रसुवा - लाङटाङ राष्ट्रीय निकुंज अन्तर्गत लाङटाङ मध्येबर्ती क्षेत्र रसुवामा भएको चुनावमा नेपाली काग्रेसले अधिकांस वडामा बिजयी प्राप्त गरेको छ।
जिल्लाको साबिक स्याफ्रु गाबिसको वडा नं २, ३,४,५ र ६ मा भएको चुनावमा नेपाली कांग्रेसले वडा नं २,४,५ र ६ मा बिजय हासिल गरेको छ भने नेकपाबाट वडा नं ३ मात्र बिजय प्राप्त गर्न सफल भएको छ ।
नेपाली कांग्रेसको तर्फबाट बिजय हुनेहरुमा वडा नं २ बाट अध्यक्षमा दोर्जे तामाङ , प्रतिनिधिमा पुरुष निमा दोर्जे तामाङ र महिला पेमा देकि तामाङ बिजय भएका छन।
त्यसै गरी नेपाली कांग्रेसको तर्फबाट वडा नं ४ बाट अध्यक्षमा काम सुब्बा मगर ,प्रतिनिधि पुरुष टशी फिंजो तामाङ,महिला ओम् किमो तामाङले बिजय हासिल गरेका छन , त्यसैगरी वडा नं ५ मा नेपाली कांग्रेसबाट अध्यक्षमा कान्छा तितूङ, प्रतिनिधिमा पुरुष दावा ग्यालसेन तामाङ महिला याङरी तमाङ र वडा नं ६ बाट अध्यक्षमा पसाङ वाङदी तीतूङ,प्रतिनिधिमा पुरुष चेङदावा तमाङ, महिला पालमो तामाङले बिजय हासिल गरी साबिक स्याफ्रु गाबिसमा हाल सम्म भएको चुनावको नतिजा अनुसार नेपाली कांग्रेसले बहुमत प्राप्त गरेकाछन ।
चुनाव सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्ण ब्यक्तिहरुलाई धन्यबाद ब्यक्त गर्दै बिजय हासिल गर्न सफल सम्पूर्ण टिमलाई बागमती प्रदेशका माननीय सांसद तथा नेपाली कांग्रेस रसुवाका प्रभावशाली नेता प्रभात तामाङले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन।