काठमाण्डौ : काठमान्डौ अनामनगरमा बुधवार मुलबासीको हक र अधिकारका विषयमा पूर्व मन्त्रीहरु पूर्व संविधान सभा सदस्यहरु,आदिवासी जनजाति अभियन्ताहरु बुद्धिजीवी , पत्रकारहरुको उपस्थितीमा पूर्व मंत्री बिसेन्द्र पासवान,पूर्व संविधान सभा सदस्य राजकुमार नाल्बो,नेता किरण मगरको सक्रियतामा अन्तक्रिया बहस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागिता वक्ताहरुले आज देशमा मुलबासीहरुको वर्तमान अवस्था राज्यमा कसरी मुलबासीहरुको पहुच स्थापना गर्न, राज्यले गरेका विभेदीकरण कसरी अन्त्य गर्न, राज्यलाई राज्यले गरेका कमी कमजोरीहरु सच्याउने कुराको बोध गराउने आदि जस्ता विषयमा छलपल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जनमुक्ति पार्टीका वरिष्ठ नेता तथा आदिबासी जनजातिका अभियंता डीके बुदिस्ट त्यस्तै विशिष्ट अतिथि पूर्व मन्त्री केशरमान शाक्यको उपस्थित रहेको थियो ।
वरिष्ठ नेता डीके बुदिस्टले सम्बोधन गर्दै भने सबै मुलबासीहरु एक हुन सकेमा मात्र हक,अधिकारहरु प्राप्त गर्न सकिने संविधानमा हाम्रो अधिकारलाई लिपिबद्द गर्न सकिने बताए । कार्यक्रममा बोल्दै पूर्व माननीय राजकुमार नाल्बोले आदिवासीहरुको आत्मा सम्मान संग जोडिएको राजनैतिक मुद्दाहरुको सम्बोधन नगरेसम्म देशमा स्थाही शान्ति नहुने र देश कुनैपनि बेला नयाँ दन्द्द जानु सक्ने बताउनु भयो ।
कार्यक्रमका अतिथिमा पूर्व सभासद आर.के खम्बु, किरातमोर्चाका वरिष्ठ नेता मिसेकहाङ यामसुहाङ , नवीन किराती , जसपा पार्टीका केंद्रीय सदस्य रत्न बिक्रम स्याङबो ( जसपा ) लिम्बुवान राष्ट्रीय समितिका अध्यक्ष रञ्जन सुब्बा , नेपाल लोकतांत्रिक पार्टीका नेता ज्ञानेंद्र निमा थोकर , लामा गुरु स्याघो रिम्पोछे , ज्ञान गोबिंद्र सिंह , डा. विजय सिंह ,अधिबक्ता श्री प्रसाद बुढाथोकी मगर, युवा नेता ज्ञानेंद्र ईङनाम , सन्तोष सेंचुरी, श्री राम यादव , शत्रहान पाशवान , अभियन्ता राम मादेन , थारू आंदोलनका अभियन्ता सीएन थारू , अभियन्ता डा. छिरिङ , कृष्ण सुब्बा लगायतको उपस्थित रहेको थियो ।