फ़ागुन ५ , गौरदह /
बुधवार झापाको गौरादहमा मञ्चको संघीय लिम्बुवान मञ्च, नेपालको मातहत संगठन लिम्बूवान भोलेन्टियर्स (एलभी) केन्द्रीय कमाण्डले ¥याली सहितको बृहत लिम्बुवान , पहिचान तथा क्लिकपार्क सरोकार विरोधसभा सम्पन्न गरेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन मिराकका अनुसार गौरादह र दमक जोडिएर बन्न लागेको अर्बौको क्लिन पार्कले यहाँका आदिवासी जनजातिको जल, जमिन र जंगलमाथिको आईएलओ १६९ले दिएको अग्राधिकारलाई वेवास्ता गरिएको छ । उनले भने– त्यस क्षेत्रमा भएका हजारौं हेक्टर जमिनलाई न्यूनतम् मूल्य कायम गरी वर्तमान सरकारको निर्देशनमा जनतालाई सुकुम्बासी बनाउने र केही व्यक्ति रातारात अर्बपति हुने षड्यन्त्रबिरुद्ध मञ्चले बिरोध गरेको हो, विरोध जारी रहनेछ । अर्को प्रसङ्ग जोड्दै अध्यक्ष लिङ्देनले – “लखनपुरमा निर्माण गरिने आदिवासी रंगशाला निर्माणमा ढिलाई नगर्न सरकारलाई चेतावनी दिएका छन् ।”
नेकपा सरकारले विकासको नाममा संघीयताको मर्म विपरीत, भौगोलिक विविधतालाई वेवास्ता गर्दै आदिवासी जनजातिहरुले संरक्षण गर्दै आएका प्राकृतिक सुन्दरताको दोहन गर्ने प्रयासहरु दिनदिनै हुन थालेकोमा मञ्चले विगतदेखि नै आपत्ती जनाउँदै आइरहेको बताइएको छ ।
त्यस्तै आदिवासी जनजातिको आईएलओ १६९ले प्रत्याभूत गरेको जल, जंगल र जमिनमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने माग अघि सारिएको संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीले बताए ।
विभिन्न क्षेत्रबाट स्थानीय पीडितसहित पूर्व पश्चिम राजमार्ग अन्तर्गत लखनपुर पाडाजुँगी चोकमा भेला भएका सरोकारवालाको मोटरसाइकल तथा बस र्याली गौरादह तर्फ अघि बढेको थियो ।
गौरादहको पेट्रेलपम्पबाट सुरु भएको पैदल र्याली बजार परिक्रमापछि बजारमा विरोधसभामा परिणत भएको थियो । आफ्ना मागसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेका सहभागीको र्यालीले पीडितलाई न्याय दिलाउन माग गर्दै चर्का नाराबाजीसहित गौरादह बजार परिक्रमा गरेका थिए । भने विरोधसभालाई वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपमहासचिव भानु भट्टराई, संघीय दलित मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर, उपाध्यक्ष बलराम रिषिदेव, महासचिव शर्मिला वागचन्द लगायतले सम्बोधन गरेका थिए ।
एलभीका केन्द्रीय कमाण्ड प्रवक्ता राजु राईको अध्यक्षतामा भएको कार्यक्रममा उप कमाण्डर बादल राईले स्वागत र गणेश मिभकले सञ्चालन गरेका थिए ।