएको थियो भने अतिथिहरुले स्थापना भएको छोटो समयमै सस्थाले उल्लेखनिय प्रगति गरेको भन्दै आगामी दिनमा कतारमा रहेका काभ्रेलिहरुको साझा सस्था बन्दै अरु नेपालि हरुको पनि मन मुटुमा बस्न सफल रहोस भन्दै सुभकामना दिएका थिए।
आजकल सस्थाहरुले सामाजिक कामभन्दा कुरा धेरै गर्न थालेको भन्दै यो सस्था सधैव सामाजिक काम प्रती अग्रसर रहोस भन्ने कामना गरेका थिए । प्रमुख अतिथि नेपाली दूतावासका द्वतीय सचिव हरि प्रसाद अर्यालले नेपाली दूतावास कतारमा रहेका नेपालीहरुको सेवाको निम्ति रहेको र यहाँ रहेका कुनै पनि नेपालीको श्रम शोषण भएको देख्न नसक्ने बताए । दुताबासमा दिनै समस्याका पोका आउने र अझै पनि कयौ समस्या बाकी रहेपनी हामी निरन्तर समस्या समाधान गर्न खटिरहेका छौ। अर्यालले भने यदि तपाईं हरुको कुनै समस्या भए दिनुस म आजै राजदुतको टेबलमा गयेर राखदिन्छु। तर समस्याको बारेमा सहि र सत्य सुचना दिनु पर्दछ। दूतावासका कुरा श्रमिकले र श्रमिकको कुरा दूतावासले सुन्नु पर्ने बताउदै काभ्रे सेवा समाज लाई प्रगतीको सुभकामना दिएका थिए।
कार्यक्रममा महासचिव गौरव अधिकारीले सस्थाको बार्षिक प्रतिबेदन पेस गरेका थिए त्येस्तै सास्कृतिक कार्यक्रम पनि भएको हुदा कलाकारहरु रित कुमार श्रेष्ठ,रमा तिमिल्सिना ,किरण गौतम,नानू घले लगायतका कलाकारले गीत गाउदा कार्यक्रम निक्कै रोमाञ्चक बनेको थियो भने कमेडियन कलाकार राजेस तिमिल्सिनाले केपि ओलिको अभिनयले गर्दा सबैको ध्यान तान्न सफल रहेका देखिन्थे।
त्येस्तै विभिन्न कलाकारहरुलाइ पनि सस्थाले सम्मान गरेको थियो । कार्यक्रमको अन्त्यमा सभापति नन्द ढुङ्गानाले सस्था स्थापना भएको पहिलो बर्षनै दूतावास देखि यहाँका विभिन्न संघ सस्थालाइ निमन्त्रणा दिएर यसरी कार्यक्रम भब्य गर्न पाउदा खुसी लागेको भन्दै उपस्थित सम्पुर्ण मा धन्यवाद प्रकट गरेका थिए। उक्त कार्यक्रमको संचालक सागर अधिकारी र उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य राजन सापकोटाले गरेका थिए।