काठमाडौं, : १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएपल) को अक्सन आज (बिहीबार) हुँदैछ । यो सिजनको आईपिएलको ‘मिनी अक्सन’ चेन्नइमा बिहीबार ३ः१५ बजे सुरु हुने छ ।
मिनी अक्सनमा २९२ खेलाडी सहभागी छन्। ती मध्ये एक हुन्, नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने । ‘
अक्सनको सुरुवाती लिस्टमा सन्दीपसहित ८ खेलाडी सहभागी थिए । सन्दीपसँगै विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र दीपेन्द्रसिंह ऐरी सहभागी थिए।
आईपिएल अक्सनलाई लिएर उत्साहित नरहे पनि सन्दीप केही हदसम्म ढुक्क भने छन् । पछिल्ला वर्षहरुमा आफूले राम्रो प्रदर्शन गरेकाले आईपिएल खेल्नमा ढुक्क हुने ठाउँ रहेको उनले बताए । ‘आइपिएलसँगै अन्य फ्रेन्चाइज लिगहरुमा प्रदर्शन राम्रो गरिरहेको छु, त्यो हिसाबमा आईपिएल खेल्ने सम्भावना धेरै छ, त्यो कुन टिममा हो भन्ने मात्र हो ।’
सन्दीपले अघिल्ला तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । नयाँ सिजनका लागि भने दिल्लीले सन्दीपलाई सिलिज गरेको थियो।
सुरुवाती दुई सिजन उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले तेस्रो सिजन भने कुनै पनि खेल खेल्न पाएका थिएनन् । तीन सिजन २० लाख भारुमा खेलेका सन्दीपको यो पटक ‘बेस प्राइस’ ४० लाख भारु रहेको छ। उनमा एक भन्दा बढी क्लबले बोली लगाउ सन्दीपको भाउ बढ्ने छ।
सन्दीपलाई अनुबन्धन गर्न च्याम्पियन्स मम्बई इन्डियन्स र पञ्जाव किंग्सले चासो देखाएको बताइएको छ। पञ्जाब र मुम्बईमा विदेशी स्पिनर नरहेकाले पनि चेन्नाईमा यी दुई टिमले सन्दीपमाथि भाउ लगाउन सक्छन् ।