मुग्लानी खबर
अलखोर कतार - 06 नोभेम्बर 2017
नेपाली साहित्य क्षेत्रका महाकवि स्वर्गीय लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्तिको अवसर पारेर कतार प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको उत्थान र जगेर्ना गर्ने साहित्यिक सस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार,नबोदित साहित्यिक वाचनालय कतार,सन्ध्याग्रुप मुग्लानी सौगात त्रैमासिक पत्रिका र गैह्र आवासीय नेपाली संघ कतारको साहित्य बिभागको आयोजनामा भएको कार्यक्रमको निम्ति कतार आएका कवि उपेन्द्र सुब्बा र नेपाली चलचित्रका निर्देशक प्रकास आङ्देम्बे लाई अलखोर स्थित सन्ध्याग्रुपको सभाहलमा गत सनिबारको साँझ सन्ध्याग्रुप मुग्लानी सौगातले गर्दै आएको ५४ औं वाचन डबलीको अवसर पारेर भएको कार्यक्रममा खादा ओढाउदै सम्मान पत्र बाट सम्मान गरेका थिए|
सन्ध्याग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एन आर एन ए ICC सदस्य कुमार कार्की रहेका थिए| बिशेस अतिथि हरुमा नेपालबाट आएका अतिथि कवि उपेन्द्र सुब्बा, साहित्यकार तथा चलचित्र निर्देशक प्रकास आङ्देम्बे, एन आर एन ए NCC कतार प्रवक्ता असोक श्याङतान, नेपाल पत्रकार महासंघ साखा कतारका अध्यक्ष गणेश बन्जाडे, अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टरका प्रमुख सल्लाहकार तथा रेगिस्तानी कवि तिर्थ संगम राई, नबोदित साहित्यिक वाचनालय कतारका सल्हाकार राजेस्वर ढकाल, सन्ध्याग्रुपका सस्थापक अध्यक्ष तथा निर्देशक सुरज तामाङ,सन्ध्याग्रुपका प्रमुख सल्लाहकार थर्चा लामा,पुर्व उपाध्यक्ष चन्द्र थापा,ज्ञानेन्त्र रसाइली,पत्रकार भोला थापा,फोटो पत्रकार हरु राजन लामा,इन्द्र खड्का, रोसन बुढाथोकी लगायत कतारमा रहेका बिभिन्न सामाजिक ब्याक्तित्व र बुद्धिजिवि हरुको बाक्लो उपस्तिथि रहेको थियो। समारोहमा सन्ध्याग्रुप सास्कृतिक बिभाग अन्तर्गत बाध्यवादन प्रमुख जोएल परियारले गितार बजाइ स्वागत गीत गाएर उपस्थिति सबैलाई स्वागत गरेका थिए भने उपस्तिथ विशेष अतिथी हरुले मन्तव्यको क्रममा कतार बसाईको अनुभव र कतारमा रहेका साहित्यिक सस्थाहरु एकजुट रहेको सन्देश जावोस भन्ने कामना गरेका थिए। कतारमा देखेको यथार्थ घटना लाई साहित्यिक मार्फत उतार्ने आग्रह गर्दै अझै प्रगतीको कामना गरेका थिए।
साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेले लक्ष्मी जयन्ती कार्यक्रममा कतारमा स्थापित साहित्यिक सस्थाहरुले निमन्त्रणा दिएकोमा धन्यबाद दिदै आफुले रचेका गजलका सेयर हरु वाचन गर्दा उपस्तित साहित्यिक प्रेमीहरुको मन खिच्दै मन्त्रमुघन्ध बनाएका थिए। त्यस्तै उन्ले निर्देशन गरेको नेपाली चलचित्र ( देश खोज्दै जादा ) को बारेमा पनि बिशेष चर्चा गरेका थिए। साहित्यकार तथा चलचित्र निर्देशक आङ्देम्बेले कतारको साहित्य भ्रमण लाई निकै महत्वपूर्ण ढङ्गले लिएको बताए। त्यस्तै कवि उपेन्द्र सुब्बाले प्रदेशमा आएर पनि यसरी सम्मानित हुन पाउदा खुशी लागेको बताउदै कतार जस्तो देशमा एकजुट रहि कार्यक्रम गर्नुनै सकारात्मक रहेको बताए। कविता लेख्न्नलाई देबकोटा वा श्रबण मुकारुङहरुले जस्तै लेख्नु पर्छ भन्ने छैन तर सामान्य मनमा आएको कुरालाइ पनि लेखि राख्न्न कवि सुब्बाले सुझाव दिएका थिए। आफुले जीवनमा भोगेका तिता-मिठा घटनालाई पनि बडो ठट्याउली पारामा भन्दा सबैलाई गलल हसाएका थिए।
प्रमुख अतिथी कुमार कार्कीले गैरआवासिय अन्तर्राष्ट्रिय नेपाली संघ समन्वय परिषदको सद्स्य पदमा उम्मेद्बारी दिदा आफुले सातौ बुदामा गरेको प्रतिबद्धता अनुरुप आज यसरी साहित्यिक गतिविधिमा प्रत्यक्ष रुपमा सामेल हुन पाउदा आफुलाई गर्व लागेको बताएका थिए। प्रमुख अतिथी कार्कीले आफू सन २००५ मा कतार आएदेखीनै नेपाली संघ सस्थामा आबद्द भएर साहित्यिक गतिबिधिहरु मा सहयोग र सहभागी हुदै आएको बताए।
सभापति बिरेन्द्र कुमार याक्थुम्बाले कार्यक्रम सफल पार्न सहयोगि भुमिका खेल्ने सम्पुर्ण लाई आभार प्रकट गर्दै उपस्थित अथितिहरुलाइ धन्यवाद दिएका थिए। उन्ले गत: सुक्रबार सम्पन्न भएको १०८ औं लक्ष्मी जयन्ती कार्यक्रम यो पाली अलिक पृथक रहेको भन्दै राष्ट्रिय सम्मानित ब्यक्तित्वहरुलाई आफ्नो सस्थाले सम्मान गर्न पाउदा गौरन्वित भएको र आगमी दिनमा पनि कतारमा रहेका साहित्यिक सस्थाहरु यसरीनै एक्बद्दता भइ रहनुपर्ने बताए । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण लाई उमेश बस्नेतले स्वागत मन्तब्य बाट स्वागत र कार्यक्रम संचालक सन्तोष केसिले गरेका थिए।
फोटो ग्राफर@ ईन्द्र खड्का , रोशन बुढाथोकी
भिडियो ........
https://www.youtube.com/watch?v=e7FmspxcPkc