संसद पुनर्स्थापना हुने सर्बोच्चको आदेश पश्चात प्रचण्ड-माधव समूहद्वारा देशब्यापि रुपमा खुशीयाली जुलुश निकाल्नु मात्र होईन सार्बजनिक रुपमै लड्डु एक अर्काले खुवाउदै गरेका तस्बिरले साह्रै गिज्याईरहेको महशुस भएको छ।
हिजो हाति छाप चप्पल लगाउने हैसियत नभएकाहरु परिवर्तनका नाममा हजारौं जनताको रगत र पसिनाको आहलमा होली खेल्दै,हजारौ नेपाली आमाबुवाका निर्दोश छोराछोरीको लासमाथी चढेर करोडौंको महलमा राज मात्र गरेनन,सर्वहाराको साइनबोर्ड झुन्ड्याएर बारम्बार देशको ढुकुटी दोहन र शक्ति,सत्ता र पहुच पावरको समेत दुरुपयोग गर्न भ्याए र अझै बाचुन्जेल सम्म दोहन गर्ने कुचेष्टा समेत गरिरहेका छन।
तिनै दुखी गरिब किसान मज्दुर,उत्पीडित बर्गकै रगत र पसिनाले महल सम्म पुगेकाहरु त्यहि जनताको दु:खपिडामा कहिल्यै सडकमा उभिएको देखिएन!
आफ्नो परिश्रमको मूल्यका लागि किसान भोकभोकै सडक आन्दोलन,निर्मला पन्त जस्ता छोरिहरु दिनदिनै बलात्कार पश्चात् हत्या हुँदा समेत न्याय पाएनन, आफ्नो छोराको हत्यारालाई कारबाहीको माग राख्दै अनशन बसेका गङ्गामाया ले न्याय पाएकी छैनन,यो कस्तो लोकतन्त्र ??
तर आफ्नो कुर्सीका लागि सडकमा आन्दोलित भए र हामी यहाँ छौ भन्दै प्रदर्शन गरियो,निन्द्रा हराम भयो,भोक निद्रा समेत हरायो,आज आज खुसियालीको जुलुस देशब्यापी लिकालियो, विभिन्न पत्रपत्रिका ,सामाजिक संजालमा केपिको हार नेपाली जनताको जित लोकतन्त्रको जितको लेखले भरिएको देखियो कठै मेरो देशको नागरिक अझै किन भ्रममा ?
यो त नेपाली जनतालाई लुट्नेको जित हो। सर्वोच्च अदालत फैसलाको अबहेलना गर्न खोजिएको होइन,आज लोकतन्त्रको जित होइन लुटतन्त्रमा लुटेरा नेता हरुको जित आभास भएको छ अब फेरि तेही जनता मारा लुटेरा देश बेच्नेलाई सुम्पिदै छौ।सो घोषित महान क्रान्तिकारी भनाउदाहरु जसले सत्ता ,शक्ति ,परिवारलाइ केन्द्रमा राखेर परिवर्तनको नाममा देश र जनतालाई लुटिरहेका छन।आज तिनैको जित भएको छ ।
समृद्ध नेपाल सुखी नेपाली हुनका लागि होइन तर मक्ख पर्नुपर्ने किन? अब देशमा ठुलै परिवर्तन आएको होर ? ब्यबस्था जति फेरिएता पनि नेपालीहरुको अबस्था फेरिएको देख्नुभयो?परिवर्तनको नाममा आज देश र जनताले जुन कष्ट भोगिरहेका छौ आज अनुहार मात्र नेपाली मन मस्तिष्क बिदेशी भएकाहरुले जितेका छन एकपटक ध्यान दिएर गहन रुपमा सोचौं त साच्चै नेपाली जनताको जित हो? साच्चै लोकतन्त्रको जित हो? के अब ठुलै परिबर्तन आउला?? के अब कुनै चमत्कार गर्ने कुनै नयाँ अनुहार देशले पाउला त्यो हेर्न बाकि नै छ!