ललितपुर (दिलमाया तामाङ) - वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर बागमती गाउँपालिका वडा न ६ स्थित श्री बालमनोरमा आधारभुत विधालय आश्राङमा सरस्वती पुजा तथा छात्रावृत्ति बितरण गरिएको छ।
कार्यक्रम सुरेन्द्र बहादुर सन्डोल को सभापतित्व, नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सचिब तथा नेपाली कांग्रेस ललितपुर क्षेत्र न. १ का उपसभापति तथा प्रदेश 'ख' का सभापती रामकृष्ण ब्लोन तामाङ( इन्द्र) को प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।त्यसैगरी कार्यक्रममा उपस्थित अतिथिहरुमा राजेश्वर घिमिरे ,दिनेश घिमिरे, चन्द्र प्रसाद घिमिरे ,राजु गौतम ,तुलसी प्रसाद तिमल्सिना , दिलमाया तामाङ , कृष्ण प्रसाद अधिकारी ,प्रवेश मोक्तान , राजन घिमिरे लगाएत बिधालय अभिभावक,विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै सामाजिक,राजनैनिक तथा समाजसेवी ब्यक्तित्व कार्यक्रमका प्रमुख अतिथी रामकृष्ण ब्लोन तामाङ( इन्द्र) ले बोल्दै शिक्षा नै जिवनको ज्योती भएकोले शिक्षाबाट कोहि पनि नागरिक बञ्चित हुनु नपर्ने बताए।उपत्यकाको कर्णालीका रुपमा परिचित ललितपुरको दक्षिणी भाग आश्राङमा पनि विभिन्न जातजाति भाषाभाषी,गरिब बिपन्न बर्ग लगाएतको बसोबास रहेकोले शिक्षाबाट कसैलाई पनि बञ्चित हुन नदिन वर्गीकरण गरि अगाडि बढ्न सके सामाजिक, राजनैतिक तथा शैक्षिक उपलब्धि हुने बताए।उनले प्रथम पटक स्वर्ण जयन्तिको अबसरमा उपस्थित हुँदा बिपन्न बर्ग तथा जेहन्दार विद्यार्थीका लागि अक्षय कोष निर्माण गर्ने सार्बजनिक गरेको र अहिले त्यही अनुरुप अक्षयकोष खडा गरेको बताए।विद्यालयको ब्यबस्थापक समिती परिबर्तन तथा भुतपुर्व भएतापनी अक्षयकोष निरन्तर चलिरहने बताउदै शिक्षाको उज्यालोबाट कसैलाई बञ्चित हुन नदिन उक्त अक्षय कोष खडा गरेको बताए।
आर्थिक अवस्था कमजोरकै कारण बालबालिकाले पढ्न नपाएको हुन सक्ने हुँदा बार्षिक योजना बनाएर आफुहरु अगाडि बढेको सुनाए, अहिले सम्म ललितपुर लगाएत विभिन्न जिल्लामा ७० भन्दा बढी बिधालयमा काम गरिरहेका छौ उनले थपे।सरकारले नागरिकलाई शिक्षा,स्वास्थ,रोजगारिको प्रत्याभूति नदिई राजनितिक खिचातानीमा ब्यस्त भएको सुनाए। निम्नमाध्यमिक बिधालय पश्चात् अर्को बिधालयमा जादा समस्या पर्न नदिन आफु पनि कृयाशिल रहदै बिधालयको आर्थिक सामाजिक भौतिक बिकासमा लागिरहने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा प्रमुख अतिथि तथा सामाजिक ब्यक्तित्व रामकृष्ण ब्लोन तामाङ( इन्द्र) को सहयोगमा निम्न बर्ग तथा जेहेन्दार, उत्कृष्ट बिद्यार्थीहरुलाई छात्रवृत्ति , पाठ्यसामग्री,नगद पुरस्कार प्रदान गरिएको थियो भने तीन जना अभिभावकलाई समेत सम्मान गरिएको थियो।